मुगुको दरखे खोला लघु जलविद्युत परियोजना अलपत्र

Posted on: 27 Apr, 2018

नन्द बहादुर रोकाया/बैशाख १४ मुगु | छायाँनाथ रारा नगरपालीका वडा नम्बर १४ स्थित दरखे खोला लघु जलविद्युत परियोजना अलपत्र अवस्थामा रहेको छ । 


२०६४ सालमा छायाँनाथ रारा नगरपालीका वडा नम्बर १४ मा रहेका तिन गाउँका ३ सय घरदुरीलाई भनेर निमार्ण गरिएको जिल्ला उर्जा शाखाको सहयोमा निमार्ण भएको १९ किलो वाट दरखे खोला लघु जलविद्युत परियोजनाको काम सकिनै लाग्दा काम प्रति कसैले चासो नराख्दा परियोजना नै अलपत्र  अबस्थामा परेको हो । 

जिल्ला उर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र स्थानीयले अनुदान जुटाउनुपर्ने भन्दै दरखे खोला लघु जलविद्युत परियोजनाका लागी २९ लाख २५ हजार रकम मा समझौता गरेको भएपनी स्थानीयले अनुदान  रकम जुटाउन नसक्दा २९ लाख २५ हजार रकम नपुगेकाले लघु जलविधुतको हालत यस्तो भएको दरखे खोला लघु जलविद्युत परियोजना उपभोता समितिका अध्यक्ष चखं बढुवालले बताए । 

९० प्रतिशत काम सम्पन्न भईसको भएपनी केहि रकम अपुग भएकाले दरखे खोला लघु जलविधुत परियोजनाको काम रोकिन गहेको र  त्यस परियोजाना प्रति कसैले चासो नदिएकाले दरखे खोला लघु जलविद्युत परियोजना अलपत्र परेको उहाँको भनाई छ । 

मेसिनमा खिया लागेको छ ,पावरहाउस जिर्ण बन्दै गहेको छ ,गाडिएका तार लतर बितर छन भने पोल पनी ढलेका छन तर पनी नत उर्जा शाखाले त्यस प्रति चासो देखाएको छ नत स्थानीयले चासो दिईएका छन तेतिकैमा काम सम्पन्न हुन लागेको परियोजाना अलपत्र परेको हिमोदय निमावि बामा का प्रअ हसं बहादुर बढुवालले बताए ।

बत्ति बाल्ने स्थानीय निराशामा

बत्ति बाल्ने धोकोका साथ १२ बर्ष सम्म बत्तिको पखाईमा बसेका छायाँनाथ रारा नगरपालीका वडा नम्बर १४ स्थित तिन गाउँका स्थानीय हिजो आज निराशामा छन । उर्जा शाखाले जन्ताको आँखामा छारो हालर बिधुत दिनुको सटट मत्यु दिईको स्थानइको भनाई छ । बत्ति आउला झरो बाट टाडा हौला भनेर सोचेको मर्ने बेला भईसक्यो बत्ति बल्दैन अब त बत्ति बल्ला भन्ने आशा पनी हरायो छायाँ नाथ रारा नगरपालीका वडा नम्बर १४ का ६५ बर्षका दल बहादुर बढुवालले दुखेसो गरे । उहाँ मात्र हैन १४ वडाका ३ सय घरपरिवारमा बत्ति बाल्न आश निराशामा परिणत भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!