गोलबजारमा पक्कि नाला शिल्यान्यास

Posted on: 29 Apr, 2018

राम नारायण पंडित | वैशाक्झ १६, सिरहा । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले शुक्रवार ६ नम्वर वडाको एक हजार मिटर लामो पक्कि नालाको शिल्यान्यास गरेको छ । बजारको दुवैतर्फ नाला निर्माण भएपछि सडकमै पानी जम्ने समस्या सामाधान हुने नगरप्रमुख देवनाथ साहले बताए । साहले बजारको विस्तारसँगै विकास निर्माणको काम पनि अगाडी बढ्ने बताउँदै प्राथमिकताका आधारमा विकास निर्माणका कामहरुलाई पनि अगाडी बढाउँदै जाने बताए ।

नगरपालिकाको मुख्य बजार क्षेत्रको उत्तरतर्फ बाँकी रहेको दुवै तर्फको ५/५ सय मिटर लामो पक्कि नाला निर्माण महिना दिनभित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिएको पुर्वी नाला उपभोक्ता समितिका अध्यक्ष विजय साहले जनाए ।


गोलबजार नगरपालिकाको ६५ लाखको लागतमा निर्माण कार्य सुरु भएको समितिले जनाएको छ । सडकको दुवै पेटिमा पक्कि नाला निर्माणको लागि दुईवटा छुट्टाछुट्टै समिति निर्माण गरिएको छ । पश्चिम किनारको अध्यक्ष प्रतिप भण्डारी र पूर्वी किनारका अध्यक्ष विजय साह रहेका छन् । दुवैजना अध्याक्षहरुले समयमै काम सम्पन्न गर्ने जनाए । 

शिल्यान्यास कार्यक्रममा गोलबजार नगरपालिका वडा नं. ६ का अध्यक्ष बसन्त लामा र कार्यपालीका सदस्य उमेश बराल लगायतका उपस्थिति रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!