कर्णालीका मुख्यमन्त्रीद्वारा १० घर निर्माणका लागि अनुदान दिने प्रतिबद्धता

Posted on: 02 May, 2018

वैशाख १९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक बर्षमा राजी समुदायमा १० घर बनाउन सरकारले अनुदान दिने बताएका छन् । लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान, नेपाल कर्णाली प्रदेशको प्रतिनिधिमण्डलसंग बुधबार वीरेन्द्रनगरमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले राजी समुदायको आय आर्जनका लागि होम स्टे सञ्चालन गर्ने र त्यसका लागि राजीको परम्परागत १० वटा घर निर्माणका लागि सरकारले अनुदानको व्यवस्था गर्ने बताए ।

प्र

देश सरकारको ध्यान कर्णालीको विकास र समृद्धिमा रहेको भन्दै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र समृद्धिको योजनामा लोपोन्मुख तथा सीमान्तकृत समुदाय उच्च प्राथमिकतामा रहने बताए । ‘सबै क्षेत्र र समुदायको बिकास विना प्रदेशको समृद्धि हुँदैन’ मुख्य मन्त्री शाहीले भने, ‘त्यसैले सबै वर्ग र समुदायको बिकास जरुरी छ, सरकारले त्यसको व्यवस्था गर्नेछ ।’ सहकारी, तथा समूहहरुसंग सहकार्य गरेर काम गर्ने नीति लिएको जानकारी दिँदै लोपोन्मुख तथा सीमान्तकृत समुदायको सहकारी सञ्चालन गर्न आग्रह गरे ।

सहकारी सम्वन्धि प्रदेश कानून वन्न लागेको र सो कानूनमा सहकारी दर्ता तथा सञ्चालनमा समेत सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि विशेष व्यवस्था हुने बताए । लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान नेपालका केन्द्रीय अध्यक्ष लालवहादुर राजीले संविधानमा अल्पसंख्यक र अपाङ्गता भएका समुदायलाई एउटै समूहमा आरक्षणको व्यवस्था हुँदा आफुहरुलाई अन्याय भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!