दार्चुला: स्थानीय सरकारको प्राथमिकतामा सडक, धमाधम उपकरण खरिद

Posted on: 05 May, 2018

लोकेन्द्र प्रशाद जोशी | वैशाख २२, दार्चुला । दार्चुलाका छ वटा स्थानीय तहहरुले आफै डोजर स्काभेटर खरिद गरेका छन । चालू आर्थिक वर्षबाटै तिब्रताका साथ विकास निर्माणमा काम गराउन भन्दै स्थानीय तहहरुले उपकरण खरिद गरेका हुन । चालु आर्थीक बर्षमा जिल्लाका मार्मा, लेकम, नौगाड, मालिकार्जुन, दुहु गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाले उपकरण खरिद गरेकोमा केहि गाउँपालीकाको डोजर, स्काभेटरहरु दार्चुला पुगिसकेका छन । केहि स्थानिय तहको खरीद प्रकृर्यामै रहेको सम्बन्धीत गाउँपालिका नगरपालिकाहरुले बताएका छन ।

गाउँपालिकामा सडक निमार्ण तथा सडक स्तरोन्नती र अन्य संरचना निमार्णमा तिब्रता दिन दुहु गाउँपालिकाले स्काभेटर मेसिन खरीद गरेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष सडक निमार्ण कार्यक्रममार्फत २९ लाख बजेटको जोशीगाउँ, बोहोरीगाउँ, बारबाज, फारा सडक र हिकिला सिद्धटोपी सडकमा १९ लाख बिनियोजन गरीएकोमा मेसीन पुगिसकेपछि तिब्रताकासाथ सडक निमार्ण गरीने कार्कीले बताउँनुभयो । दुहु गाउँपालिकाको स्काभेटर मेसिन केहि दिन पहिले दार्चुला सदरमुकाम खलंगा पुगिसकेको छ ।

यस्तै मार्मा गाउँपालिकाको समेत आफ्नै स्काभेटर खरीद गरेर जिल्ला भित्रिसकेको छ । मार्मा गाउँपालिका वडा नम्बर १ को ७० देखी ८० लाख बजेटको सडक र अन्य सडक एबं बिकास निमार्णका कामहरु गर्न उपकरण खरीद गरीएको मार्मा गाउँपालिकाले जनाएको छ ।


यसैगरी नौगाड गाउँपालिकाले स्काभेटर खरीद गरीसकेको छ । नौगाड गाउँपालिकाले हाल पाँच वटा सडक योजना उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाएको छ । यसअघि गोकुलेश्वर देथला धुलीगडा खार खलंगा सडकले नौगाडलाइ छोएको छ । यो बाहेक सबै वडापालिकासम्म सडक सञ्जाल विस्तार गर्नेगरी काम अघि बढिरहेको हो । जसअनुसार अहिले होपरीगाड सिप्टी हुँदै मार्मा गाउँपालिकाको तपोवन जोड्ने गरी १ करोड रुपैयाँ बजेट विनियोजन गरी सडक निर्माण भइरहेको छ । गाउँपालिका भित्रका ठूला पाँच सडक निर्माणको लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाको स्काभेटर र शैल्यसिखर नगरपालिकाको टिप्पर खरीद प्रकृर्यामा छ । स्थानीय तहलाई सडक सञ्जालमा जोड्नको लागि डोजर स्काभेटर टिपर लगायतका निर्माण उपकरणहरु खरिद गरीएको हो । चालू आर्थिक वर्षमा स्थानीय सरकारले उपभोक्ता समितिमार्फत लाखौका सडक निर्माण गरिरहेका छन् । गाउँपालिकाहरुलाई सडकले जोड्नको लागि सबै जसो क्षेत्रमा सडक निर्माणका कार्य भइरहेका हुन् ।

अपि हिमाल गाउँपालिकाले मकरीगाडदेखि कोटसम्म पर्यटन मार्गको रुपमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्य अघि बढाएको छ । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको अपि हिमाल गाउँपालिकाले स्थानीय स्तरमा कामको लागि खाद्य कार्यक्रम र गाउँपालिकाको बजेटमार्फत सडक निर्माण गरिरहेको छ । अझै दार्चुलाका व्यास गाउँपालिका लेकम गाउँपालिका र अपि हिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएका छैनन् । व्यास गाउँपालिकालाई दार्चुला तिंकर सडकले जोड्ने तयारी भइरहेको छ । अहिले तिंकर सडकको निर्माण कार्य भइरहेको छ । लेकम गाउँपालिकालाई महाकाली करिडोरले जोड्दै छ भने अपि हिमाल गाउँपालिकालाई केन्द्रीय रणनीतिक सडक अन्तर्गत जोड्ने गरी निर्माण कार्य अघि बढेको सडक डिभिजन कार्यालय पाटन बैतडीले जनाएको छ ।


उपकरण खरीद नगरेपनि महाकाली नगरपालिकाले ४ ओटा सडक चालु आर्थीक बर्षमा निमार्ण गरीरहेको छ । ब्यास गाउँपालिकामा समेत हिलोमुक्त कार्यक्रम अन्तरगत पिसिसि बाटोहरु निमार्ण गरीएका छन । सडक नहुँदा स्थानीयले समस्या झेल्नुपरेको भन्दै सबै स्थानीय सरकारको पहिलो प्राथमिकतामा सडक परेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!