कालिकोट जिल्लाका सबै सहकारीहरुलाई स्थानीय तहलाई हस्तान्तरण

Posted on: 05 May, 2018

वैशाख २२, कालिकोट | सहकारी डिभिजन कार्यालय जुम्लाले कालिकोट जिल्लाका सबै सहकारीहरुलाई स्थानीय तहलाई हस्तान्तरण गरेको छ । विगतदेखी कालिकोटमा सञ्चालित सहकारीहरुको दर्ता, नियमन तथा प्रशिक्षणको काम गर्दै आएको सहकारी डिभिजन कार्यालय जुम्लाले शनिबार मान्ममा एक कार्यक्रमको आयोजना गरीसबै सहकारीहरुलाई स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

सहकारी विभागका शाखा अधिकृत हरि पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति कालिकोटका उप प्रमुख लक्ष्मी बिष्ट नेपालीको प्रमुख आतिथ्यतामा आयोजित स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुलाई अभिमुखीकरण तथा अभिलेख हस्तान्तरण कार्यक्रममा जिल्लाका सबै सहकारीहरुको अभिलेखस्थानीय तहमा कार्यक्षेत्र छ त्यसै अनुसार हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा सहकारी विभागका शाखा अधिकृत हरि पौडेलले मुलुक संघीय संरचनामा गईसकेपछि ससहकारीको दर्ता, नियमन तथा प्रशिक्षक गर्ने अधिकार स्थानीय तहमा आएकाले शनिबारदेखी सहकारी डिभिजन कार्यालय जुम्लाले कालिकोटका सहकारीको कुनै काम नगर्ने गरी अभिलेख हस्तान्तरण गरिएको बताए । उनका अनुसार अब कालिकोटका सहकारीहरुको दर्ता, नवीकरण, नियमन तथा प्रशिक्षण र संरक्षणको काम कालिकोटकै स्थानीय तहहरुले गर्ने भएका छन् ।

कार्यक्रममा शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले सहकारीको अभिलेख बुझ्दै सरकारले मुलुकको अर्थतन्त्रलाई अगाडी बढाउन निजी क्षेत्र, सरकार र सहकारी गरी तीन खब्बे अर्थ निती नै अंगालेको बताउदै आफुहरुले यहाँका सहकारीहरुको संरक्षण प्रबद्र्धनका लागि प्रतिबद्ध रहेको बताए । उनले गाउँपालिकाको आर्थिक समृृद्धिका लागि स्थानीय सरकारले सहकारी अभियानलाई पनि महत्वका साथ अगाडी बढाउने बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले सहकारीहरुको नियमन गर्ने अधिकार स्थानीय सरकारलाई नै आएकाले यसकोसदुपयोग गरी सहकारीलाई पारदर्शी ढंगबाट व्यवसायिक रुपमा अगाडी बढाउनु पर्ने बताए । उनले निम्न आय श्रोत भएका समुदायको आर्थिक अवस्था सुधारका लागि सहकारीले ठुलो भुमिका खेल्ने बताए ।कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष कालीबहादुर महताराले कालिकोट जिल्लामा १ सय ६९ सहकारी रहेको जानकारी दिँदै सहकारी अभियान गाँउ गाँउमा पसेको बताए ।

उनले विगतमा सहकारीमा आबद्ध हुने व्यक्तिहरु भेटाउनै गाह्रो अवस्था रहेको बताउँदै अहिले स्थानीय स्तरसम्म सहकारी प्रति आर्षण बढ्दै गएको बताए । शनिबार र आईतबारहुने अभिमुखीकरणमा जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख, उप प्रमूख तथा प्रमूख प्रशासकीय अधिकृतहरुलाई सहकारीको वर्तमान कानूनी व्यवस्था, सहकारीको महत्व, सहकारी दर्ता, नवीकरण, नियमन र प्रशिक्षणको तरिका, सहकारीले स्थानीय तहदेखी मुलुकको अर्थतन्त्रमा पार्ने प्रभावका बिषयमा जानकारी दिईने आयोजकले जनाएको छ ।बन्दले जनजीवन प्रभावित

कालिकोट २२ बैशाख । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको डरका कारण कर्णाली राजमार्ग शनिबार बन्द भएको छ । यातायात व्यववसायीको आन्दोलनका कारण शुक्रबारदेखी कालिकोटमा थन्किएका सवारी साधनहरु शनिबार पनि गन्तव्यमा जान सकेनन् । जसका कारण कालिकोट जिल्लाबाट बाहिर जाने तथा बाहिर जिल्लाबाट आएका यात्रुहरु जिल्ला सदरमुकाम मान्ममै रोकिएका छन् ।

नेपालगञ्जदेखी मुगुका लागि विहीबार आएको गाडि शनिबार पनि कालीकोटमै रोकिएका छन् । गाडि चलाउँदा बन्दकर्ताले तोडफोड गर्ने डरले गाडि चलाउन नसकिएको गाडिका कर्मचारी दिपक बिकले बताए । यात्रुको सुरक्षाका लागि गाडि कालिकोटमै रोकिएको उनको भनाई छ । कालिकोट जिल्ला नेकपाको पकट भएको जिल्लाका रुपमा चिनिने गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पुर्व मन्त्री खड्गबहादुर बिश्कर्मा प्रकाण्डको गृह जिल्ला भएकाले पनि यहाँ नेकपाले बिभिन्न समयमा तडक भडक गर्दै आएको छ ।

शुक्रबार कर्णाली राजमार्गको कुनै पनि स्थानमा नेकपाका कार्यकर्ताहरु नदेखिएपनि यातायात सेवा सुचारु हुन सकेन । जिल्ला प्रहरी कार्यालय प्रमुख सुवासचन्द्र बोहोराले नेकपाको बन्दमा सञ्चालन हुने सवारी साधन तथा यात्रुहरुको सुरक्षाको लागि आफुुहरुले प्रहरी टोली खटाएको भएपनि कतिपय गाडिवालाहरुले स्वैच्छिक रुपमा नचलाएको बताए । उनले जिल्लाको नरहरीनाथ गाउँपालिकाको लालिघाटदेखी पचालझरना गाउँपालिकाको जारकोडसम्म कर्णाली करिडोरमा चल्ने जीपहरु नेकपाका कार्यकर्ताहरुले रोक्न खोज्दा प्रहरीले स्कटिङ गरी चलाएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!