खप्तड क्षेत्रको विकासका लागि प्याकेज नै बनाउछौँः नगर प्रमुख कुवर

Posted on: 22 May, 2018

कमल रावल | जेठ ८, अछाम । साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले खप्तड क्षेत्रको विकासका लागि विभिन्न प्याकेजका कार्यक्रमहरु ल्याउने बताउनु भएको छ । खप्तड पर्यटकिय क्षेत्र घुमेर आएको पर्यटकको एक टोलीसंगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख कुँवरले उक्त कुरा बताउनु भएको हो । 

यसका साथै उहाँले स्थानीय उत्पादनमा बृद्धि गर्न तरि सबैले लाग्नु पर्नेमा जोड दिनु भएको छ । उहाँले स्थानीय उत्पादन र प्रर्बद्धनका लागि राज्यका विभिन्न निकायहरुले सहुलियत प्रदान गर्नुपर्ने पनि बाउनु भएको छ । 

उहाँले कृषिको आधुनिकिकरण, जडीबुटीको विकास, विद्यत्को उत्पादन र पर्यटनको विकास गरेपछी मात्र नगरको विकास हुन सक्ने र पर्यटन व्यवसाय प्रमुख व्यवसाय हुन सक्ने बताउनु भयो । उहाँले यहाँ रहेका सरकारी र गैर सरकारी कर्मचारीहरु वीच पर्यटन सम्बन्धि छलफल चलाउनु पनि बताउनु भएको छ । 


उहाँले पर्यटन व्यवसाय प्रमुख व्यावसाय हुन सक्ने र यहाँका जनताहरुको रोजीरोटीको व्यासाय हुन सक्ने र यहाँका यूवाहरुको आत्म निर्भर हुन सक्ने व्यवसाय हुन सक्ने बताउनु भएको छ । उहाँले भनेर मात्र सबैकुरा नहुने र अब भनेका जनप्रतिनिधीहरुले पुरा गर्नु पर्ने पनि बताउनु भएको छ । 

उहाँले विवाह भएपछी नवजोडीको हनीमुन खप्तडमा गर्यो भने नगरपालिकाले पुरस्कारको व्यस्था गर्ने बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!