साउदी, कतार, मलेसिया लगाएत विभिन्न देशको पैसाको मूल्य बढ्यो(सुचिसहित)

Posted on: 24 May, 2018

जेठ १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९रुपैयाँ ११ पैसा र विक्रिदर २९ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र विक्रिदर ३० रुपैयाँ १५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र विक्रिदर २९ रुपैयाँ ८९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा र विक्रिदर २७ रुपैयाँ ५७ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०८ पैसा र विक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३ सय ६३ रुपैयाँ २१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ १४ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ ७३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सुचिसहित:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!