दार्चुलाको आर्थिक मेरुदन्डको रुपमा रहेको एकमात्र पक्कीपुल जिर्ण बन्दै

Posted on: 25 May, 2018

लोकेन्द्र प्रशाद जोशी | जेठ ११, दार्चुला । दार्चुला जिल्लाको शैल्यसिखर नगरपालीका ९ गोकुलेश्वरमा रहेको दार्चुला र बैतडि जोड्ने १ सय २० मिटर लम्बाइको चमेलिया पुल दार्चुला जिल्लालाइ जोड्ने एकमात्र पक्की पुल हो । दार्चुला, बैतडी र बझाङका स्थानियले प्रतक्ष्य फाइदा लिइरहेको यो पुल २०५० सालदेखी निमार्ण कार्य सुरु भएर झन्डै १० करोड लगानिमा २०६० सालमा निमार्ण सम्पन्न भएको थियो । तत्कालीन माओबादी आन्दोलनका कारण निमार्ण कम्पनिले केहि निमार्ण कार्य अधुरै छोडेर गएको यो पुलको त्यसपछि बिधिवत उद्घाटन समेत नगरीएको स्थानिय सुरेश श्रेष्ठले बताए ।

त्रिदेशीय जिल्ला दार्चुलाकै एकमात्र मोटरेवल चमेलिया पुलले दार्चुला जिल्लाको आर्थीक बृद्धिमा टेवा पुर्याएको छ । देशका बिभिन्न स्थानबाट दार्चुला भित्रिने सयौ यातायातका साधनहरु यहि पुल भएर दैनिक भित्रिने र बाहिरीने गरेका छन । क्षमताभन्दा बढी र ठुला यातायातका साधनहरुको आवतजावतले पुल जिर्ण बन्दै गएको छ । पुलको बिच भागमा पिच बिग्रेर खाल्डाखुल्डी परेका छन । जिल्लाको आर्थीक मेरुपन्डको रुपमा काम गरेको यो पुल बन्दहुने अवस्था आयो भने दार्चुला जिल्ला पुन. दुर्गम बन्ने र बिकासमा धेरै पछाडि धकेलिने श्रेष्टको भनाइ छ ।


स्थानिय एबं प्रतक्ष्यदर्शीहरुले नियमित मर्मतसम्भारको अभाबमा यो पुल कमजोर बन्दै गएको बताएका छन । गतबर्ष पुलको मर्मत गरीएपनि गुणस्तरीय काम नहुदा पुन. तत्काल मर्मत गर्नुपर्ने देखीएको छ । पुलको मर्मतसम्भारको लागी राजनीतिक क्षेत्रबाट समेत पहल र सरोकारवाला पक्षलाइ दबाबको खाचो रहेको शैल्यसिखर नगरपालीका ९ का स्थानिय भुबन धामीले बताए ।  

जिल्लाको आर्थीक लगायत पुर्बाधार र यातायातको मेरुदन्डको रुपमा रहेको यो पुलको दिगोपनकालागी स्थानिय तह लगायत सरोकारवाला पक्षले भुमिका खेल्नु र मर्मतसम्भारमा सम्बन्धीत निकायले ध्यान दिनु जरुरी देखीन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!