विकासको आधार, दूर सञ्चार र हुलाक : समसामयिक लेख

Posted on: 26 May, 2018

"नेपालमा दूर सञ्चारले दिएको इन्टरनेट सेवाको जति आलोचना गरेपनि पुग्दैन । यसको गति र क्षमता नितान्त कमजोर छ र हदै महङ्गो पनि छ । निजी कम्पनीहरु भन्दा पनि गए गुज्रेको छ । सरकारको यो विभागमा सुधार, विकास र प्रतिष्पर्धाको सोच नै छैन ।"

                                                                                                                                                                                           –अयोध्याप्रसाद श्रीवास्तव

हुनत हामीले देश विकासका आधधारभूत तत्वहरुमाा शिक्षा, स्वास्थ्य, विद्युत, यातायात र सञ्चारको कुरा गर्दछौं तर सञ्चार क्षेत्रलाई अवहेलित गरिएको प्रतक्ष्य देखिएको छ जवकि शिक्षा र स्वास्थ्यको धरातलमा सञ्चारकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यी पाँचओटा विषय आपसमा अन्योन्याश्रित छन् । यिनीहरुको सन्तुलित र साथसाथै विकास हुनु पर्दछ ।

 

(क) हुलाक :

पहिले हुलाकको कुरा गरौं । यो परापूर्व कालदेखि नै अवहेलित अवस्थामा थियो । यो क्षेत्रमा अतिरिक्त आम्दानीकको श्रोत नरहेको भन्दै कर्मचारीहरु यो क्षेत्रमा खट्न मन नपाराउने र कार्यरत कर्मचारीको पनि अन्यको तुलनामा प्रतष्ठामा कमी जहिले पनि महसुस गरिएकै हुन्थ्यो । तर टेलिफोन, इन्टरनेट फ्याक्सको विकास नहुन्जेल व्यक्तिगत र सरकारी चिठीपत्र, फाइल पुलिन्दाहरु तथा यदाकदा विदेशबाट आउने पार्सलहरु हुलाकले नै बोक्थ्यो । हुलाकको आफ्नो सेवा प्रवाहमा विभागय चुस्ती र जिम्मेवारी गहन थियो । बाहिरी इज्जत प्रतिष्ठा जे जजस्तो भएपनि हुलाकको भूमिका अति महत्पूर्ण थियो । हुरी बतास बाढी पहिरो र खोलानालाको परवाह नगरेर हुलाकीहरु बडो हिम्मत, लगन र जिम्मेवारीका साथ काम गर्दथे । कुनै एक दिन पनि हुलाक रोकियो भने ठूलो घटना मानिन्थो ।

अहिले सञ्चारका साधनहरुको द्रुत विकास भएको छ । चिठी पत्र त इतिहासको वस्तु हुँदै गएको छ र प्रायः चिठीपत्र आदन प्रदानकै परम्परागत भूमिकामा केन्द्रित रहेको नेपाली हुलाक कार्यालयले लोक सेवा आयोगको अलिकति ककाम पाए पनि यो कार्यालय सुसुप्त प्राय हुँदै गएको देखिन्छ । यसको सेवा र सुविधाको क्षेत्रमा विस्तारको कुनै योजना सरकाले बनाएको देखिदैन । यसका कर्मचारीहले निष्कृयतामा दिन विताउनु भन्दा अन्यत्र सरुवा दिने पटिट्ट बढी उत्सुक रहेकाले यस्तै रह्यो भने केही समय पछि एक जना “छोटा हाकिम” र चार पाँच जना साना कर्मचारी राखिदिए पुग्ने छाँटकाँट देखिन थालिएको छ ।

तर विदेशी सभ्य र उन्नत देशहरुमा हुलाकको कार्यक्षेत्रमा यति धेरै वृद्धि भएको छ कि हुलाकका कर्मचारीहरुले शनिवार विदाकका दिनमा पनि काम गर्दछन् । आइतबार माात्र विदा बस्छन् । त्यसमा पनि जिप कोड अनुसार थैला बाँड्ने कर्मचारी भने विदा पाउँदैनन् । तात्पर्य के भने पछि आइतबार डेलिभरी मात्रै हुँदैन बाँकी काम भैराखेकै हुन्छ । सामान्यतयाः अमेरीका यूरोपमा निम्न लिखित कामहरु हुलाकले गर्दैछ :–

१) मालपोत जग्गा घर खरिद विक्री, कम्पनी दर्ता, उद्योग दर्ता, कर तथा वीमा, बैंक, निर्वाचन, नाम नामेसी दर्ता, यातायातको गाडी नम्बर लिने, जन्म मृत्यू दर्ता आदि लगभग सबै काम र कर बुझाउने अनलाइनबाट नै हुन्छ कुन विषयको कार्यालय कहाँ छ र काम गर्ने सेवा सेन्टर कहाँ छ ? मुश्किलले कसैलाई मात्र थाहा हुन्छ । सूचनाको आदन प्रदान नेटबाट नै भइरहेको हुन्छ । तर प्रत्येकक अनलाइनको सूचना लिखित हार्डकपि अनिवार्यतया व्यक्ति र कार्यालयहरुबाट व्यक्ति र कार्यालयको ठेगानामा पठाइरहेको हुन्छ । यसरी व्यक्ति र कार्यालयहरुको बीचको आदनप्रदान प्रमाणहरुका प्रिन्ट पेपरहरु व्यक्तिको नाउँमा पठाउँदा हुलाकको धेरै व्यस्तता हुन्छ । 

२) सेवा प्रदायक कम्पनीको आफ्नो सेवा सुविधाको उत्पादक कम्पनीहरुले आफ्नो मालवस्तुको र यातायात भ्रमण, होटल, रिसोर्टहरुले प्रत्येक व्यत्तिःको नाम ठेगानाको जानकारी खरिद गरेर सबबैलाई व्यक्तिगत चिठी पठाउँछन् । स्कूलहरुले छात्राछात्रहरुको बारेमा अभिभावकहरुलाई दिने सूचनाहरु हुलाकद्वारा पठाइन्छ । यसरी प्रत्येक घरले प्रतिदिन औषत ३ पत्र प्राप्त गर्दछ भने हुलाक कति व्यस्त हुन्छ भन्ने कुरा अनुमान लगाउन सकन्छि ।

३) कम्पनीका उत्पादन र अन्य सामग्रीहरु यद्धपि सपिङ्ग र अन्य पसलहरुमा पाइन्छन् तर सबैको लागि चाहिए अनुसारको चीजविज वस्तु बजारमा खोज्दा खोज्दा ग्राहक थाक्छ । समय पनि हुँदैन । त्यसो हुनाले अधिकांश जनसंख्याले साँझ राती या फुर्सदमाा कम्प्युटरबाट बस्तुहरु हेर्दै मन परेको खण्डमा अनलाइनबाटै मगाउँछन् । बेड, सोफा, टेलिभिजन, किचेन सेट, ढोका जस्ता चिजहरु पनि अनलाइन हुलाकबाट नै आउँछ भने कपडा लत्ता र अरु चिज पनि सहज रुपमा उपलब्ध हुन्छ । उपभोक्ताले करिब २५ प्रतिशत बस्तुहरु हुलाकबाटै मगाउँछन् । तर हुलाक हाम्रो जस्तो हैन । बीमा रजिष्टर्ड, टुटफुटको बीमा, साधारण चिठीपत्र कति समयमा प्राप्तकर्तालाइ डेलिभरी हुने सबै निश्चित हुन्छ । यसका तिथिमिति उल्लेख गरी हुलाकले सेवा दिन्छ । हुलाकबाट चिठी पत्र अराउँछ ? भन्ने प्रश्नमा हुलाककले चिठी हराउँछ र ? भनेर प्रतिप्रश्न गर्दछ, अर्थात हराउने सम्भावना नै इन्कार गरिन्छ ।

एक सय भन्दा बढी वर्ष पहिलेको कुरा हो, हुलाकमा काम घटेको अवस्थामाा एक जना पोस्ट मास्टरले युक्ति झिके । उनले क्रिमस र नयाँ वर्षको शुभारम्भमा एक सेन्ट (एक पैसा) देशभर जहााँ पनि पठाउने स्टयाम्प बनाए फल स्वरुप आज पनि यी अवसरहरुमा एक सेन्ट मै शुभकामना डेलिभरी हुने हुँदा करोडौं कार्ड हुलाकबाट पठाइन्छन् । हुलाक माल बस्तुको ओसार पसार, सरकारी र कम्पनीका हुलाकहरुको आफ्नो जहाज र अनगिन्ती ट्रक र पिकअपहरु प्रयोग गरिन्छन् । अनलाइनबाट मगाइने मालवस्तुहरु टाढाटाढा समुद्रपारीको देशहरुबाट पनि जाने गर्दछन् । यसकारण हुलाकी र हल्काराहरुको राम्रो प्रतिष्ठा र सम्मान गरिन्छ ।

दूर सञ्चार सेवा :–

अव दूर सञ्चार सेवाको कुरा गरौं । यो सेवाको आधार विन्दू यद्धपि विद्युत हो । उन्नत देशहरुमा समुद्री आँधी अत्याधिक वेगवान रहेको अवस्थामा बाहेक अरु बेला एक सेकेण्डको लागि पनि विद्युत सेवा अवरोध हुँदैन । जीवनमा कहिले पनि लाइट गएको नदेखेको र थाहा पाएको मानिसहरु छन् । यो अलग विषय हो । दूर सञ्चारमा केही मेशीन उपकरण र संरचनाहरु ठड्याएर प्राविधिक सेवा दिएर राज्य र कम्पनीहरुले विना जोखिम हावामा पैसा कमाउने हो तर नेपालमा दूर सञ्चारले दिएको इन्टरनेट सेवाको जति आलोचना गरेपनि पुग्दैन । यसको गति र क्षमता नितान्त कमजोर छ  र हदै महङ्गो पनि छ । निजी कम्पनीहरु भन्दा पनि गए गुज्रेको छ । सरकारको यो विभागमा सुधार, विकास र प्रतिष्पर्धाको सोच नै छैन । आजको प्राविधिक युगमा इन्टरनेट र फोन सेवाघर दैलो सम्म बलियो रुपमाा पुग्दैन भने देश विकास हुनै सक्दैन । देशमा कुनै पनि काम हनु अत्यन्तै कठिन र लामो समय सम्म प्रतिक्षा गर्नु पर्ने पुरानो युग जस्ुतै हो । यस्तो कमजोर दूर सञ्चारमा उत्पादनकर्ता र सेवा प्रदायक संस्थाहरुले कसरी काम गर्न सक्दछन् । हुलाक सेवाले कसरी गति लिन सक्दछ ? 

नेपालबाट भारत, अमेरीका लगायतका मुलुकहरुमा फोन गर्दा लगभग चार रुपैंया प्रतिमिनेट पर्दछ । तर वाद्यतावश घर परिवार र देश छोडेर विदेशिएका नेपालीहरुले नेपालमा भारतबाट फोन गर्दा भारतीय रुपैंया साडे बाह«, अमेरीकाबाट दश डलर र यस्तै अन्य मुलुकहरुबाट अत्याधिक चर्को शुल्क तिरिरहनु परेको छ । यस्तो घोर अन्याय किन ? बाहिरबाट आउने कल शुल्कक नेपाल सरकारले र नृेपालबाट जाने कल शुल्क सम्बन्धित देशको सरकारले निर्धारण गर्ने र लिने नियम हो भने यो अन्याय किन ? र, होइन भने सरकारले अन्य देशहरुसँग यो शुल्क घटाउन नसकेको किन ? 

देशलाई औद्योगिक व्यापारिक विकासको खाँचो छ जसकको लागि दूर सञ्चार र हुलाकलाइ प्रभावकारी  र विश्वसनीय बनाउन जरुरी छ । हुलाकको कार्यक्षेत्र विस्तारमा सोच्नु पर्दछ र यसलाई संकुचन गरेर विकासको मूल धारमा सशक्त माध्यम बनाउनु पर्ने देखिन्छ । 

                                                            लेखक बबई बहुमुखी क्याम्पसका संस्थापक प्राध्यापक, पूर्व प्रशासकीय अधिकृत र साहित्यिक चिन्तक हुनुहुन्छ । 


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!