निर्माण चरणको १२ औं वर्ष बितिसक्दा पनि राष्ट्रिय शहिद पार्क अलपत्र

Posted on: 14 Jun, 2018

भिम लामा | जेठ ३१, काठमाडौं | राजधानीको पूर्वी भेग गोकर्णमा अवस्थित राष्ट्रिय शहिद तथा शान्ति स्मृति स्मारक पार्क निर्माण चरणको १२ औं वर्ष पार गर्दा समेत अलपत्र बनेको छ । 

माथिको तश्विरमा: राष्ट्रिय सहिद पार्कको डिजाइन नक्सा 

नेपाल सरकार मन्त्री परिषद्को २०६४ जेठ ११ गते (सामाजिक समिति, २०६४ जेठ २८) को निर्णय वमोजिम २०६२/६३ को दोस्रो जनआन्दोलनमा सहादत प्राप्त गर्ने तथा अन्य सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने शाहिदको  बलिदानलाई चिरस्थायी एवम् सदा ताजगी राख्नका  लागि तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मातहत रहने गरी करिव ४७ करोड विनियोजीत रकमबाट ९ वटा प्याकेजको टेण्डर भई कार्य प्रारम्भ भएकोमा १२ वर्षको अन्तरालमा समेत पार्क निर्माण सम्पन्न हुन सकेन । बरु उल्टै निर्माण भएका भवन लगायतका संरचनाहरु भत्किन थालेको, यत्रतत्र लथालिङ्ग अवस्थामा हुदाँ १२ वर्षदेखि स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका सुर्दशन सिग्देल पार्क अस्तव्यस्तसंगै आन्तरिक रुपमा आफुखुसी गतिविधि सञ्चालन गर्दै आएको  जानकारी प्राप्त भएको छ । 

विस्तृत आयोजना प्रतिवेदन कार्यकारी सारांश परियोजना तालिका अनुसार पार्क सञ्चालन आरम्भ २०७१ साल बैशाख मसान्तमा सम्पन्न हुने सम्झौता भए पनि ०७५÷०७६ को आर्थिक वर्ष प्रवेश अर्थात् १२औं वर्षमा प्रवेश गर्दा समेत आधा काम सकेको छैन् । पार्क निर्माण सुरु हुदाँको बखत हजारौ हजार मान्छेहरु कार्यक्रममा स्वतःस्फूर्त सहभागी हुने गर्दा हाल कसैको चासो समेत नरहेको र हाल कार्यक्रम हुदा मुस्किलले २०/२५ जना करकापले जम्म हुने अवस्थामा पुगेको त्यस पार्कमा बदनामी हुने अवस्था अध्यक्षकै कारण भएको खुल्न आएको छ । 

नयाँ व्यवस्थानुसार हाल शान्ति तथा पुर्ननिर्माण मन्त्रालय खारेज भएकोमा उक्त पार्क कुन मन्त्रालय मातहत हुने कुरा नेतृत्वकै कमिकमजोरीका कारण पार्कको अस्तित्वम समेत संकट आएको एक आन्तरिक सुत्रले बतायो । सरकारलाई तथा सम्बन्धित निकायलाई नै प्रभावमा पारि अहिलेसम्म अध्यक्ष सिग्देल अध्यक्ष बनिरहेको छ ।  उनी हाल गृह, शहरी मन्त्री लगायत सांसदहरुसमक्ष पुनः अध्यक्ष बन्न सकिएला कि भनेर धाउन थालेको विशेष सुत्रबाट जानकारी पाएको छ ।  

मन्त्रालयबाट स्विकृत कार्य विधिअनुसार विभागीय मन्त्रीले अध्यक्षलाई कुनै पनि बेला हटाउन सक्ने प्रावधान  रहेको छ । वर्तमान अध्यक्ष सुर्दशन सिग्देलको बेलाबेलामा हुने विवादस्पद कार्य कामकाजमा अख्तियार, हेल्लो सरकार, मन्त्रालय मार्फत सचेत गराईएका उनी विरासतमा समेत आर्थिक मामिलामा अपारदर्शी भएको सर्वत्र व्याप्त रहेको छ । 

हाल राज्य कोषबाट विशिष्ट श्रेणीको तलब झण्डै रु. ५२ हजार मासिक बुझिरहेको अध्यक्ष सिग्देलको शैक्षिक योग्यता समेत अण्डर एसएलसी रहेको बुझिएको छ ।  त्यस क्षेत्रका जनताहरु त्यस्ता असक्षम, अयोग्य अध्यक्षको सट्टामा सक्षम, योग्यतम र जनताको विचमा स्थापित र सबैलाई नेतृत् वगर्न सक्ने व्यक्तिलाईअब उप्रान्त मन्त्रालयले कार्यविधिले व्यवस्था गरे वमोजिम नयाँ अध्यक्षको नियुक्ति हुनुपर्ने जोडदार माग गर्दै आएका छन् ।

उनिमाथी अध्यक्षको पद दुरुपयोग गर्दै निर्माण चरणको बाटो बनाउँदा वा पार्क बाहिर भू–माफीयहरुसंग जग्गा प्लटिङमा मिलीमतो गरी आर्थिक अनिमियतता गर्दै आईरहेको  आरोप छ । निजको विगतको क्रियकलापमा समेत आर्थिक अनिमियततामा सक्रिय रहदै आएको र अध्यक्ष हुदा बखत १२ वर्षमा कुनै दिन पनि पुरा कार्यालयमा नबसी राजनीतिक कार्यक्रममा सक्रिय हुदै तलबभत्ता  पार्क समितिबाट बुझ्दै आएको छ । कार्यालय समयमा मन्त्रालय विभाग भन्दै राजनीतिक दलको सभा सम्मेलन बैठक र व्यक्तिगत काममा गएको कुरा सामाजिक सञ्जालका पोस्टहरुमा देखिने गरेको थाहा हुन आएको छ । 


पार्क बाटो निर्माण गर्दा सम्बन्धीत जग्गाधनिहरुसंग मिलोमतो गरी आर्थिक लाभ लिन सफल भएका कुरा त्यतिबेलै चर्चामा आएको र आफुले किनेको जग्गा छेउबाट बाटो खोली कालोपत्रे गरेको आरोप समेत उनीमाथी लागेको छ । 

त्यतीबेलै ५ आना जग्गा र साढे २ तलाको घर जोडेकोमा अध्यक्ष सिग्देललाई अख्तियारको पत्र आउनसाथ रातारात बेचबिखन गरेको चर्चा बाहिर रहेको थियो ।  पार्क नजिकको पर्ती जग्गाबाट माटो भिक्न लगाई एरपोर्टका लागि पार्कबाटो उपभोग गरी लैजान दिएबापत ठेकेदारमार्फत मोटो रकम असुलेको समेत अध्यक्षलाई आरोप छ । 

अहिले आयोजना परियोजना सिमित भएको अवस्थामा पार्कको उत्तरतर्फ वाल हटाई डोजर लगाएर जग्गा प्लटिङ गर्न दिदै नियमभन्दा बाहिर गएर आफुखुसी विशेष  पत्रचार गर्दै पदको दुरुपयोग गरेकोमा सम्पूर्ण जनताहरु, पार्ककै पदाधिकारी र सदस्यहरु अध्यक्षसंग तिब्र असन्तोष व्यक्त गरिरहेको खुल्न आएको छ । 


नर्सरी व्यवस्थापनका लागि विगतमा आयोजनाबाट फर्जी काम र बिल बनाई रकम असुलेको र राष्ट्रिय खेलकुद परिषद् (राखेपा) बाट खेलकुदग्राम निर्माणको सर्बे गर्न  प्राप्त भएको रकम समेत दुरुपयोग गरेको बुझिएको छ । हाल निर्माणाधीन अवस्थमै रहेको पार्कमा ठेगेदारहरुसंग समेत मिलिोमतो गरि आर्थिक लाभ प्राप्त गरेको र त्यसकै कारण ठेकेदारले समयभित्र काम सम्पन्न गर्न नसकेको कुरा चर्चामा आएको छ ।  पार्क कम्पाउण्ड वाल लगाउने शिलशिलामा ठेकेदारसंगको आर्थिक लेनदेनमा विवाद उत्पन्न हुँदा ठेकेदारपक्षबाट अध्यक्ष सिग्देलमाथी गम्भीर घाईते हुने गरी कुटपिट गरेको समेत खुल्न आएको छ । 

उक्त पार्कमा कार्यरत कर्मचारीहरुलाई दलगत स्वार्थमा काम गराउन खोज्ने र नगरेमा जागीर खाने धम्की समेत दिदै आएका सिग्देलले अन्य व्यक्तिहरुलाई रोजगारीको आश्वासन देखाई राजनीतिक फाइदा लिदै आएको नाम नखुलाउने  शर्तमा एक सुत्रले बतायो । 

स्मारक अन्र्तगत चार क्षेत्र छुट्याइएको उल्लेख छ । स्मारकको ६५० रोपनी क्षेत्रफलमध्ये ७२ रोपनी सहितको स्मृति क्षेत्र, ५२ रोपनीमा संस्थागत क्षेत्र, १७२ रोपनीमा मनोरञ्जन क्षेत्र, १५ रोपनीमा धार्मिक क्षेत्र र ३३९ रोपनीमा संरक्षित क्षेत्र गरी गुरु योजनामा चार क्षेत्र निर्धारण गरिएको हो । 


स्मारकको काम नयाँअनुसार सरकार, समुदाय र नीजि साझेदारी भएको उल्लेख भए पनि स्थानीय समुदायले त्यसको अपनत्व गर्न नपाएको गुणासो समेत उठेको छ । स्थानीहरु भन्छन्–“ यस पार्कको कामकारवाही बारे जानकारी नै पाउँदैनन्, समितिका पदाधिकारीहरुकै कारण निर्माण कार्यमा ढिलाई भएको छ, छानविन गरि कारवाही गर्न सम्बन्धित निकायको ध्यान पुगोस् ।” त्यस्तै एक स्थानीय भन्छन् –“हामीलाई अन्याय भएको छ, पार्कसंगै जोडिएका स्थानीयको अपनत्व गर्न पाएन् केही व्यक्तिको रजाई मात्र बनेको र त्यसमा सुद्धीकरण ल्याउन जरुरी छ ।” 

अहिले नीजि व्यक्तिको निवासका प्रयोजनका लागि शहिद पार्कको भित्री भाग प्रयोग गर्दै वस्तु चरण समेत हुन थालिएको छ । पार्कको उत्तरी भागमा लाखौं खचिएर निर्मित कम्पाउण्ड वालका बार समेत जबरजस्ती फोरेर व्यक्तिको घर निर्माणको लागि ढुंगा खसालिरहेको अवस्था सिर्जना गरेको छ । तत्कालिन काठमाडौं क्षेत्र ३ का सांसद हाल प्रदेश सांसद रामेश्वर फुयाँल समेत राजनीतिक अनुगमन समितिको संयोजक रहेको त्यस पार्कमा देखिएको अनिमियतता र निर्माण कार्य ढिलाई सम्बन्धि जिज्ञासा राख्दा गलत प्रवित्तिलाई निरुत्साहित पार्न आफ्नो तर्फबाट सहयोग गर्ने व्यक्त गरे । पार्कमा अनिमियतता छ, त्यसको छानविन हुन्छ र त्यस्तो गलत क्रियाकलापलाई रोक्न सञ्चार माध्यमको सकारात्मक भूमिका आवश्यक छ– सांसद फुयाँले भने । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!