आज सातै प्रदेशमा बजेट सार्वजनिक हुँदै, कुन प्रदेशलाई कति? हेर्नुहोस्

Posted on: 15 Jun, 2018

असार १, काठमाडौँ | आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट लागि पेश गर्दैछन् । असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेश बजेटगर्न लागीएको हो।

सातवटा प्रदेश सरकारले ल्याउने बजेटमध्ये सबैभन्दा बढी ३ नम्बर प्रदेश र ७ नम्बर प्रदेशमा कम आकारको बजेट आउने भएको छ । 

हेर्नुहोस्  कुन प्रदेशको बजेट कति?

प्रदेश १ :- प्रदेश १ को लागी ३५ अर्ब रुपैयाँको बराबरको बजेट छुट्याइएको छ। उक्त बजेट अपराह्न ४ बजे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वोद्वारा प्रस्तुत हुने भएको छ। 

प्रदेश २:- यस्तै प्रदेश नम्बरमा करिब २८ अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरिने भएको छ | यो प्रदेशलाई सङ्घीय सरकारले १६ अर्ब रुपियाँ दिएको थियो, बाँकी १२ अर्ब आन्तरिक स्रोत जुटाएर बजेट ल्याउन लागेको हो । उक्त बजेट आज दिउँसो २ बजे प्रदेशसभामा मामिलामन्त्री विजय यादवले पेस गर्ने कार्यक्रम रहेको छ। 

प्रदेश ३:- प्रदेश ३ ले भने करिब ४० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गर्दैछ। बजेटका लागि आज दिउँसो ३ बजे आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलद्वारा प्रस्तुत हुने कार्यक्रम रहेको छ। 

नम्बर ४:- ४ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि करिब २६ अर्ब बराबरको बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेट प्रस्तुत गर्नुहुने भएको छ |

प्रदेश ५:- प्रदेश नम्बर ५ को सरकारले झण्डै २७ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । उक्त बजेट अपराह्न ४ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रि समेतको मन्त्रालय सम्हाल्दै आएका मुख्यमन्त्री शङ्कर पोखरेलले सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रदेश ६:- कर्णाली प्रदेशले २३ अर्ब रुपैयाँको हाराहारीमा आगामी आवको बजेट ल्याउने तयारी गरेको छ। दिउँसो १ बजे आफ्नो बजेट सार्वजनिक हुने बजेट प्रदेश सभामा अर्थमन्त्री प्रकाश ज्वालाले प्रस्तुत गर्नुहुने भएको छ |

प्रदेश ७:- प्रदेश ७ ले २५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। यसका लागि दिउँसो ३ बजे प्रदेशसभा डाकिएको छ। अर्थमन्त्री झपटबहादुर बोहोरले उक्त बजेट प्रस्तुत गर्नुहुने भएको छ | सरकारले चालू आवमा संक्रमणकालीन व्यवस्थापन अन्तर्गत प्रत्येक प्रदेशलाई एक अर्ब २ करोड रुपैयाँका दरले एकमुष्ट ७ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!