खालि–दहवन मोटरबाटोमा आठ लाख थप, कपुरकोटको गाउँसभा असार १० मा

Posted on: 15 Jun, 2018

शंकर के सी,सल्यान, १ असार । सल्यानको कपुरकोट २ खालि हुँदै वडा नम्बर १ को दहवन जोड्ने मोटरबाटोका लागी ८ लाख रुपैयाँ थप भएको छ । शुक्रबार बसेको कपुरकोट गाउँपालिका गाउँकार्यपालिकाको बैठकले ८ लाख रुपैयाँ थप गर्ने निर्णय गरेको प्रवक्ता यम कुमार वस्नेतले जानकारि दिए ।

यस अघि गाउँपालिकाले छुट्याएको ५० लाख रुपैयाँले मोटरबाटो निर्माण कार्य जारि छ । र थप रकमले निर्माण कार्य पुरा हुने उनले बताए । यस्तै बैठकले खानीखोला सिन्दुरि मोटरबाटोलाइ ३ लाख रुपैया थप गर्ने निर्णय पनि गरेको छ । यो बाटोमा १० लाख रुपैयाँले काम भइरहेको छ ।

शुक्रबारको कार्यपालिका बैठकले यस अघिको कार्यतालिकालाइ संशोधन गर्दै यहि असार १० गते गाउँसभा गर्ने निर्णय गरेको छ । जसका लागी श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितीको बैठक असार ३ गते, राजस्व परामर्स समितीको बैठक ४ गते बस्ने निर्णय भएको सूचना अधिकारि जीवराज खत्रीले जानकारि दिए । यस्तै वडाको प्राथमिकिकरण बैठक बसि असार ५ गते सम्म योजना तथा कार्यक्रम बजेट सहित छनौट गरिसक्ने तथा असार ६ र ७ गते विषयगत समितीको बैठक बस्ने खत्रीले बताए ।

एकिकृत बजेट तर्जुमा समितीको बैठक ८ गते विहान बस्ने र सोहि दिन दिउँसो बस्ने कार्यपालिकाको बैठकले निती, कार्यक्रम र बजेट अनुमोदन गर्ने कार्यतालिका रहेको उनले बताए । अनुमोदन भएको नीती, कार्यक्रम र बजेटलाइ १० गते बस्ने गाउँसभामा प्रस्तुत गर्ने कार्यक्रम छ । गाउँसभालाइ सम्पन्न पार्नका लागी कार्यविभाजन पनि गरिएको छ ।


 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!