सामान्य अंकले बढ्यो धितोपत्र बजार

Posted on: 18 Jun, 2018

असार ४, काठमाडौँ | धितोपत्र बजार आज सामान्य अंकले वृद्धि भएको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९२ बिन्दुले बढेर एक हजार २३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गमा कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४२ बिन्दुले बढेको छ । 

आज कूल १५४ कम्पनीको चार लाख ८४ हजार ६४५ कित्ता शेयर रु १९ करोड ५२ लाख ३४ हजार १२६ मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज पाँच उपसमूहको शेयरमा बढोत्तरी भएको छ भने चार उपसमूहको शेयर घटेको छ । 

होटल ४.३८, जलविद्युत् नौ, बीमा २२.५२, अन्य ५.२६ र माइक्रोफाइनान्सको ८.७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ०.५४, विकास बैंक १.२७, फाइनान्स ०.२६ र उत्पादन समूहको शेयर ८.१८ ले घटेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!