सनराइज बैंकद्धारा मिसकल बैकिङ्ग सेवाको शुभारम्भ

Posted on: 20 Jun, 2018

असार ६, काठमाडौं | सनराइज बैंक लिमिटेडले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखि मिसकल बैकिङ्ग सेवा शुभारम्भ गरेको प्रेस बिज्ञप्तिम् मार्फत जानकारी दिएको छ ।

बैंकको यस सेवा अन्तर्गत आफुलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिनको लागि बैंकले तोकेका निम्न नम्वरहरुमा मिसकल गरी प्राप्त गर्न सकिनेछ । जसमा ९८५११४७२७३ नं. मा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दात (Balance) को जानकारी, ९८५१११७२७२नं. मा मिसकल गरी रु. १०० बरावरको मोवाईलमा रिचार्ज (टपअप) गर्ने सुविधा, ९८५१११७२७५नं. मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी (Mini Statement) र ९८५११८७२७४ नं. मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिन्छ ।  

उल्लेखित सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग SMART PHONE  नभएता पनि उक्त सेवा लिन सकिने छ । 

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!