लक्षीत वर्गका लागी घोडाघोडी नगरपालिकामा क्षमता बिकास तालीम सुरु

Posted on: 23 Jun, 2018

असार ९, सुखड | लक्षीत वर्गका लागी कैलालीको घोडाघोडी नगरपालिकामा क्षमता बिकास तालीम सुरु भएको छ । प्रयास नेपालको आयोजना तथा घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा दलित, अल्पसंख्यक, कमलरी तथा जनजातीहरुका लक्षीत कार्यक्रम अन्तरगर्त मोबाईल रिपियरिंग वेसिक कम्पयूटर र ब्युटिपार्लर तालिम सुरु भएको हो ।

क्षमता विकास तालिमको आज एक कार्यक्रमका विच उद्घाटन गरीएको छ । प्रयास नेपालका उपाध्यक्ष पुष्पराज जैशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा घोडाघोडी नगर उप प्रमुख प्रेम कुमारी थापा रहनु भएको थियो । कार्यक्रममा वोल्दै नगर उप प्रमुख प्रेम कुमारी थापाले सिप सिक्न पाउनु ठुलो कुरा भएको बताउदै अवसरको सदुपयोग गरी उपलव्धी हासिल गर्नु पर्नेमा जोड दिनु भयो । साथै उहाले सिप सिकेर व्यवसाय गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । घोडाघोडी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष मनराज शाहीले सिप सिकेर आत्मनिर्भर वन्न तालिममा सहभागिहरुलाई आग्रह गर्नु भयो । 


कार्यक्रममा वोल्दै घोडाघोडी नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हरिराज विष्टले तालिमवाट सिप सिकी दक्ष वन्न सहभागिहरुलाई सुझाव दिनुभयो । यि यस्ता सिप सिकाउन नगरपालिका प्रतिवद्धरहेको उहाले बताउनु भयो ।प्रयास नेपालका महा सचिव तथा कार्यक्रम संयोजक नवराज खनालको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन जनार्दन उपाध्यायले गर्नु भएको थियो । कार्यक्रम पछी सञ्चारकर्मी कुराकानि गर्दै प्रयास नेपालका उपाध्यक्ष पुष्पराज जोशीले  क्षमता विकास तालिम अन्तरगर्त कम्पुटर र मोवाइल रिपियरिंग तालिम तिन महिना सम्म र  ब्युटिपार्लर तालिम एक महिना सम्म सिकाइने बताउनु भयो । तालिम असार १० गते आइतवार वाट सुरु निरन्तर चल्ने जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!