गाउँपालिका भवन निर्माणको काम अन्तिम चरणमा

Posted on: 26 Jun, 2018

चिसाङ शेर्पा | असार १२, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिका–५ स–छितापोखरीस्थित याङसोलाटारमा करीव महिना दिन अघिदेखी निर्माण थालिएको सुविधायुक्त भवनको काम अन्तिम चरणमा पुगेको हो ।

याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको ७ रोपनी ८ आना जग्गामा गाउँपालिकाले ६० लाख बजेटमा आफ्नै भवन बनाएको हो । असार अन्तिममा निर्माण सम्पन्न हुने भवनमा ९ वटा कोठा, १ वटा मिटिङ हल र ४ वटा शौचालय रहेको इन्जिनियर देवेन्द्र आचार्यले जानकारी दिनुभयो ।


तीन कन्य प्रावि विद्धालयको दुइ कोठे भवनमा कार्यालयगत कामकाज गरिरहेको गाउँपालिका स्थानिय सरकारको हकमा आफ्नै भवनमा सर्ने पहिलो गाउँपालिका हुने गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । राईका अनुसार हाल भवनको फिनिसिङको काम भइ रहेको छ । दुइ नगरपालिका आठ गाउँपालिका रहेको खोटाङका अन्य नगरपालिका र गाउँपालिकाको कार्यालय भाडाको घरमा बस्दै आइरहेको छ ।         

माथिको तश्विरमा: दिप्रुङ चुइचुम्मा गाउँपालिकाको निर्माणाधिन भवन । तस्विर: चिसाङ शेर्पा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!