कैलालीको विकास बजेट खर्चको अवस्था दयनीय, अझै ३१ प्रतिशत खर्च हुन बाँकी

Posted on: 04 Jul, 2018

सन्तोष रोकाया | असार २०, धनगढी | कैलालीको विकास बजेटको खर्चको अवस्था दयनिय देखिएको छ । आर्थीक वर्ष २०७४/७५ सकिनै लाग्दा समेत जिल्लाको बिकास बजेट खर्च न्युन देखिएको हो । 

विभिन्न बिषयगत कार्यालय मार्फत जिल्लामा सञ्चालित योजनाहरुको ठुलो परिणामको विकास बजेट यो बर्ष पनि फ्रिज हुने भएको छ । आर्थिक बर्ष सकिन दुइ साता भन्दा कम समय छ । त्यसमा पनि कार्यालयहरुको खाता २५ गतेसम्म मात्र चलायमान हुन्छ । खाता बन्द हुन ५ दिन मात्र बाकी रहँदा जिल्लाको झण्डै ३१ प्रतिशत विकास बजेट खर्च हुन बाँकी छ । १९ गतेसम्म जिल्लाको विकास बजेट ६९.६५ प्रतिशत मात्र खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रण कार्यलय धनगढीका कोष नियन्त्रक मदनराज पाण्डेयले बताए । 

जसमा सवैभन्दा बढी जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले ९० प्रतिशत बजेट खर्च खरेको छ । जिल्लामा सञ्चालित ठुला आयोजनाहरु मध्ये सवैभन्दा कम ४६ प्रतिशत मात्र मोहनापुल अत्तरीया ६ लेन सडक आयोजनाको आर्थिक प्रगति देखिएको पाण्डेले जानकारी दिए । गत आर्थिक बर्ष कैलाली जिल्लामा ८२ प्रतिशत विकास बजेट खर्च भएको थियो । यो आर्थिक बर्षमा पनि त्यो भन्दा बढी प्रगति हुने अवस्था नरहेको उनले बताए । 

यता स्थानीय तहहरुको पनि ठुलो परिणामको बजेट निष्क्रिय हुने सम्भावना बढेको छ । सात नम्बर प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले ६ दिनमा २९ करोड बढी रकम खर्च गर्नुपर्ने छ । ८९ करोड विकास बजेट रहेको धनगढी उपहमहानगरपालिकामा आजका मितिसम्म ६० करोड मात्रै विकास बजेट खर्च भएको छ । चालु खर्चको अवस्था भने जिल्ला र स्थानीयमा सन्तोषजनक देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!