अव गुल्मेलीलाई गाडीमा ६ कि.मि. कम, मदनभण्डारी लोकमार्गलाई ४ अर्व

Posted on: 05 Jul, 2018

प्रेम सुनार | असार २१, गुल्मी | पाल्पाको वतासेडाँडाको बाटो गुल्मी जिल्लाका वासीन्दाहरुका लागि ऐतिहाँसिक बाटो थियो । विक्रम सम्वत ४०  को दशक सम्म वुटवल  पोखरा तर्फबाट आउने जाने गुल्मेलीहरु ब्बतासे डाँडाको पैदलबाट हिड्थे ।

त्यहाँ देखि तल जोर्ते सम्मका  होटलहरुमा चिया नास्ता र खाना खान्थे । त्यस क्रममा त्यहाँका ब्यवसायीहरु  गुल्मेलीहरु  विच  निकै घुलमेल थियो ।  पाल्पा तानेसेन सडक खुले पनि उनिहरु र गुल्मेलीहरुको साईनो टुटेको थियो । 

त्यही ऐतिहाँसक बाटो, भावनात्मक सम्वन्ध जोड्ने प्रयास स्वरुप वतासे डाँडा हुँदै कालिगण्डकी कोरिडोर जोड्ने कार्य धमाधम सुरु भएको गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य तथा परराष्ट मन्त्री प्रदिपकुमार ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले जानकारी दिए ।  

उनले भने–‘ मन्त्री ज्युले त्यस ऐतिहाँसिक वाटोलाई अहिलेको सुविधा संग जोड्दै हिजोको त्यस भेगको भावनात्मक सम्वन्ध पुनःस्थापित गर्ने प्रयास स्वरुप यति वेला वतासेडाँडाबाट फराकिलो सडक निर्माण कार्य धमाधम भई रहेको छ । अव त्यो छिट्टै सम्पन्न गरी  हाडथोकको लामो दुरीको सट्टा वतासेडाँडाबाट ६ किलो मिटर कम दुरीको  यातायात आवत जावत सुचारु हुने छ । मन्त्री ज्ञवालीद्धारा शिद्धवावा सडक खण्डको जोखिम अन्त्यका लागि बैकल्पीक मार्ग खोल्ने पहल समेत भई रहेको उनले जानकारी दिए । 

बैकुण्ठबहादुर चन्द झण्डै कुटिएका थिएनन

तानेसेन तम्घास सडक खोल्नमा तत्ताकालिन राष्ट्रिय पञ्चायत सदय बैकुण्ठबहादुर चन्दले अगुवाई गरेका थिए । उनि आफै पनि जनता संगै कोदालो र गैची चलाएर उक्त सडक खोलेका थिए । उनले बतासे डाँडाबाटै खन्न सुरु गरेपछि झण्डै पाल्पालीहरुबाट कुटिनु परेको थिएन  ।

तानसेनको ब्यापार घट्छ भनेर तम्घास बाटो नखोल्ने उनलाई धम्की मात्र आएन ठुलो आर्थिक प्रलोभन देखाईएको चन्द बताउँ छन् । अहिले बुढ्यौलीमा  आफ्नो गाउँ  अग्लुङ्गको पुरानै घरमा बसेका चन्दले भने–‘ कस्सो मारेका थिएनन । उनिहरुले दिन खोजेको पैसाको विटाका पछाडी म लागेको भए अहिले शहरमा चार पाँच वटा पक्की घर भई सक्ने थिए । तर त्यस्तो लोभ लालचमा नलागी जनता संगै आठो पिठो खाँदै र खन्दै तम्घास तानसेन बाटो खोलेको हुँ । ’

 संयोग उनले खोलेको त्यस मोटरबाटोमा प्रदिप ज्ञवााली सांसद भए पछि पिच गरियो भने अहिले उनैले चाहेको बतासेडाडाँबाट उनै ज्ञवालीले बाटो खेलेर उनको र आम गुल्मेलीको सपना पुरा गर्ने भएका छ ।

मदन भण्डारी लोक मार्गलाई ४ अर्व पर्यो 

त्यस्तै पुर्वी झापा देखि  गुल्मी हुँदै सुदुर पश्चिम जोड्ने मदन भण्डारी लोकमार्ग निर्माणका लागि पनि यस आर्थिक वर्षमा सरकारले करिव ४ अर्व विनियोजन गरेको मन्त्री ज्ञवालीका स्वकिय सचिव नेपाली बताए । यस सडकले गुल्मीको भविश्य थप उज्वल बनाउने मन्त्री ज्ञवालीको ठम्माई रहेको उनको भनाई छ ।

अहिले ग्रावलिङ्ग सम्पन्न भएको रुद्रेवणी वामटक्सार सडकमा गत आर्थिक वर्षमा २६ करोडको काम भएको र अव त्यस सडक पिचका लागि प्रकृया अगाडी बढाईको जानकारी समेत उनले दिए । त्यस्तै गृह जिल्लाका अन्य स्थानको विकास निर्माण पनि अगाडी बढाईएको  नेपालीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!