भीमदत्तका पाँच सय विपन्न परिवारलाई सोलार वितरण

Posted on: 09 Jul, 2018

भास्कर के.सी | असार २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिमा रहेका १९ वटा वडाका पाँच सय विपन्न तथा दलित परिवारलाई सोलार वितरण गरिएको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेले नगरपालिकाका क्षेत्रका आर्थिक रुपमा पछि परेको विपन्न परिवारलाई निशुल्क रुपमा सोलार वितरण गरिएको बताए । 

 नगरपालिकाको पहलमा वैकल्पीक उर्जा पवद्र्धन केन्द्रको पुर्ण आर्थिक सहयोगमा विपन्न तथा दलितलाई प्रति परिवार एक सोलार वितरण गरिको छ  । 

उज्यालो भीमदत्त कार्यक्रम अन्र्तगत  नगरका विपन्न परिवार लाई सोलार  वितरण गरिएको प्रवक्ता पाण्डेको भनाई रहेको छ । सोलार बक्तिले लोड सेटिङको समस्या भोगिरहेका स्थानीय विपन्न परिवारको दैनिकीमा  सहज हुने अपेक्षा गरिएको छ । 


नगर प्रमुख सुरेन्द्र विष्ट सभापति रहेको सोलार वितरण कार्याक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर तीनको प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकास भट्ट प्रमुख अतिथि रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!