छायाँनाथ रारा नगरपालीकाको आर्थिक बर्ष ०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत

Posted on: 11 Jul, 2018

नन्द बहादुर रोकाया | असार २७, मुगु | मुगु जिल्लाको छायाँनाथ रारा नगरपालीकाले आगामी आर्थिक २०७५ र ७६ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ । छायाँनाथ रारा नगरपालीका नगर प्रमुख हरि जगं शाहिले छायाँनाथ रारा नगरपालीकाको आर्थिक २०७५ र ७६ को नीति तथा कार्यक्रम  तेस्रो नगर सभामा प्रस्तुत गरेका हुन् । 


छायाँनाथ रारा नगरपालीका लाई  आर्थिक रुपले सम्पन्न, भौतिक रुपले शहरी सुविधायुक्त, राजनैतिक हिसावले समाबेशि सहभागीता, वाताबरणिय रुपले स्वस्च्छ,  सफा तथा ब्याबस्थापकिय रुपले सुव्यवस्थित  नगरको रुपमा बिकास गर्ने  लक्ष्य लिएको छ । नगरपालीकाले  नगरका १४ वटै वडामा सडक संजाल जोडी गाउँ  नगर लाई एक आपसमा जोड्ने ,एक गाउँ एक आर सि सी सडक  एक बस्ती एक ग्राभेल सडक तथा सडक गुरु योजना निमार्ण , गमगढी चक्रपद  संगै गमगढी बजारमा तथालिगं रहेका  टेलिफोन तार विधुतका तार खानेपानीका पाईप  ब्यबस्थित गर्ने बताईएको छ ।


एक बर्ष भित्र  उज्यालो घर, राम्रो नगर बनाउने र  २१ शताब्दीमा पनी अध्यारोमा बस्न बाध्य भएहका  समुदायका लागी सोलार जडान गरीने  र उज्यालो बजारका रुपमा रुपान्तरित गर्न बजार क्षेत्रमा सोलार बत्तीको ब्याबस्था गर्ने नगर प्रमुख शाहीले बताए । नगरपालीकाले कक्षा ५,८ एस ई ई र १२ कक्षाको बोर्ड परिक्षमा उत्कष्ट नतिजा प्राप्त गर्ने बिद्यालयमा उपल्बधिको आधारमा बिशेष अनुदानको ब्याबस्था गरिने । ईसिडी केन्द्रको पुवधार बिकास , बालमैत्री विद्यालय कार्यक्रम सञ्चालन, साक्षर नगर हाम्रो गौरव कार्यक्रम , बिद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षक शिक्षिका लाई तालीमा, शिक्षक हरुको आचार सहिता निमार्ण गरी शिक्षक शिक्षिका लाई राजनैतिक प्रति होईन अध्यापन प्रति केन्द्रीत हुने बताबरणको ब्याबस्था गरिने छ । विपन्न तथा गरिब परिवारका उत्कृष्ट  बिद्यार्थी लाई उच्च शिक्षका लागी अध्यन गर्ने बिद्यार्थी लाई सहयोग गर्ने निति लिएको छ  ।


यसै बिच शारीरिक मानसिक सामाजिक रुपमा स्वस्थ जन, छायाँनाथ राराको  धन भन्ने नाराका  लाई साहाकार पार्न प्रथामिक स्वास्थ्य केन्द्र स्यास्थ्य चौकि तथा आयुर्वेद औषधालयको भौतिक अबस्था सुधार र स्रोत  साधनमा वृद्धि गरीने छ  । कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेती योग्य जमिनको समूचित प्रयोगको नीति लिएको छ । दुध फुल माछ मासु उत्पादनमा आत्मनिर्भर, कृषि वस्तुको उत्पादनलाई प्राथमिकतामा नगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पहाड नगरपालीकाले पर्यटन क्षेत्रको बिकास का लागी ५ वर्ष्भित्र  रारा , छायाँनाथ, थापर्, चंखेली क्रृणमोक्ष, मा पर्यटन सख्यामा दोब्बर बनाउने  निति लिईएको छ  ।


पर्यटक आउने मार्गको बिस्तारगर्ने पर्यटन क्षेत्रको बिकास का लागी रारा अभियान लगायत कार्यक्रम गरी गरीने जनाईएको छ  यसै बिच नगर पालीको समृद्धिका लागी रोजगारी  तथा गरिबि निवारण, महिला शसक्तिकरण  खानेपानी तथा सरसफाई सामाजिक बिकास  बातबरण तथा विपत ब्याबस्थापन सुशासन  बस्ती बिकास  का कार्यक्रम लाई प्रथामिकता दिई कार्यन्वयनमा ल्याईने छायाँनाथ रारा नगरपालीकाले जनाएको छ बेरोजगार बर्ग लाई स्वरोजगार बनाउन मेयर रोजगार कार्यक्रम तथा खेल क्षेत्रको बिकास गर्न मेयर कपको कार्यक्रम गरीने नगरपालीकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!