हलेसी तुवाचुङ नगरपालिकाको बजेट साढे ४४ करोड बढी

Posted on: 13 Jul, 2018

चिसाङ शेर्पा | असार २९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४४ करोड ५४ लाख ३७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक, विधुत, पर्यटन, कृषिलाई बिशेष प्राथमिकता राख्दै हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा नगरपालिकाको दोश्रो नगरसभामार्फत शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बजेट प्रस्तुत गर्नुभएको हो ।

‘आर्थिक संमृद्धिका लागि त्रिधार्मिक नगर, कृषि, पर्यटन र शिक्षा विकासको आधार’ भन्ने नारासहित नगरपालिकाको दोश्रो ऐतिहासिक नगरसभामा प्रस्तुत गरिएको बजेट अन्तरगत चालुतर्फ ४ करोड ९५ लाख ७१ हजार ७५०, पुंजिगततर्फ १४ करोड ४३ लाख २७ हजार ७ सय ५० रुपैयाँ बजेट बिनियोजन गरेको छ । नगरपालिका सेवा रहित समाज, शुसासन, पारदर्शी, जवाफदेही र निश्पक्षको सिद्धान्तलाई आत्मासाथ गर्दै नगरपालिकाले सडकमा ४ करोड ५७ लाख ५ हजार, विधुतमा ११ करोड १ लाख ८० हजार, पशु तथा कृषिमा १३ करोड ९१ लाख ९ हजार, संस्कृती तथा पर्यटनमा ९५ लाख २० हजार, खानेपानी तथा सिंचाईमा ७१ लाख ९४ हजार २ सय २०, युवा उद्यमीका लागि ६० लाख ४० हजार ८ सय २०, महिला तथा बालबालिकाका लागि ५६ लाख ८३ हजार बजेट छुट्याइएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर राईले बताइन् ।


यस्तै, नगरपालिकाले स्वास्थ्यका लागि ५८ लाख ७५ हजार, खेलकुदलाई २९ लाख ६० हजार, शिक्षामा ४० लाख ५० हजार, भवन निर्माणमा ४० लाख, नगर प्रोफाईलका लागि ११ लाख, मर्मत संभारलाई ४० लाख, जनजातितर्फ १२ लाख ५० हजार बजेट छुट्याईएको छ । एघार वडा रहेको नगरपालिकाले समपुरक कोष(म्याचिङ फण्ट)मा १ करोड २० लाख रकम छुट्याइएको छ । 

यसैविच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तेश्रो नगरसभाले आर्थिक बर्ष २०७५/०७६ का लागि ६८ करोड ६० लाख ९६ हजार बजेट बिनियोजन गरेको छ । शुक्रबार खोटाङको सदरमुकाम दिक्तेलमा सम्पन्न नगरसभामा नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले बजेट प्रस्तुत गर्नुभएको हो । 


तश्विरमा: बजेट प्रस्तुत गर्नुहुदै हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राई | तस्विर: चिसाङ शेर्पा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!