मुगको कामारोङ्ग गाँउपालिकाले ल्यायो आ.व २०७५/०७६ को आर्थिक बजेट

Posted on: 16 Jul, 2018

दान बहादुर बुढा | असार ३२, मुगु | नेपास सरकारको निती अनुसार आ.व २०७५/०७६को आर्थिक बजेट आसर १० गते भित्र ल्याउर्ने निती भए पनि मुगमकामारोङ्ग गाँउपालिकाले ढिलै भए पनि आर्थिक बजेट ल्याएको छ ।

मुगु जिल्लामा रहेको १ नगरपालिका र ३ गाँउ पालिका मध्य पहिलो मुगमकामारोङ्ग गाँउ पालिकाले असार २८ गतेका दिन आ.व २०७५।०७६को आर्थिक बजेट पारीत गरेको छ  । अन्य सोरु गाँउपालिका,खत्याड गाँउपालिका,र रारा छायानाथ नगरपालिका आ.व २०७५।०७६को आर्थिक बजेट पारीतको लागी दिन प्रतिदिन बैठक बसी रसाकसी चलाई रहेका छन । 

सबै भन्दा पहिले मुगु जिल्लाको हकमा मुगमकामारोङ्ग गाँउपालिकाले आ.व ०७५।०७६को लागी चालु, ५ करोड ४२ लाख ४१ हजार पूजीगत ६ करोड ७२ लाख र अन्य  शसर्त आन्तरीक संघ सस्था गर्त बर्षको बाँकी गरेर गरेर  जम्मा ३० करोड ८९लाख रुपैया बराबरको आथिक बजेट पास भएको मुगम कामारोङ्ग गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिकास सिजालले बताएका छन ।

यस मुगम कामारोङ्ग गाँउ पालिका कार्यालय भवन र बडा कार्यालयका भवन निमार्णको लागी बढी बजेट बिनियोजन गरीएको भता पनि नेपाल सरकारको निती नियम अनुसशर प्रथामिकताको आधारमा रकम बिनियोजन गरीएको प्रमुख प्रशासकिए रिजालले बताएका छन ।

छायानाथ रारा नगरपालिकाको निती तथा कार्याक्रम पास गरीसकेको र आज बेलुका सम्म पूर्ण रुपामा आर्थिक बजेट ल्याउनको लागी अहिले बैठक बसी रहेको नगर प्रमुख हरीजङ्ग शाहीले बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!