दिप्रुङ चुईचुम्मामा सानिमा बैंक

Posted on: 17 Jul, 2018

चिसाङ शेर्पा/साउन १, खोटाङ | खोटाङको दिपु्रङ चुईचुम्मा गाउँपालिकामा पहिलो पटक बैंक स्थापना भएको छ । गाउँपालिकाका स्थानियलाई बैकिङ सेवा सुविधामा सहजताका लागि गाउँपालिकाको वडा नम्बर दुई डाडाँगाउ ओख्रेमा सानिमा बैंकको स्थापना भएको हो ।


७ वडा रहेको गाउँपालिकाका स्थानियहरुका लागि सानिमा बैंकसँग सहकार्य गरी डाडाँगाउ ओख्रेमा स्थापना भएको बैंकको सोमबार खोटाङका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य राम कुमार राई (पासाङ) र दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बैंकको विधिवत रुपमा उद्घाटन गर्नु भएको छ । 

उद्घाटनसँगै गाउँपालिका प्रमुख राईको बैंक खाता खोलेर आजबाट गाउँपालिकाभित्र नै सबै किसिमका बैंक कारोवारको बाटो खुलेको वडा नं. ३ छोरम्बुका वडाध्यक्ष तुलस राईले जानकारी दिनुभयो । यसअघि उक्त गाउँपालिकाका स्थानियहरु दुई दिनसम्म हिडेर सदरमुकामस्थित दिक्तेल बजार तथा गाईघाटमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा गएर कारोवार गर्नुपर्ने बाध्यता थियो ।

आठ गाउँपालिकामध्ये विकासमा सबैभन्दा अगाडी फड्को मारेको गाउँपालिकाले आफ्नै ठाउँमा बैंक स्थापना गरिदिएपछि स्थानियहरुलाई दिक्तेल, गाईघाट जानुपर्ने बाध्यता हटेको छ । गाउँमा बैंङिक कारोवार हुन थालेपछि पालिकावासीहरु हर्षित भएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले भन्नुभयो,“गाउँपालिकामा बैंक स्थापनासँगै बिकासले तीब्र गतीमा फड्को मार्नेछ ।”


यस बिषयमा तपाइको प्रतिक्रिया...!