राष्ट्र बैंकले यी १४ सहकारीलाई नियमनबाट हटायो

Posted on: 17 Jul, 2018

साउन १, काठमाडौं | नेपाल राष्ट्र बैंकले १४ सहकारीलाई  नियमनबाट हटाएको छ। बैंकले सीमित कारोबार गर्न अनुमति दिएको १४ सहकारीको अनुमतिपत्र रद्द गरेको हो।

सीमित दायरा तोकि बैकिङ कारोबार गर्न दिएका सहकारीलाई राष्ट्र बैंकले आफ्नो नियमकीय र सुपरिवेक्षकीय दायराबाट हटाएको हो  । 

मौद्रिक नीतिमा नै सिमित बैकिङ कारोबार गर्न केन्द्रिय बैंकले अनुमति दिएको सहकारीलाई २०७५ साउन १ गतेदेखि नियमकीय र सुपरिवेक्षकीय दायराबाट हटाउने उल्लेख छ  । सोही कार्यान्वयनको लागि केन्द्रिय बैंकले सुचना जारी गरेर आजबाट अलग गरेको जनाएको छ ।

बैंकले आजकै मितिबाट लागु हुने गरी धनगढीको नवजीवन सहकारी संस्था, काठमाडौ क्षेत्रपाटीको सगुन सहकारी संस्था, बानेश्वरको नेपाल सहकारी वित्तिय संस्था, सर्लाहीको द साहारा लोन सेभिङ कोअपरेटिभ सोसाइटी, काभ्रेको विन्दबासिनी सहकारी सँस्था, कुलेश्वरको महिला सहकारी संस्थाको अनुमति पत्र रद्द भएको हो । 

यस्तै सहकारी वित्तिय विकास संस्था, मनकामना सहकारी संस्था, भेरी सहकारी वित्तिय संस्था,  विकु बचत तथा ऋण सहकारी संस्था,स्टार बहुउदेश्यीय ऋण तथा सहकारी संस्था, हिमालय सहकारी संस्था र उपकार ऋण तथा बचत सँस्था गरी १४ वटा सहकारीको पनि अनुमतिपत्र रद्द भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!