सन्राइज बैकले पर्यटक प्रवेश काउण्टर संचालनमा ल्यायो

Posted on: 17 Jul, 2018

श्रावण १, काठमाडौं। सन्राइज बैंक लिमिटेडले आफ्नो सेवा बिस्तार गर्ने क्रममा पर्यटक प्रवेश काउण्टर संचालनमा ल्याएको छ । काठमाण्डौको पाशुपत क्षेत्र तिलगंगा, वत्सलेश्वरी, महास्नान घर अगाडी र गुहेश्वरीमा सो सेवा संचालनमा ल्याएको हो |

विभिन्न मुलुकहरुबाट भ्रमणका लागि पाशुपत क्षेत्रमा आउने गैर हिन्दु पर्यटकहरुलाई दिईने प्रवेशाज्ञा वापत बिक्रि गरिने पर्यटक प्रवेश शुल्कलाई समयानुकुल बैंकिङ्ग प्रणाली मार्फत् टिकट विक्री गरी पर्यटक प्रवेशको सुव्यवस्थापन प्रयोजनार्थ उक्त काउण्टरहरु संचालन ल्याएको बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १०० वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!