भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड

Posted on: 17 Jul, 2018

असार ३२, भक्तपुर | भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । 

नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत रु ९८ करोड ८६ लाख ८३ हजार तथा आन्तरिक स्रोततर्फ पर्यटन शुल्क, जग्गा बिक्री, विभिन्न कर दस्तुरबाट रु ५४ करोड ५३ लाख १७ हजार संकलन हुने बताउनुभयो । 

त्यस्तै व्ययतर्फ युवा तथा खेलकूद समितिका लागि रु एक करोड ८० लाख, महिला तथा बालबालिका समाज कल्याणका लागि रु ३० लाख, वातावरण तथा पर्यटनतर्फ रु एक करोड, कृषितर्फ रु ८५ लाख, आर्थिक सण्मितिका लागि रु ७८ लाख, निर्माण समितिका लागि रु १२ लाख, खानेपानी व्यवस्थापनका लागि रु ३५ लाख, विधेयक समितिका लागि रु दुई लाख, न्यायिक समितिका लागि रु १० लाख र शिक्षा, स्वास्थ्य तथा सांस्कृतिकतर्फ रु दुई करोड ११ लाख बजेट विनियोजन गरिएको छ । 

चालू खर्चमा रु ८७ करोड ९३ लाख ८८ हजार र पूँजीगततर्फ रु ८५ करोड ४६ लाख १२ हजार विनियोजन गरेको छ । क्रमागत योजनाका लागि रु १६ करोड ७३ लाख ७० हजार विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिनुभयो । 

कर प्रणालीमा सुधार, उपभोक्ता समिति वा अमानतबाट विकास निर्माणलाई प्राथमिकता, भूकम्पपीडितलाई नक्सामा छुटको व्यवस्थालाई निरन्तरता, ५५ झ्याले दरबार सर्वसाधारण र पर्यटकका लागि खुला गरिने र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई इँटा काठमा ३५ प्रतिशत अनुदान दिइनेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!