विदेश जाँदा र विदेशबाट फर्कदाँ बोक्न पाउने नगदको सिमा तोकियो, कति बोक्न पाउने ?

Posted on: 17 Jul, 2018

साउन १, काठमाडौं । नेपाल राष्ट्र बैंकले  विदेश जाँदा र विदेशबाट फर्कदाँ बोक्न पाउने नगदको सीमा तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार  नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात मंगलबारदेखि लागू हुने गरी नेपाली रुपयाँ ५ हजार र अमेरिकी डलर पनि ५ हजारसम्म ल्याउन/लैजान सकिने गरी सीमा तोकिएको छ । 

सम्पत्ति सुद्धीकरण निवारण ऐन २०६४ को दफा २९(क)  अनुसार नेपाली नागरिकले कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत रु ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने सीमा तोकिएको विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगालाले जारी गरेको सूचनामा उल्लेख छ । 

तोकिएको सीमाभन्दा बढी रकम ल्याउने या लैजानु पर्ने बाध्यता भएको खण्डमा मुद्रा विनिमय पत्रको विवरण भन्सार अधिकारी समक्ष र कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत  ल्याउने÷लैजाने भएमा सम्बन्धित कार्गो, कुरीयर, हुलाकसमक्ष सो कुराको उद्घोषण गर्नुपर्ने सूचनामा जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!