गत आर्थिक वर्षमा अछामबाट झण्डै ६६ करोड फ्रिज

Posted on: 22 Jul, 2018

कमल रावल | साउन ६, अछाम | गत आर्थिक वर्ष २०७४/०७५ मा अछामबाट ६५ करोड ८२ लाख १४ हजार ५७८ रुपैयाँ फ्रिज गएको छ । कोलेनिका अछामका अनुसार पुजीगत तर्फको ३९ करोड ३५ लाख ९६ हजार ४१७ र चालु तर्फको २६ करोड ४६ लाख १८ हजार १६१ गरि उक्त बजेट फ्रिज भएको हो । 

अछामका लागिगत आर्थिक वर्षमाचालु तर्फ ५ अर्व ६७ करोड ७४ लाख ४३ हजार तथापुजीगततर्फ १ अर्व ३२ करोड २३ लाख७९ हजार बजेट प्राप्तभएको थियो । गतआर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७३/७४ को भन्दा १४ करोड १ लाख ८० हजार ३३१ रुपैयाँ बढी फ्रिजभएको कोलेनिकाका लेखापाल देवसिंह बडालले जानकारी दिनुभयो । त्यो वर्षपुजीगत र चालु तर्फ गरि कुल ५१ करोड ७१ लाख ३४ हजार २४७ रुपैयाँफ्रिजगएको थियो । यस्तै, कोलेनिका अछाममा गतआर्थिक वर्षमा १७ करोड ८९ लाख ६१ हजार ८७२ रुपैयाँ राजस्वआम्दानीभएको छ । 

अघिल्लो आर्थिक वर्ष२०७३/७४को भन्दा राजस्वआम्दानीपनी ९ करोड ४१ लाख ८३ हजार ९२५ रुपैयाँले बढी भएको छ । उक्तआर्थिक वर्षमा८ करोड ४७लाख७७हजार ९४७ रुपैयाँ राजस्व संकलनभएको थियो । गतआर्थिक वर्ष ५ करोड ५३ लाख दृन्द्धपीडितको राहतकालागिप्राप्त रकमबितरण नहुंदा राजस्वमादाखिलाभएकोले राजस्वआम्दानी बढी देखिएको लेखापाल बडालले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!