साउदी, कतार,मलेसिया, दुबई लगायत अन्य देशहरुको पैसाको मुल्य कति ? सुचिसहित

Posted on: 26 Jul, 2018

साउन १०, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले  तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रिदर २९ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रिदर ३० रुपैयाँ ३१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ  ८८ पैसा र बिक्रिदर ३० रुपैयाँ ०४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०६ पैसा र बिक्रिदर २७ रुपैयाँ २१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ ६९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ४४ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!