साझा सबाल प्रभाव: वाणिज्य विभागद्वारा दरवारमार्गमा छापा (भिडियो सहित)

Posted on: 26 Jul, 2018

साउन १०, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता सम्रक्षण विभागले दरवारमार्गको देव्यानी इन्टरनेशनल प्रा.लिद्वारा संचालित 'क्रीमबेल'लाई २४ घन्टे पत्र काटेको छ । 'क्रिमबेल'ले एमआरपी २५ रुपैयाँ पर्ने सच-मुच आइसक्रिम १ सय ५० मा बच्ने गरेको उजुरी विभागमा परेपछि आज अनुगमनपछि २४ घन्टे पत्र काटिएको हो । 

अनुगमनको क्रममा विभागको टोलीले आवश्यक कागजात माग गर्दा उपलब्ध नभएपछि २४ घन्टे पुर्जी काटिएको विभागका अनुगमन टोलीका संयोजक रमेशकाजी श्रेष्ठले जानकारी दिए । २४ घण्टा भित्र विभागले मागेको आवश्यक कागजात सहित विभागको कार्यालयमा उपस्थित नभए उक्त पसल सिल गरिने उनले बताए । 


अनुगमनको क्रममा विभागको टोलीले कर्मचारीलाई २४ घन्टे पुर्जीमा हस्ताक्षर गर्न लगाएका थिए तर कर्मचारीले २४ घन्टे पुर्जीमा हस्ताक्षर गर्न नमानेपछि टोलीले पसल सिल गर्नै लाग्दा कम्पनीका म्यानेजर आईपुगेका थिए । उनि आएपछी उनले पुर्जीमा हस्ताक्षर गर्दै २४ घण्टा भित्र आवश्यक कागजात सहित विभाग आउने प्रतिवद्धता जनाएपछी शील गर्ने काम रोकिएको थियो । 


उक्त पसलले न्यून मूल्यका आइसक्रिम झन्डै तेब्बर महँगो मुल्यमा विक्री गर्ने गरेको गुनासो आएपछि सझासबाल डट कमले सोबारे स्थलगत रिपोर्टिंग गरेको थियो । सो क्रमममा क्रिमबेलले २५ रुपैयाँ एमआरपी लेखिएको आइसक्रिमलाई १ सय ५० रुपैयाँमा बेच्ने गरेको प्रमाण सहित सझासबाले गत विहिबार विभागमा उजुरी दिएको थियो ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!