सेयर बजार : परिसूचकमा ३ अंकको वृद्धि

Posted on: 29 Jul, 2018

साउन १३,काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ३ दशमलब ६२ अंकले बढेर ११ सय ९४ दशमलब ८२ को बिन्दुमा पुगेको छ।आइतबार १ सय ५३ कम्पनीको १८ करोड ४९ लाख ९ हजार २ सय ७० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

कारोबारमा आएका ५ समूहमा गिरावट आएको छ भने ५ समूहमा हरियाली छाएको छ। आइतबार जीवन बीमा समूह सर्वाधिक ५२ दशमलब ६७ अंकले बढेको छ भने गुमाउनेमा होटल समूहका लगानीकर्ता छन्। यो समूहको सेयर मूल्य २० दशमलब १४ अंकले घटेको छ। 

आइतबार जलविद्युत् लगानी तथा विकास कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको १ करोड २६ लाख ३४ हजार ३ सय ५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।  एनसिसी बैंकको ८९ लाख ३७ हजार ९ सय ३६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

आइतबार सर्वाधिक कमाउनेमा नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँ अर्थात् ७ दशमलब ५० प्रतिशले बढेर ८६ रुपैयाँमा कारोबार रोकिएको छ। 

त्यस्तै, जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ बढेको छ। सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ता पनि गुमाउनेमा परेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँ घटेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!