नयाँ लेखा प्रणालीमा ग्लोबल बैंकको वित्तिय विवरणः नाफा २ अर्ब १५ करोड

Posted on: 02 Aug, 2018

साउन १७,काठमाडौं । ग्लोबल आइएमई बैंकले २ अर्ब १५ करोड नाफा कमाएको छ । बैंकले आर्थिक बर्ष २०७३।७४ मा २ अर्ब ६ करोड नाफा आर्जन गरेको थियो ।

बैंकले एक खर्ब ६ अर्ब निक्षेप संकलन गरेर ९३ अर्ब कर्जा लगानी गरेको छ । एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी २२.३० रुपैंयाँ छ । बैंकको खराब कर्जा १.६० बाट घटेर ०.६९ प्रतिशतमा आईपुगेको छ ।

बैंकले ११ अर्ब ५६ करोड ब्याज आम्दानी गरेर ७ अर्ब ६६ करोड ब्याज खर्च गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!