कतार, दुबई लगाएतका देशहरुको पैसाको मूल्य बढ्यो (सुचिसहित)

Posted on: 12 Aug, 2018

साउन २७, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रिदर ३० रुपैयाँ ०६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रिदर २७ रुपैयाँ ०३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ ३३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९१ रुपैयाँ ०९ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ६८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!