माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जीएमई रेमिट नियुक्त

Posted on: 12 Aug, 2018

साउन २७,काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको सुपर एजेण्टको रुपमा जीएमई रेमिट प्रा.लि.लाई नियुक्त गरेको छ । उक्त नियुक्ती पश्चात एमबीएल रेमिटको भुक्तानी जीएमईको जुनसुकै एजेण्टहरुबाट तथा जीएमईको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछ ।

माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिटका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले उक्त नियुक्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले एमबीएल रेमिटमार्फत पठाउन सक्नेछन् । साथै, यसबाट पठाएको रकम माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जीएमई रेमिट नियुक्त बैंकका सबै शाखाहरु तथा जीएमईका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग सेवा मार्फत बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!