डलरको भाउ अहिलेसम्मकै उच्च, किन बढ्दैछ डलर ?

Posted on: 14 Aug, 2018

साउन २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले निकालेको औसत दर अनुसार एक डलर किन्न एक सय १२ रुपैया २० पैसा खर्चिनुपर्ने भएको छ । मंगलबार बिहान अमेरिकी डलरसँग नेपाली रुपयाँ  हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । 

भारतीय रुपयाँको भाउ गिर्दा त्यसको असर सिधै नेपाली रुपयाँमा पनि पर्छ । नेपाली रुपयाँ र भारतीय रुपैया (भारु) बीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुने बित्तिकै नेरुको पनि अवमूल्यन भएको हो ।

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण यसै पनि कमजोर बन्दै गएको भारुलाई टर्कीको संकटले थप कमजोर बनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल र अल्मुनियममा लाग्दै आएको भन्सार महसुल दोब्बर बनाएसंगै टर्कीको अर्थतन्त्रमा समस्या देखिएको हो । यसले टर्कीको मुद्रा लिरा पनि ७ प्रतिशतले अवमूल्यन भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!