सुनको भाउ बढ्यो, कति छ आजको मुल्य ?

Posted on: 19 Aug, 2018

भदौ ३, काठमाडौं ।  स्थानीय बजारमा आइतबार सुनचाँदीको भाउ बढेको छ। गत शुक्रबार स्थिर रहेको सुन तोलामा २ सय र चाँदी ५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुनको मुल्य ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। गत शुक्रबार छापावाल सुन तोलाको ५५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ बढेर ५५ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ। चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!