सूचनाकेन्द्रले सार्वजानिक गर्यो आफ्नो आयव्यय(भिडियो)

Posted on: 24 Aug, 2018

पर्वत । पर्वत जिल्लामा विभिन्न मेला महोत्सवको आयोजना गरेर त्यसको आयव्यय सार्वजानिक नगर्ने प्रचलन छ । कार्याक्रम हुनुभन्दा अगाडि पत्रकार सम्मेलन गरेर महोत्सव मेलाको कारोबारको जानकारी दिने तर मेला तथा महोत्सव सम्पन्न भएपछि त्यसको हिसाबकिताब लुकाउनेहरुलाई सूचनाकेन्द्र अनलाइनले गतिलो पाठ सिकाएको छ ।

इच्छाशक्ति भए र पारदर्शिता भए मेला महोत्सवको आयव्यय हप्तादिनमा गर्न सकिन्छ भन्ने उदाहरण उक्त अनलाइनले दिएको छ । यहि भाद्र २ गगे मात्रै सम्पन्न भएको उक्त अनलाइनको पाँचौ बार्षिक उत्सव, पत्रकार सम्मान कार्याक्रम एवं सांस्कृतिक साँझको आयव्यय एक हप्तामै(२०७५ भाद्र ९) मा सार्वजानिकरण गरिएको छ ।

उक्त अनलाइनले उक्त साँझबाट झण्डै ७५ हजार खुद मुनाफा गर्न सफल भएको अनलाइनका प्रधानसम्पादक बैगुण्ठ गिरीले बताए । कुल ५ लाख १० हजार संकलन भएको रकमबाट कलाकार,प्रचारप्रसार,मायाको चिनो,सम्मान तथा अन्य कार्यक्रमा ४ लाख ३५ हजार बरारबको खर्च भएको विवरण पेश गरेका छन् ।

छोटो समयमानै जिल्लामा स्थापित अनलाइनले बचत भएको रकमले आफ्नो कार्यालय व्यवस्थापन गर्ने जनाएको छ ।

भिडियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!