हेटौँडाद्वारा आर्थिक बर्ष २०७५/७६को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई

Posted on: 03 Sep, 2018

भदौ १८, मकवानपुर | प्राकृतिक जलासय मत्स्य प्रबद्धन एवं संरक्षण केन्द्र हेटौँडाले आर्थिक बर्ष २०७५/७६को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । 

कार्यक्रममा केन्द्रका प्रमुख सानुकाजी पछाईले आर्थिक बर्ष २०७४/७५मा केन्द्रले  गरेको प्रगती र देखिएका समस्याहरु सुनाउनुभएको थियो । केन्द्रले आर्थिक बर्ष २०७४/७५ मा ह्यचलिङ्ग ६ करोड उत्पादन लक्ष्य राखेकोमा लक्ष भन्दा बढि उत्पादन गरेको छ। त्यस्तै ३० लाख फ्राइमाछा उत्पादन लक्षराखिएकोमा सोहि बरावर प्रगती भएको जनाइएको छ। 

यस्तै केन्द्रले यस आर्थिक बर्षमा ७ मेटिक टन खानेमाछा उत्पादन गरेको केन्द्र प्रमुख पछाईले बताउनुभयो ।  केन्द्रमा उत्पादन हुने माछाको लागि जाडो याममा आउने साईवेरियन हांसवाट हुने क्षतिमुख्य समस्याको रुपमा रहेको छ । पछिल्लो समय त्यसको नियन्त्रणको लागि पनि काम भइरहेको केन्द्रले जनाएको छ । अघिल्ला बर्षहरुमा बार्षिक ८ लाख बराबर साईवेरियन हांसवाटै नोक्सान हुने गरेको थियो । 

त्यस्तै वारवन्देजको अभावमा उत्पादित वस्तु चोरि हुने गरेको छ भने  भुकम्पवाट पोखरीमा क्षती पुगेकोले पानी नअडने समस्या उत्पन्न भएको पनि प्रमुख पछाईले बताउनुभयो । त्यस्तै  केन्द्रको पानिको श्रोतको रुपमा रहेको घट्टे खोलाको पानि अत्याधिक अतिक्रमण तथा जलवायु परीवर्तनको कारण न्युन रहेकोले माछा पोखरी संकटमा पर्ने खतरा रहेको बताउनुभयो । चोरी रोक्न पाले पहरालाइ थप चुस्त दुरुस्त बनाइ केन्द्रको माथिल्लो भागमा बार बन्देज कार्य सम्पन्न गरिएकोले अव यस्ता समस्या हट्दै जाने उहाँको अपेक्षा रहेको छ । 

त्यस्ते पोखरीको लागि अवस्यक पानिको श्रोत थप्नको लागी निरन्तर प्रयास भइरहेको पनि उहाँले बताउनुभयो । यस केन्द्रको स्थापना २०२४ सालमा भएको हो। स्थित हेटौडा  ५ पिप्लेमा अवस्थित यो केन्द्र ४७.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। केन्द्रको स्थापना २०२४ सालमा भएको थियो  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!