ज्वालामूखी गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

Posted on: 10 Sep, 2018

आर्थिक बर्ष २०७५/०७६ को लागि ज्वालामूखी गाउँपालिका, धादिङले तय गरेको बार्षिक नीति तथा कार्यक्रम | स्रोत: ज्वालामुखी गाउपालिका 

यस ज्वालामूखी गाउँपालिकाको दोस्रो गाउँसभामा उपस्थित अतिथि ज्यूहरु, ज्वालामूखी गाउँसभाका सदस्य ज्यूहरु, साथै हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस सभामा पाल्नु हुनेसबै पेशा, वर्ग, सेवा र समुहमा आवद्ध सम्पूर्ण अतिथि महानुभावहरुमा सर्वप्रथम त म ज्वालामुखि गाउँपालिकाको जन निर्वाचित प्रमुख र गाउँपालिका परिवारको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु ।

प्रदेश नं ३ धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको यस गाउँपालिकाकोपूर्ब तर्फ निलकण्ठ नगरपालिका, पश्चिम तर्फ गोरखा जिल्लाको गण्डकी गाउँपालिका, उत्तर तर्फ निलकण्न न्ग नरपालिका र त्रिपुरा सुन्दरी गाउँपालिका तथा दक्षिण तर्फ सिद्धलेक गाउँपालिका अबस्थित छ । यस ज्वालामूखि गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगण्ना अनुासार २३९६६ रहेको छ भनेयस गाउँपालिकाको क्षेत्रफल ११४.५ वर्ग कि.मि. रहेको छ । भौगोलिक हिसाबले सदरमुकाम देखि निकट रहेको यस गाउँपालिका क्षेत्र भित्रको कुनै पनि भु–भाग विकट अबस्थामा रहेको देखिदैन । यस गाउँपालिकाको सामिप्यमा रहेका नेत्रावति र बुढिगण्डकीको अविरल बहावका कारण बुढिगण्डकीको सौदर्यता, चरन क्षेत्र र टारहरुको मनमोहक दृश्य तथा संस्कृतिका रुपमा रहेका जलमूखीमाइ, ढोला मण्डली, मैदी कोट, खरि कोट र चैनपुर कोट जस्ता धार्मिक, पुरातात्विक एबं पर्यटकिय प्रचुर सम्भावना बोकेको यस ज्वालामूखी गाउँपालिकाको वारेमा जानकारी गराउन पाउदा गौरवान्वित भएको छु ।

स्थानीय निकायमा लामो समय देखि निर्वाचित जनप्रतिनिधिहरु नरहेको अवस्थामा गत वर्ष मात्र सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनताको अभिमत सहित हामी निर्वाचित भएर यस गाउँपालिकाको विकासमा योगदान गरि गाउँपालिका लाई सम्बृद्धि तर्फ लैजानका लागि अठोट एवं उद्देश्यका साथ आएका थियौं र गत वर्ष मात्रै घोषणा भएको यस ज्वालामूखि गाउँपालिकाको विविध समस्या, चुनौति र अवसरहरु समेत छन्भन्ने यथार्थलाइ भने नकार्न सकिदैन । यसका अलवा पनि यस गाउँपालिका क्षेत्रको सम्बृद्धि र विकास कसरी गर्न सकिन्छ भन्ने तर्फ हामी निर्वाचित पदाधिकारीहरु निकै सचेत रहि गाउँपालिकालाई विकास तर्फ डोर्यायाउन उद्धत छौं भन्ने ब्यहोरा निबेदन गर्न चाहन्छु । झण्डै एक वर्षको अवधिमा सम्पन्न भएको तिनैतहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु मध्ये हामी यस गाउँपालिकाका जनप्रतिनिधिहरु यस सभामा जनताको आकाँक्षा, चाहना र भावनालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ यस गाउँसभामा आ.व. ०७५/०७६ को बार्षिक नीति तथा कार्यक्रम र वजेट समेत यस सम्मानित सभा मार्फत समग्र ज्वालामूखि गाउँपालिकाका नागरिकहरु समक्ष राख्न पाउँदा म आफु र यस सभालाई गौरवान्वीत ठानेको छु । यस अवसरमा हाम्रो कार्यलाई सहयोग गर्नुहुनेनिर्वाचित पदाधिकारीहरु, गाउँपालिकाका कर्मचारीहरु, राजनैतिक दल, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु, नागरिक समाजका अभियन्ताहरु, शिक्षक, पत्रकार, समाजसेवीहरु लगायत सम्बन्धित सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु ।  धादिङ जिल्लाको मध्ये भागमा अवस्थीत यस गाउँपालिका विविध सम्भावना बोकेको गाउँपालिका हो, जहाँ बुँढीगण्डकी जस्तो नेपालकोराष्ट्रिय गौरवको बिशिष्ट एवं चर्चित जलासययुक्त  जलविद्युत आयोजनाको सबै भन्दा बढी प्रभावित क्षेत्र पर्दछ भने जहाँबाट उक्त जलासय र उत्तर तर्फको मनोरम गणेश हिमाल लगायत अन्य विभिन्न हिमश्रृखला अवलोकन गर्ने साथै दक्षिण महाभारतलेकको हरियाली पूर्ब दृश्य अवलोकनको पर्याप्त उपयुक्त स्थान रहेको छ । जसको माध्यमबाट यस गाउँपालिकामा पर्यटन, आर्थिक, सामाजिक, तथा पूर्बाधार विकास गर्न सकिनेप्रवल सम्भावनाहरु रहेका छन् । बेंशी देखि पहाड सम्मको सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस गाउँपालिका क्षेत्रमा कृषि र पर्यटनलाई नमुनाको रुपमा विकास गरी समग्र गाउँको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनिय योगदान हुने सम्भावना देखेको छु, जसको लागि गाउँपालिका स्तरीय आबधिक विकास योजना बनाई दिगो विकास एबं सहश्राब्दि लक्ष्य संग Tie Up हुने गरि आगामि दिनमा विकास निर्माणका कार्यक्रमलाइ अगाडि बढाइने ब्यहोरा यस सम्मानित सभा समक्ष ब्यक्त गर्न चाहन्छु । यसका साथै आगामि दिनहरुमा समग्र गाउँपालिकाको एकिकृत योजना तयार गरी स्पष्ट लक्ष्य र उद्देश्यका साथ परिणाममूखि भइ अगाडि बढन आफू प्रतिवद्ध रहेको व्यहोरा यस सम्मानित सभामार्फत समग्र ज्वालामूखि गाउँपालिकाबासीमा प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

सभाध्यक्ष महोदय,

 हामी सबै जानकार नै छौं । हाम्रा चाहना र आवश्यकताहरु असिमित छन, तर स्रोत र साधन सिमित छ । सिमित स्रोत र साधनको न्यायिक वितरण तथा अत्याधिक प्रयोग बाट समग्र गाउँपालिका क्षेत्रको आम नागरिकको विकास तथा परिबर्तनको चाहना लाई सम्बोधन गर्न अधिकतम प्रयास गरिने छ । तसर्थ सिमित स्रोत र साधनलाई विनियोजन गर्दा प्राथमिकताका आधारमा योजना छनौट गरि समूदायको अधिकतम जनसहभागिता, सहकार्य तथा सामूहिक स्वार्थ र साझेदारीमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने अहिलेको तडकारो आवश्यकता र यथार्थ हो । यसलाइ कार्यान्वयन गर्नका निम्ति सम्पूर्ण राजनैतिक दल, कर्मचारी, विभिन्न सकारी तथा गैर सरकारी संघ सस्था, विकास प्रेमी ब्यक्तित्वहरु तथा निर्वाचित गाउँपालिकाका पदाधिकारी ज्यूहरुसंग सहयोग र सहकार्यको पूर्ण अपेक्षा लिनुको साथै विश्वस्त पनि छु ।

सभाध्यक्ष महोदय,

अव म यस गाउँपालिकाकोआर्थिक बर्ष ०७५/७६ को प्रस्ताविब उद्देश्य, नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा अपानाइएको विधि ,आधार र मार्गदर्शनका बारेमा जानकारी गाराउन चाहन्छु ।

 नेपालको संविधान २०७२ ।

 बजेट तथा योजना तर्जुृमा सम्बन्धि (संसोधित) दिग्दर्शन २०७४,

 गाउँपालिकाकोकार्यभिभाजन नियमावली २०७४,

 गाउँपालिकाबाट पारित कार्यसम्पादन नियमावली २०७४,

 स्थानिय निकाय श्रोत परिचालन तथा ब्यबस्थापन कार्यविधि २०६९

 स्थानिय सरकार संचालन ऐन २०७४

 अर्थ मन्त्रालयको बजेट सिलिङ

 संघीय सरकारवाट प्राप्त वजेट सिलिङ

 राजस्व परामर्श समितिलेतयार गरेको वार्षिक आन्तरिक आम्दानीको प्रक्षेपण

 श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बार्षिक आन्तरीक आयको अनुमान

 प्रदेश सरकारवाट प्राप्त वजेट सिलिङ

 गाउँपालिका क्षेत्र भित्रका विषय विज्ञको राय सल्लाहा एवं सुझाव

 बजेट तथा कार्यक्रम तर्जूमा समितिकोसिफारिश ।

 विभिन्न बिषयगत समितिकोसुझाब एवं सिफारिश ।

सभाध्यक्ष महोदय,

अव म यस गाउँपालिकाले आगामी आ.व. ०७५।७६ को लागि आयोजना छनौट गर्दा आ.व. ०७४।७५ का लागि छनौट भएका प्राथमिकताका योजनालाई निरन्तरता दिदैअबलम्बन गरिने नितिका बारेमा जानकारी गराउन चाहान्छु ।

निम्न

 अधुरा र क्रमागत योजनाहरुलाई पुरा गर्ने वजेट तथा कार्यक्रमहरु ।

 आर्थिक विकासका हिसाबलेकृषि सडक, पर्यटन सडक र खानेपानी जस्ता आयोजनाहरु

 पिछडिएका क्षेत्र, वर्ग र समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने र नयाँ रोजगारीकोश्रृजना हुन सक्ने योजना तथा कार्यक्रमहरु ।

 स्वास्थ्य र शिक्षाको उपलब्धता तथा गुणस्तरियतामा अभिबृद्धि हुने कार्यक्रमहरु ।

 महिला तथा बालबालिकालाई प्रत्यक्ष फाइदा पुग्नेकार्यक्रमहरु

 वातावरण संरक्षण तथा विपत जोखिम न्यूनीकरण गर्ने कार्यक्रमहरु ।

 विपदबाट कम क्षति पुग्ने र विपदको समयमा उद्दार गर्न सघाउ पुग्ने योजना तथा कार्यक्रमहरु ।

 खानेपानी तथा सरसफाईका विभिन्न खाले कार्यक्रमहरु ।

 दलित, पिछडा वर्ग, जनजाति, सिमान्तकृत समुदायको रोजगारी तथा प्रतिनिधित्वलाई टेवा पु्याउने योजना तथा कार्यक्रमहरु ।

 विकासको नाममा बजेट छरिने र भागवण्डा भन्दा प्राथमिकताको माध्यमबाट शिघ्र नतिजा हासिल गरि जनतालाई प्रत्यक्ष लाभ हुने योजना तथा कार्यक्रमहरु ।

गाउँपालिकाको दिगो विकासको लागि “शिक्षा, स्वास्थ्य, कृषि , पर्यटन र पूर्वाधार – समृद्ध ज्वालामूखीको मूल आधार” भन्ने दिर्धकालिन सोचका साथ गाउँपालिकाको दिर्धकालिन रणनिति तयार गरि सोहि अनुसार अल्पकालिन मध्यकालिन र दिर्धकालिन योजना सहित अघि बढ्नु पर्ने समय आइसकेको यथार्थ लाइ पनि यस अबसरमा निवेदन गर्न चाहन्छु ।

सभाध्यक्ष महोदय,

अब म ज्वालामूखि गाउँपालिकाको दिर्धकालिन लक्ष्यका साथ अबलम्बन गर्ने निति तथा उदेश्यहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

क. दिर्घकालिन नितिः

 एकिकृत र दिर्घकालिन विकासका लागि गाउँपालिका स्तरिय आवधिक योजना तयार गरि कार्यान्वयन गर्ने ।

 गाउँपालिकाको उचित भु उपयोग र आवास निति तयार गरि समुन्नत गाउँपालिकाको रुपमा विकास गर्ने ।

 गाउँपालिका क्षेत्रका समग्र विकासका लागि बृहत एकिकृत गाउँपालिका स्तरिय गुरु योजना तयार गर्ने ।

 गाउँपालिका स्तरीय चक्रपथको अवधारणाको विकास एवं विस्तार गर्ने ।

 गाउँपालिका क्षेत्र भित्रका सम्भावित करका क्षेत्रहरु पहिचान गरी करका दायरा विस्तार गर्ने ।

 गाउँपालिका भित्र पर्यटन विकास, विस्तार र सम्बद्र्धन का लागि गाउँपालकिा स्तरीय पर्यटन गुरु योजना तयार गर्ने ।

 कृषिलाइ आधुनिक तथा ब्यबसायिकरण गरि रोजगारी मार्फत गरिबि न्यूनिकरणमा टेवा पुयाउने ।

 सार्वजनिक संपत्तिको पहिचान गरि संरक्षण र संबद्र्धन गर्ने ।

 सूचना प्रबिधिको विकास र विस्तार गरि सार्बजनिक सेवा प्रबाह लाइ छिटो, छरितो , चुस्त , दुरुस्त र पारदर्शि बनाउने ।

 शिक्षा, स्वास्थ्य, भाषा , संस्कृति, साहित्य र खेलकुदको संरक्षण एवं विकास गर्ने ।

 सार्बजनिक निजि साझेदारी निति अबलम्बन तथा कार्यान्वयनमा जोड दिइ क्षेत्रगत उपलब्धि हासिल गर्ने ।

 खानेपानी, सरसफाइ र वातावरण संरक्षणमा अगुवा एबं नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने ।

 सबै वडा केन्द्र सम्म पुग्ने गरी सडकहरु ग्राभेल हुँदैकालो पत्रे गर्ने ।

 गाउँपालिकाको उपयुक्त स्थानमा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने ।

ख. उदेश्य:

 विकासका पूर्वाधारहरुको पहुच र विस्तार बस्ति स्तर सम्म हुने गरि विकासका अबसरहरुलाइ अधिकतम उपयोग गर्ने अबस्थाको सुनिश्चितता गर्ने ।

 समाबेसी र समन्वायिक विकासको अबधारणा मार्फत विभिन्न क्षेत्र सम्प्रदाय वर्ग र लिङ्गको कोषमा स्रोत साधनमा पहुच अभिबृद्धि गर्ने ।

 उत्पादनमुलक क्षेत्रमा व्यावसायिकता र उद्यमशिसलताको विकास एवं सामाजिक परिचानमार्फत गरिवि न्यूनिकरण गर्ने ।

 विकासको दृष्टीले पाछाडी परेका वडा एवं बस्तीमा प्राथमिकताका साथ विकास कार्यक्रमलाइ पुर्याइ जनाताको सामाजिक तथा आर्थिक विकासमा रुपान्तरण ल्याउने।

 सुरक्षित एबं शुद्ध खानेपानी , सरसफाइ र स्वास्थ्य सम्बन्धि चेतनाको स्तर बृद्धि गरि दिर्घकालिन लक्ष्य प्राप्तिमा टेवा पुर्याउने ।

 कृषि एवं पर्यटन लाई ब्यबसायीकरण गरि आयआर्जनमा अभिवृद्धि गर्दै जनताको जिवनस्तर उकास्ने ।

 वातावरण मैत्रि स्थानिय शासनका सुचकहररुलाई कडाईका साथ अबलम्बन एबं कार्यान्वयन गरि वातावरण बचाउका अभियान लाइ सार्थक पार्ने गरि निति बनाइने ।

 बालमैत्रि स्थानीय शासनको प्रारुप र सुचकहरुलाइ अनिवार्य रुपमा कार्यन्वयन गरि बालवालिकाको अधिकारलाइ सुनिश्चित गर्नको निम्त योजना छनौट प्रकिृया लगायत अन्य क्षेत्रमा बालवालिकाको अर्थपूर्ण सहभागिता गराइ गाउँपालिका क्षेत्रलाइ बालमैत्रि गाउँपालिका घोषणा गर्ने तर्फ सम्पूर्ण सरोकारवालाहरुसँग सहकार्य गरि वालवालिकाको क्षेत्रमा उच्चतम उपलव्धी हासिल गरिनेछ ।

 आयोजना तथा विकास कार्यक्रम संञ्चालन गर्दा सरोकारवालाहरु विच सहकार्य र समन्वय गर्दै पार्दशिता, उत्तरदायित्व र जनसहभागिता बढाइ सुशासनको प्रत्याभुति ग्यारेन्टी गरिनेछ ।

 राष्ट्यि सरसफाई रणनिति २०६८ का सुचकहरु अबलम्बन गरि गाउँपालिकिा क्षेत्रलाइ पूर्ण सरसफाईयूक्त क्षेत्र घोषणाका लागि आवश्यक निति तथा कार्यक्रम तय गरिने छ ।

 कृषि तथा व्यपारलाई सहयोग पुग्ने गरी ज्वालमुखी चक्रपथ र पर्यटन मार्गको निर्माण गर्ने ।

 जैविक कृषि उत्पादन क्षेत्र घोषणा गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकिय क्षेत्रको नमुना गन्तव्य बनाउने ।

 जैविक विविधताको पहिचान संरक्षण एवं सम्बर्धन गर्ने ।

 भुकम्पवाट क्षतिग्रस्त व्यक्तिगत संरचनाहरुलाई निर्माण वर्षको रुपमा लिई प्रथम र दोस्रो किस्ता वुझिसकेका लाभग्राहीको नीजि आवास निर्माण कार्यलाई तिव्रता दिइनेछ ।

 भुकम्पवाट क्षति भई लाभग्राहीमा छुट भएको सम्वन्धमा गुनासोलाई उचित सम्वोधन गर्न आवश्यक पहल गर्ने ।

 प्रस्तावित वुढिगण्डकी जलविद्युत परियोजनावाट विस्थापित घरधुरी र समुदायलाई उचित स्थानमा एकीकृत वस्तीको व्यवस्था मिलाउन पहल गरिने छ । साथै पुर्नस्थापना र पुर्नवास र पुर्नलाभको लागि सम्वन्धित सरोकारवाला पक्षसँग आवश्यक पहल गर्ने ।

सभाध्यक्ष महोदय,

अब म ज्वालामूखी गाउँपालिकाले अबलम्बन गरेका कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।

क. आर्थिक विकास:

 गाउँपालिकाको सिमित स्रोत र साधनबाट प्रत्यक्ष रुपमा आर्थिक विकासमा योगदान पुग्ने वृहत कार्यक्रम नभएतापनि अप्रत्यक्ष रुपमा साना तिना कार्यक्रमहरु भने सञ्चालन गरि केहि हद सम्म भए पनि आर्थिक विकासमा योगदान पुगेको महसुस गरिएको ब्यहोरा अबगत गराउन चाहन्छु ।

ख. सामाजिक विकासः

 शिक्षा, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, दलित, जनजाति, पिछडा वर्ग, सिमान्तकृत समूदाय अपांङ्गता भएका नागरिक तथा जेष्ठ नागरिकको उत्थान र विकासमा गाउँपालिका मार्फत सञ्चालन हुँदै आएको कार्यक्रम तथा योजनालाई अझ परिष्कृत गर्नुपर्ने आवश्यकता देखिएको छ ।

 गाउँपालिकाले नियमित रुपमा वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थित चुस्त, दुरुस्त र पारदर्शी तवरले वितरण गर्ने र लक्षित वर्गको लागि विनियोजित कार्यक्रम सोही अनुसार सञ्चालन भैरहेको छ । 

 यसबाट लक्षित वर्गले प्राप्त गर्ने हक अधिकार र सामाजिक सुरक्षा भत्ता सहज रुपमा प्राप्त गरेको महशुस गरेको छु।

 जेष्ठ नागरिक परिचय पत्र तयार एवं वितरण गरि बृद्ध बृद्धाको सम्मान व्यावहार गरी जेष्ठ नागरिक मैत्री गाउँपालिकाको रुपमा चित्रण गर्न आवश्यक पहल गरिने छ ।

ग. पूर्वाधार विकास:

 ज्वालामुखि गाउँपालिका क्षेत्र भित्र विगतमा निर्माण भएका धुले सडकलाई क्रमिक रुपमा स्तरोन्नती गरी बाह्रै महिना सवारी साधन चल्न सक्ने बनाउने सोंच हुँदा हुँदै पनि सिमित ज्वालामूखी गाउँपालिकाको आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक नीति तथा कार्यक्रम ज्वालामूखी गाउँपालिकाको आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक नीति तथा कार्यक्रम स्रोत र साधनका कारण हाल सम्म पनि बर्षा शुरु भएपश्चात आवतजावत हुनसक्ने गरी सडकको स्तरोउन्नती गर्न सकिएको छैन्।

 जसअनुसार अधिकांश सडकहरुमा विनियोजित वजेट अनुसारको कार्य सम्पन्न भएतापनि सामान्य मर्मतमा नै सिमित रहेको छ ।

 त्यस्तै गरी अन्य भौतिक पूर्वाधार निर्माणको कार्य भने विनियोजित स्रोत अनुसार केही सम्पन्न भई केही सम्पन्न हुने क्रमममा छन्।

 योजना छनौट गर्दा च्भकगति द्यबकभम, एबिललष्लन एचयअभकक कोमर्म र भावना समेटिने गरि छनौट गरिने छ ।

 योजना छनौट गर्दा आवश्यकता, यथार्थता, वास्तविकता र उपलव्धि समेत लाई मध्येनजर गरि छनौट गर्नुपर्ने छ ।

 योजना छनौट गर्दा प्राथमिकताको आधारमा छनौट गरि कार्यान्वयन गरिने छ ।

 गाउँपालिका भित्र रहेका नदी तथा खोला खोल्सीमा आवश्यकता अनुसार पुल तथा झोलुङ्गे पुल निर्माण गरीनेछ ।

 गाउँपालिका भवन, वडा कार्यालयको भवन, विषयगत भवनहरु निर्माण लाई प्राथमीकताका आधारमा निर्माण प्रकृया अगाडी बढाईनेछ ।

 संभावित क्षेत्रहरुमा सिंचाई सुविधा उपलव्ध गराईनेछ ।

 वजार विस्तार तथा सडक विस्तारलाई प्राथमीकता दिईनेछ ।

 उर्जा क्षेत्रमा राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी आयोजना लाई सधै लाई दवाव दिनुको साथै अन्य विकल्प खोज गरिनेछ ।

घ. वातावरण तथा विपद व्यवस्थापन:

 चालु आ.व.का लागि वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा खासै उल्लेख्य वजेट विनियोजन भएको थिएन ।

 आगामी आ.व. ०७५।७६ का लागि भने यसमा थप कार्य गर्नुपर्ने आवश्यकता महशुस गरिएको हुँदा वजेट विनियोजन गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

 त्यस्तै भुकम्पबाट भत्केका नीजी तथा सरकारी भवनको निर्माणमा आशातित प्रगति नभएतापनि आगामी आ.व. ०७५।७६ बाट यस तर्फ विशेष कार्ययोजनाका साथ अगाडि बढ्नु पर्ने हुन्छ ।

 गाउँपालिका क्षेत्र भित्र हुन सक्ने वन अतिक्रमण कार्यलाई कडाईका साथ रोकथाम एवं नियन्त्रण गरिने छ ।

ङ. संस्थागत विकास तथा सेवा प्रवाह:

 संविधान बमोजिम गाउँपालिका गठन भै कार्य संचालनमा आईसकेको अवस्थामा संस्थागत विकास गर्न गाउँपालिकाको लागि निशुल्क जग्गा प्राप्ती गर्ने कार्य अगाडी वढीरहेको भएतापनि कार्यालयकोआफ्नोसुविधा सम्पन्न भवन, संघीय सरकारले सृजना गरेको दरवन्दी अनुसार आवश्यक कर्मचारी, प्रविधि तथा उपकरणको अभाव भने खडकिरहेको छ तथापी यसको व्यवस्थापन भने छिटै हुने क्रममा रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।

 खास गरी कार्यलयको आफ्नो भवन नहुँदा कार्यालयवाट प्रवाह गरिने दैनिक सेवा प्रदान गर्न कठिनाई भएको महसुस गरिएको छ ।

 चालु आ.व.मा प्राप्त अनुदानबाट भवन निर्माण गर्न शुरु गर्नुपर्ने आवश्यकताको महसुस गरि वजेट विनियोजन गरिएकोमा गाउँपालिकाको लागि निशुल्क जग्गा प्राप्तीमा प्रकृयागत ढङ्गले केहि विलम्व भएको हुँदा चालु आ.व. मा विनियोजित वजेटवाट भवन निर्माण कार्यको थालनी भने हुन नसकेको व्यहोरा निवेदन गर्न चाहन्छु ।

 त्यस्तै गरी केन्द्र सरकारबाट कर्मचारी नियुक्ति वा समायोजन गर्ने स्पष्ट नीति निर्माणाधिन अवस्थामा रहेको हुँदा छिटैकर्मचारी उपलव्ध भै सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरिय सेवा दिन सक्ने अवस्था रहने व्यहोरा समेत जानकारी गराउन चाहन्छु।

 यस तर्फ आगामि आ.व.बाट थप नयाँ सोच र प्रणाली स्थापना गरी कार्य गर्ने योजना तथा कार्यक्रम ल्याइनेछ । साथै कर्मचारी व्यवस्थापनको लागि सम्वन्धित निकायसँग आवश्यक पहल गरिनेछ ।

च. वित्तिय व्यवस्थापन र शुसासन:

 नयां स्थानीय तह भएकाले संस्थागत विकास भइनसकेको हुँदा वित्तिय व्यवस्थापनमा नेपाल सरकारको नीति पालना गर्ने कार्य बाहेक उल्लेखनिय रुपमा नया नीति तथा प्रविधि अपनाई वित्तिय व्यवस्थापन र शुसासन कायम गर्ने योजना तथा कार्यक्रम सञ्चालन गरीएको छैन् तथापी गाउँपालिकाले सबै प्रकारका वित्तिय अनुशासन कायम हुने कार्य, समयमा नै वित्तिय प्रतिवेदन पेश गर्ने कार्य भने गर्दै आएको छ ।

 विगत देखि नै रहि रहेको पेश्की बेरुज घटाउने तर्फ गाउँपालिका आगामी दिनमा थप क्रियाशिल भई बेरुजु फछ्र्याैट एवं नियमित गर्ने तर्फ सरोकारवाला सबैको सहयोग हुने आशा लिएको छु।

सभाध्यक्ष महोदय,

अव म यस ज्वालामुखि गाउँपालिकाको आगामी आ.व. २०७५/२०७६ को नीति, वजेट तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । नीति, वजेट तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्ब यस गाउँपालिकाको दिर्घकालिन सोंच (Vision), लक्ष (Goal), उद्देश्य (Objective) को बारेमा छोटो प्रस्तुत गर्दछु ।

ज्वालामुखि गाउँपालिकाको 

दिर्घकालिन सोंच (-Vision): “शिक्षा, स्वास्थ्य, कृषि , पर्यटन र पूर्वाधार – समृद्ध ज्वालामूखीको मूल आधार” रहेको छ ।

लक्ष (Goal): जैविक कृषि उत्पादन, पर्यटन र व्यपारबाट नागरिकको आयस्तरमा उल्लेखनिय रुपमा बृद्धि गर्दै पाँच बर्ष भित्रमा मध्यम आय भएका देशका नागरिक सरह बनाउने ।

उदेश्य (Objective): गाउँपालिकाको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन निति तयार गरि सोही अनुसार योजना सहित अघि बढ्ने ।

सभाध्यक्ष महोदय,

अब म यस ज्वालामूखी गाउँपालिकाले आ.ब.२०७५/७६ मा अबलम्बन गर्ने नितिहरु प्रस्तुत गर्न चाहन्छु ।

क) पूर्वाधार विकास

 पाल्पा भञ्ज्याङ– हुलाक भञ्ज्याङ–, ढोला मैदी सडक ससाह, अमराई – मैदी, रातमाटे सडक, हुलाक भञ्ज्याङ–चैनपुर–बाङ्गेरह, बुङकोटघाट सडक,साधभञ्ज्याङ– खरि– बुङकोटघाट सडक समेटेर सहज आगमनका लागि बार्है महिना सवारी साधन चल्ने (All weather Rural Roads) बनाउनुका साथै कालो पत्रे गर्ने तर्फ समेत सरोकारवाला निकायसँग समन्वय गरि अगाडी वढीने छ ।

 गत आ.व. देखि सञ्चालन हुँदै आएका योजनाहरुलाई प्राथमिकता दिई समयमा सम्पन्न गर्ने गरी वजेटको विनियोजन गरिनेछ । सडकको मापदण्ड अनुसार सडक निर्माण गर्न पहल गर्ने, सडक स्तरोन्नती गर्ने जस्ता कार्यहरु गरिनेछ ।

 सडकहरुको नियमित मर्मत सम्भार गरी यातायात सुचारु गर्न मर्मत सम्भार कोषको व्यवस्था गरिनेछ । सोकोलागि केही रकम विनियोजन गरिएकोछ ।

 भुकम्पकिय दृष्टिकोणबाट जोखिम देखिएका संरचनाहरुको व्यवस्थापन गरिनेछ । यसको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वय र सहकार्य गरिनेछ । सडकको दाँयावायाँ बृक्षारोपण गर्ने कार्यलाई अगाडि बढाइनेछ । एक घर पाँच रुखको अवधारणा ल्याई बृक्षारोपण गर्ने अवधारणालाई अगाडि बढाइने छ । 

 बुढीगण्डकी चक्रपथ तथा कोरीडोरको निर्माण गरी पर्यटकीय सडक निर्माण कार्यलाई अगाडि बढाइने छ । यसबाट यस गाउँपालिकाको आर्थिक विकासमा उल्लेखनिय फड्को मार्न सकिने छ । साथै बुढिगण्डकी जलासययूक्त परियोजनावाट विस्थापीत हुने समुदाय र वर्गलाई पूर्नवास, एकिकृत वस्ती विकास तथा पूर्नलाभको कार्यक्रमका लागि सम्वन्धीत सरोकारवालाहरु सँग आवश्यक समन्वय गरि कार्यक्रम अगाडी वढाईनेछ ।

 गाउँपालिकामा एक सभा हल र बहुउद्देश्यीय कभर्ड हल निर्माणको लागि आवश्यक अध्ययन तथा अनुसन्धान गरिनेछ् ।

 विद्युतिय शासन प्रणाली मार्फत सूचनालाई प्रबद्र्धन गर्ने नीति अनुरुप वेभसाइटको अद्यावधिक गर्ने, सूचनाहरु समय समयमा प्रकाशन गर्ने तथा सार्वजनिक स्थलहरुमा फ्री वाइफाइको व्यवस्था गरिनेछ ।

 सुरक्षित पर्यटकिय गाउँको अवधारणाको विकास गर्दै होमस्टे, भ्यूटावर र पिकनिक स्पोर्टलाई प्रभावकारी रुपमा सञ्चालन गर्न अध्ययन, अनुसन्धान र विविध तालिम कार्यक्रम सञ्चालन गर्दै पूर्ण सुरक्षित गाउँको रुपमा विकास गरिनेछ ।

 ज्वालामूखीको पहिचान झल्कने गरी सडकका आधारभूत पूर्वाधारसहित व्यवस्थित पक्की नालासहित सडक कालोपत्रे गरी नमूना सडकको रुपमा विकास गरिनेछ ।

 ज्वालामूखी गाउँपालिकाभित्रका सम्पूर्ण सडकहरुको न्यूनतम मापदण्ड (Road Norms) सडकको क्षेत्राधिकार (Right of way) तयार गरि कडाइका साथ कार्यान्वयन गरिनेछ ।

 गाउँपालिका क्षेत्र भित्रका सडकहरु व्यवस्थित गर्न गाउँ यातायात गुरुयोजना (Rural Transport Master Plan-RTMP) तयार गरी कार्यान्वयन गरिनेछ । गाउँपालिकाले निर्माण गर्ने सडकहरुको वर्गीकरण गरी कालोपत्रे सडक, ग्राभेल र कच्ची सडकहरुको नामाकरण गरी उक्त सडकहरुमा पर्ने जग्गाको लगत कट्टा गर्न मालपोत तथा नापी कार्यालयसंग आबश्यक समन्वय र सहकार्य गरिनेछ ।

 उचित स्थानमा निःशुल्क जग्गाको ब्यबस्था गरि गाउँपालिकाको सुविधा सम्पन्न भवन निर्माण कार्य अगाडि बढाइनेछ ।

 सडक योजनाहरु सर्वे डिजाइन तथा लगत इष्टिमेट पछि मात्र सञ्चालन गरिने नीति लागू गरिनेछ ।

 गाउपालिका क्षेत्र भित्र आबश्यक र उचित स्थानमा पर्यटकिय हिसाबले महत्व राख्ने भ्यू टावर निर्माण गर्न पहल गरिनेछ ।

 विकास योजनाहरुमा जनसहभागिता वापत स्थानीय उपभोक्तावाट १० प्रतिशत नगदै लागत सहभागीता अनिवार्य ब्यहोर्नु पर्ने नीति अवलम्बन गरिनेछ ।

 भौतिक पूर्वाधार निर्माणतर्फ कम्तिमा २ लाख भन्दा माथिका योजना बनाउने नीतिको शुरुवात गरिनेछ ।

 उपभोक्ता समितिका कुनै पनि पदाधिकारी एउटा योजना सम्पन्न भई फरफारक नभए सम्म अर्को योजनाको उपभोक्ता समितिको कुनै पनि पदमा बसेर काम गर्न नपाउने नितिलाई कडाइका साथ लागु गरिनेछ ।

 पूर्बाधार (सडक, खानेपानी, बिद्युत, सिँचाई) तर्फका नयाँ योजना कार्यक्रमलाई बार्षिक बिकास कार्यक्रममा समावेश गर्दा निश्चित प्रथमिकता निर्धारण गरी उपलब्ध श्रोतबाट सम्पन्न हुनेगरी अधुरा योजनालाई सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने नीति अवलम्बन गरिनेछ ।

 बाटोघाटो, सिँचाई कूलो लागायतका भौतिक पूर्बाधारका योजना बनाउँदा भू–क्षय नहुने, पानीका मुहान एवं बन वातावरणमा प्रतिकुल असर नपर्ने गरी योजना संचालन गर्ने नीति अवलम्बन गरिनेछ ।

 पशुबधशाला निर्माण, सिटी हल निर्माण, सडक बत्तीको ब्यवस्थापन, बसपार्क ब्यवस्थापान, वजार क्षेत्रको फोहोर ब्यवस्थापन कार्य अगाडि बढाइनेछ ।

 भू–उपयोग योजना, (land pooling) कार्यक्रम, आवधिक वार्षिक योजना, राष्ट्रिय भवन संहिता, सडक मापदण्ड निर्धारणजस्ता कार्यक्रम तयार गरी लागु गर्न प्राथमिकता दिइनेछ ।

 गाउँपालिका विकास सम्बन्धी विस्तृत अध्ययन अनुसन्धान गरी व्यवस्थित तथा वैज्ञानिक गाउँ विकास (Town Planning) को नीति लिइनेछ । 

 आवधिक गाउँपालिका स्तरिय विकास योजनाको लक्ष्य, उद्धेश्य, रणनीति तथा सूचकहरुसंग तालमेल तथा नेपाल सरकारबाट प्राप्त मार्गदर्शनलाई समेत पालन गरी योजना बनाईने छ ।

 सडक निर्माणको नयाँ ट्रयाक खोल्दा विनियोजित बजेटको कम्तीमा ३ प्रतिशत रकम विनियोजन गरी बाताबरण संरक्षणमा खर्च गर्नु पर्ने छ ।

 गाउँपालिकाको सवै वडा र वस्तीमा विस्तारित विद्युत प्रभाहको कार्यलाई थप व्यवस्थित गर्न सवै काठे पोलको स्थानमा फलामे पोल व्यवस्थापन गरि आवश्यक स्थानमा थप ट्रान्समिटरको व्यवस्था मिलाईनेछ । यसका लागि केही वजेटको व्यवस्थापन भैसकेको छ ।

 सडक निर्माण गर्दा खानेपानी, सिंचाइ तथा अन्य पूर्वाधार योजनाहरुमा क्षति पुर्याएको अवस्थामा सोही योजना संचालन गर्ने निकाय बाटै पुनः निर्माण गर्नु पर्नेछ । सडक निर्माण गर्दा विद्युत पोल तथा तारलाई असर पर्ने भएमा सम्बन्धित कार्यालयसंग समन्वय र सहमति गरेर मात्र ग्रामिण विद्युतीकरण कार्यलाई अगाडी वढाइनेछ ।

 सडक निर्माण गर्न भारिउपकरण जस्तैः डोजर, स्काभेटर, जे.सि.वी. प्रयोग गर्दा जिल्ला वन कार्यालय सँगको समन्वयमा कार्य गर्ने गरी योजना बनाइनेछ ।

 विगत आर्थिक वर्षहरुमा संचालन भएका क्रमागत योजनालाई प्राथमिकता दिइनेछ ।

 खाद्य सुरक्षा अनुकुल योजना निर्माण गरिनेछ ।

 उपभोक्ता तथा ठेक्कापट्टाबाट हुने निर्माण कार्यको अन्तिम रकम भूक्तानी दिँदा तोकिएको आवश्यक कागजातका साथै सार्वजनिक परिक्षण र सम्वन्धित योजनाको अनुगमन समितिको सिफारिश समेतलाई अनिवार्य गरिनेछ ।

 उपभोक्ता समितिले गर्ने आयोजना/योजनाको निर्माण कार्य ठेक्काद्वारा गर्ने गराइने गरेको पाइएमा यस्तो कार्यलाई कडाइका साथ अनुगमन गरी यस प्रकारको कार्यलाई पूर्ण निरुत्साहित गरिने छ र त्यस्तो उपभोक्ता समितिका पदाधिकारीलाई कालो सुचिमा राखी उ.स.को पदाधिकारीलाई कामकाज गराउने छैन ।

 भुकम्प प्रतिरोधात्मक पूर्वाधार निर्माणमा जोड दिईनेछ ।

 स्वीकृत कार्यक्रमहरु आ.व.को माघ मसान्त भित्र संझौता गरि जेष्ठ मसान्त भित्र सार्वजानीक लेखा परिक्षण गराई जाचँपास र फरफारक गर्ने कार्यलाई अनिवार्य गरिने छ ।

 विकास निर्माणका काममा सकेसम्म स्थानीय श्रमप्रधान प्रविधिलाई जोड दिने र कार्यक्रमको सञ्चलान र मर्मत संभारको कार्य समुदायबाट नै गराउनु पर्ने छ ।

 गाउँपालिका क्षेत्र भित्र यस अघि सडकको क्षेत्राधिकारको अबलम्बन तथा साँध सिमाना लगायत कुनै पनि विषयमा विवाद एवं किचलो नभइ निर्माण सम्पन्न भइसकेका घर भवनको नियमानुसार शुल्क लिई नक्सा प्रमाणित गरिनेछ र यस पछि निर्माण हुने घर, भवनको लागि स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम नियमानुसारको प्रक्रिया पूरा गरि घर, भवन निर्माण पूर्ब नैअनिबार्य रुपमा नक्सा पास गर्नु पर्ने कार्यलाइ कडाइका साथ लागूगरिनेछ ।

 गाउँपालिका क्षेत्र भित्र निर्माण हुने भौतिक पूवाधार तर्फ प्रयोग हुने भारी उपकरण (डोजर, जे.सि.वी., रोलर, एक्जाभेटर) अनिवार्य रुपमा गाउँपालकिामा नियमानुसार सूचिकृत भएकोलाई मात्र प्रयोग गर्न दिइने तोकीएको समय भन्दा पछि सूचिकृतलाई काम गर्न तोकिएको दस्तुरको दोब्बर शुल्क लिईने छ । 

 रु. एकलाख भन्दा माथिका योजनाका लागि योजना स्थलमा अनिवार्य रुपमा योजना सूचना पाटी राख्नु पर्ने व्यवस्था गरिनेछ । 

 गाउँपालिका क्षेत्र भित्र निर्माण हुने भौतिक पूर्वाधारमा गा.पा.को भारी उपकरण प्रयोग गरि “ज्वालामूखी को पूजी ज्वालामूखी भित्रै” भन्ने नारालाइ कार्यान्वायमा ल्याइने छ ।

 गाउँपालिका क्षेत्र भित्र उपयूक्त स्थानको खोजि गरि बिलम land fild site निर्माणको पूर्वाधार तयार गरि निर्माण कार्य अधि बढाइनेछ ।

 गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक, पर्ति, ऐलानी जग्गाहरुको पहिचान गरी संरक्षण गर्ने कार्यक्रम ल्याइने छ । यस तर्फ सरोकारवाला सबैको सहयोग हुने अपेक्षा लिएको छु ।

 गाउँपालिका क्षेत्र भित्र प्रयोग हुँने भारी उपकरण गाउँपालिकाले तोकेकोसमय र शुल्क तिरि तोकीएको समय अवधि भित्र गाउँपालिकामा सुचिकृत हुनुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गरिने छ ।

 गाउँपालिका क्षेत्र भित्र प्रयोग हुने भारी उपकरणको दर निम्न वमोजिम निर्धारण गरिएको छ । 

निम्न

राजस्व परामर्श प्रतिवेदन अनुसार

१. एक्जाभेटर PC २०० भन्दा माथि वकेट प्रति घण्टा भ्याट विल सहित रु. ५०००।–

२. एक्जाभेटर PC २०० भन्दा माथि ब्रेकर प्रति घण्टा भ्याट विल सहित रु. ६०००।–

३. एक्जाभेटर PC १०० भन्दा माथि १०० देखि २०० सम्म भ्याट विल सहित रु. ३८००।–

४. JCB प्रति घण्टा भ्याट विल सहित रु.२३००। –

 उपरोक्त दररेट अत्याधिक कायम गरिएको हुँदा ईच्छुक भारी उपकरण कम्पनी वा व्यक्ति सँग प्रतिस्प्रधाको माध्ययम वाट सबै भन्दा कम दर रेटमा काम गर्ने कम्पनी वा व्यक्ति मार्फत काम गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गरिने छ । 

 गाउँपालिका क्षेत्र भित्र सम्पन्न गरिने निर्माण सामाग्री डृुवानी लगायत दक्ष अदक्ष ज्यामीको गाउँपालिका स्तरिय दररेट निर्धारण गरेर मात्र कार्यान्वयनमा ल्याईनेछ ।

 गाउँपालिका क्षेत्र भित्र संचालन हुने सम्पूर्ण आयोजनाहरुको अनुगमन मापदण्ड तयार गरि कडाईका साथ अनुगमन गरेर मात्र भूक्तानी दिने परिपाटी लाई लागु गरिने छ ।

 गाउँपालिकाको वजार क्षेत्र भित्रका आवश्यक स्थानमा सोलार(सडक वत्ती) को व्यवस्थाका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । यसको प्रभावकारी कायान्वयन गरिने छ ।

 गाउँपालिकाको वडा नं. १ दुखि ७ सम्म आवश्यक स्थानमा लिफ्ट खानेपानी आयोजना संचालन गर्न सोलार वत्तीको व्यवस्था गरिनेछ ।

ख) सामाजिक विकास 

 गाउँपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा भइसकेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा यस गाउँपालिकालाई पूर्ण सरसफाइ युक्त गाउँपालिका घोषणा गर्ने गरि आवश्यक निति तथा कार्यक्रम तयार गरि कार्यान्वयनमा ल्याईनेछ ।

 गाउँपालिकालाई बालमैत्री गाउँ घोषणा गर्न पुरा गर्नुपर्ने सबै सूचकहरुको बारेमा सम्बद्ध सवै सरोकार निकाय र समुदाय विच सहकार्य गर्दै आवश्यक पूर्बाधार विकास सहित, सामाजिक विकासका गतिविधि गर्न आगामी आर्थिक बर्षबाट तदारुकताका साथ कार्यक्रम तथा योजना सञ्चालन गरी गाउँपालिकालाई वाल मैत्री गाउँपालिका घोषणा गर्ने गरी कार्यक्रम तथा योजनाहरु सञ्चालन गरिनेछ ।

 गाउँपालिकामा एक सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने तर्फ योजना बनाई आ.व. ०७५।७६ बाट शुरु गरिनेछ । हरेक वडामा स्वास्थ्य चौकी सञ्चालन गरिनेछ साथै वडामा स्वास्थ्य सेवको पहुँच नपुगेका स्थानहरुमा सामुदायिक स्वास्थ्य एकाई तथा समुदायमा आधारित स्वास्थ्य सेवा विन्दु स्थापना गरिनेछ । स्वास्थ्य चौकीहरु, एकाई तथा विन्दुहरुको सञ्चालन, क्षमता विकास तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुको क्षमता विकासमा सहयोग पु्याउने लगायत समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि विभिन्न गैर सरकारी संस्थाहरु तथा सरकारी निकायसँग साझेदारी तथा सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिनेछ ।

 गाउँपालिका क्षेत्र भित्रका सबै शिक्षण संस्थाहरुको सूचि तयार गरी उक्त संस्थाहरुको अनुगमन तथा मुल्याङकन गरिनेछ । सामुदायीक विद्यालयहरुमा प्रभावकारी प्रारम्भिक बाल विकास केन्द्र तथा पूर्ब प्राथमिक कक्षा सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । ति केन्द्रहरुमा बालमैत्री गाउँ स्थापनाको सूचक वमोजिम कृयाकलाप समेत सञ्चालन गरिनेछ ।

 विद्यालय भर्नादर बृद्धि गर्ने तथा कक्षा छोड्ने दर न्यून गर्न विद्यालय भर्ना अभियान र विद्यालय जानका लागि प्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । साथै सरकारी, राष्ट्यि तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाकोसहयोग, समन्वय र सहकार्यमा औपचारिक शिक्षाबाट बञ्चित बालबालिका तथा बयस्कका लागि अनौपचारिक शिक्षाको कक्षा सञ्चालन गरिनेछ ।

 गाउँपालिका क्षेत्र भित्र हरेक वर्ष एस. ई. ई. मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका छात्र÷छात्रा १।१ जनालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिईने छ ।

 एकल महिला, अपाँङ्गता भएका ब्यक्ति, द्धन्द पिडित, घरवार विहिन, तथा अति गरिब लगायत आर्थिक सामाजिक रुपमा पछाडि परेका परिवारका सदस्यहरुलाई स्वरोजगार मूलक तालिम सञ्चालन गर्नका लागि वजेटको विनियोजन गरी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 भुकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य चौकी भवनहरुको पुननिर्माणको लागि राष्ट्यि पुननिर्माण प्राधिकरणसँग समन्वय गरी तदारुकताका साथ उक्त भवनहरु निर्माण गर्न लागि सरोकारवालाहरु सँग पहल गरिनेछ ।

 विद्यालयमा गुणस्तरिय शैक्षिक वातावरण स्थापना गर्न सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामाग्री, प्रयोगशाला, खानेपानी, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्ग शौचालय, खेलकुद सामाग्री व्यवस्था जस्ता न्यूनतम पूर्वाधारमा ध्यान दिइ गुणस्तरिय पठनपाठन कार्यलाई अगाडि बढाइनेछ । यसको लागि आवश्यक वजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

 लक्षित वर्गहरुलाई विकासको मूल प्रवाहमा ल्याउन र विकासमा सहजिकरणको भूमिका निर्वाह गर्न आवश्यकता अनुसार गाउँपालिकामा महिला संजाल, युवा संजाल, बाल संजाल, दलित, आदीवासी जनजाति संजाल गठन गरीनेछ । यी समन्वय समितिहरुले लक्षित वर्गको लागि सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन तथा मुल्याङ्कनमा सहयोग पु्याउनेछन्।

 गाउँपालिकामा रहेका स्वास्थ्य चौकीहरुको स्तरोन्ती गर्न आवश्यक पहल गरिनेछ ।

 महिला स्वयंसेविकाहरुको कार्यलाई प्रोत्साहित गर्दै प्रजनन् स्वास्थ्य सुदृढीकरणमा जोड दिइनेछ ।

 गाउँपालिकाको भोगोलिक बनावटलाई दृष्टिगत गरी अर्गानिक तरकारी खेती, वेमौसमी तरकारी खेती, पुष्प खेती पशुजन्य उत्पादनका लागि कृषकलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।

 कृषिलाई व्यावसायिक वनाउन खोज अनुसन्धान गर्ने र एक गाउँ एक उत्पादन गर्ने नीति अवलम्बन गरिनेछ 

 कृषि उपज संकलन तथा विज भण्डारण (क्भभम द्यबलप) स्थापना गरी गैसस एवं नीजि संस्थाहरुको साझेदारीलाई अभिवृद्धि गर्ने नीति लिइनेछ ।

 डेरी पकेट कार्यक्रम तथा व्यावसायिक पशुपालन कार्यक्रमको प्रवद्र्धन गरिनेछ ।

 गोठ सुधार, नश्ल सुधार जस्ता कार्यक्रमलाई अगाडि बढाउने नीति लिइनेछ ।

 गाउँपालिकाका योजना तर्जुमा गर्दा गरिवी निवारणमा सघाउ पुग्ने, रोजगारमूलक, छोटो समयमा सम्पन्न भई प्रतिफल दिने, कम लगानीवाट बढी जनसंख्यालाई लाभ पुर्याउने, तथा जनसहभागिता जुट्न सक्ने किसिमका आयोजनालाई प्राथमिकता दिइनेछ ।

 महिला समुह तथा महिलाद्वारा संचालित सहकारी संस्थाहरुको क्षमता विकासमा जोड दिइने छ ।

 विपन्न लक्षित समुहका लागि आयमुलक तथा सीपमुलक कार्यक्रम गैरसरकारी संस्था समेतको साझेदारीमा संचालन गरिनेछ ।

 वाल विकास केन्द्र र विद्यालयस्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्न बाल मैत्री पूर्वाधार तथा भौतिक निर्माणमा जोड दिईनेछ ।

 प्राथमिक उमेर समुहका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालय भर्ना गराउन वडा समिति मार्फत प्रोत्साहित गरिनेछ ।

 महिला हिंसा विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम संचालन गरिनेछ ।

 लैङ्गिक समानता तथा सामाजिक सामाजिक समावेशीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।

 विकास निर्माण कार्यक्रमा महिलाहरुको पहुँच अभिवृद्धि गरिनेछ ।

 सवै वडाहरुमा वाल क्लव, युवा क्लव गठन र विस्तार गरि वालवालिकाको हक अधिकार स्थापित गर्नको लागि विकास निर्माणका हरेक निर्णयमा वालवालिकाको अर्थ पूर्ण सहभागिता अनिवार्य गरिनेछ ।

 आदिवासी जनजातिहरुको संस्कृति तथा परम्परा संरक्षण, जनजातिहरुका साँस्कृतिक स्थल तथा सम्पदाहरुको संरक्षणका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति र परम्परामा आधारित मठ मन्दिर, गुम्वा, चर्च, मस्जिद विहार जस्ता सम्पदा तथा असल संस्कृतिको प्रवद्र्धधनमा जोड दिइनेछ ।

 दलित वर्गको समग्र आर्थिक उन्नतिका लागि परम्परागत पेशालाई आधुनिकीकरण गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 दलितहरुको समान हक र अधिकारको प्रवद्र्धन निर्णय प्रकृयामा समेत समावेशीबरण र उनीहरुको संस्थागत सञ्जाल विकास गर्न जोड दिइनेछ ।

 सबै योजनामा लाभान्वित हुने दलित वर्गको सहभागिता सुनिश्चित गरिनेछ ।

 गाउँपालिकामा रहेका संभावित पर्यटकीय स्थलहरुको पहिचान गरी पर्यटन गुरुयोजना निर्माण गरी सोही अनुसार कार्यान्वयन गरिनेछ ।

 पर्यटन प्रवर्दनका निम्ति मूख्य आधारको रुपमा रहेको होटल तथा होमस्टे व्यवसायलाई प्रोत्साहन गर्न उपयुक्त वातावरण सिर्जना गरिनेछ ।

 फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गरी सशक्तिकरण कार्यक्रमहरु तथा आय आर्जनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 युवाहरुका लागि स्वरोजगारमुलक सीप तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गर्न आवश्यक पहल गरिनेछ ।

 सार्वजनिक जग्गामा बृक्षारोपण गर्ने नीति लिइ वातावरण संरक्षण गरिने छ ।

 गाउँपालिका क्षेत्र भित्र कुनै पनि गैरसहकारी संस्थाले कार्यक्रम गर्नु पुर्ब अनिवार्य रुपमा गाउँपालिका संग अनुमति लिई सम्झौता गरेर मात्र कार्यक्रम अगाडि बढाउनु पर्ने नितिलाई कडाईका साथ लागु गरिने छ ।

 गाउँपालिकाको उपयुक्त स्थानमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने उद्देश्य अनुरुप वडा नं.५ स्थित श्री अन्नपूर्ण मा.वि. ज्वालामूखी ५ खरी घलेडाडामा पशु विज्ञान प्राविधिक शिक्षालय यसै आर्थिक वर्षवाट शुरु भैसकेको र अन्य वडाको हकमा पनी भिन्न भिन्न विषयको प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यलाई जोड दिइनेछ ।

 सवै वडा तह सम्म सञ्चालित विद्यालयहरुमा गुणस्तरिय शिक्षाको प्रत्याभुत गरिने छ ।

 बाल मृत्युदर उल्लेखनिय रुपमा घटाउन आवश्यक नीतिहरु तयार गरि कार्यान्वयनमा ल्याईनेछ ।

 विद्यालय सम्म सबै बालवालिकाको पहुच पुग्ने गरी नीति वनाई कार्यान्वयन गरिने छ ।

 यस गाउँपालिका भित्रका सवै विद्यालयहरुका विद्युतीय हाजिरी प्रणालीलाई लागु गरिनेछ (कर्मचारी तथा शिक्षक) यसलेसार्वजनिक सेवा तथा क्षमता विकासमा ठेलो टेवा पुग्नेछ ।

 सवै विद्यालयहरुमा शुद्ध तथा स्वच्छ पिउने पानीको परिक्षण र सो को आवश्यक व्यवस्थापन गर्ने आवश्यक पहल गरिनेछ ।

 वाल विवाह अनमेल न्यूनीकरण गर्न सचेतना मूलक कार्यक्रम गरिने छ ।

 वालवालिकाहरुको पोषणको स्थिती कमजोर देखिएकोले कुपोषण हटाउने किसिमका कार्यक्रम तयार गर्न प्राथमिकता दिने ।

 गाउँपालिका क्षेत्र भित्र उच्च शिक्षा सञ्चालन गर्ने क्याम्पस, तालिम केन्द्र जस्ता प्राज्ञिक विषयहरु सञ्चालनमा इच्छा जाहेर गर्ने राष्ट्यि स्तरका निकायहरुसँग सहकार्य गर्ने नीतिे लिईने छ । यसको लागि यसै बर्ष देखि सार्वजनिक नीजी साझेदारीको अवधारणा अगाडि बढाइनेछ ।

 यस गाउँपालिकालाई विभिन्न राष्ट्यि तथा अन्तराष्ट्यि स्थानीय तहहरुसँग भगिनि सम्बन्ध कायम गर्ने नीति लिइनेछ । यस कार्यमा यस गाउँको विशेषता र विशेष पहिचान उजागर हुने गरी प्रकाशन सामाग्री तथा डकुमेन्ट्ट्री तयार गरिने छ । साथै राष्ट्यि तथा अन्तराष्ट्यि सम्बन्ध विस्तार गर्न आवश्यक वजेटको व्यवस्था गरिने छ ।

 गाउँपालिका भित्र संचालन हुने प्राथमिक स्वास्थ्य सेवा गाउँघर क्लिनिकहरु र खोप क्लिनिकहरुको भवन निर्माण गरि सेवा व्यवस्थापनमा जोड दिईनेछ ।

 स्वास्थ्य सेवा प्रदान गर्ने निकायहरुमा नियमित र प्रभावकारी एवं गुणस्तरिय सेवा संचालनका लागि दक्ष प्राविधिक कर्मचारी व्यवस्थापन गर्न आवश्यक पहल गरिनेछ ।

 गाउँपालिका भित्रका सवै स्वास्थ्य संस्थाहरुमा किशोरकिशोरी मैत्री प्रजनन् स्वास्थ्य सेवा क्लिनिक संचालन गरिनेछ ।

 सवै वडामा भएका विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन ( विद्यालय स्वास्थ्य तथा पोषण, महिनावारी सरसफाई, सेनिटरी प्याड वितरण, पोषण, परिवार नियोजन, सरुवा रोग, खोप आदि ) गरि स्वास्थ्य सम्वन्धि सचेतना प्रदान गरिनेछ ।

 महिला स्वास्थ्य स्वयंसेविकाहरुको कोषको अभिवृद्धि तथा क्षमता विकास तथा दीर्घ सेवा विदाईलाई व्यवस्थित वनाईनेछ ।

 स्वास्थ्य सम्वन्धि विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।

 स्वास्थ्य शिक्षा, सूचना तथा संचार सामग्रीहरुको छपाई, तयारी, प्रकाशन तथा वितरणको व्यवस्था मिलाईनेछ ।

 स्वास्थ्य सम्वन्धि अन्य सचेतना फैलाउन सडक नाटक, प्रर्दशनी, तालिम, क्षमता विकासका गतिविधिहरु साथै आवश्यकता अनुसारको रेडियो कार्यक्रमहरु संचालन गरि स्वास्थ्य सम्वन्धि विविध विषयमा सामाजिक सचेतीकरण गरिनेछ ।

 स्वास्थ्य सम्वन्धि विभिन्न घुम्ती शिविरहरु ( आँखा, नाक, कान, घाँटी, सामान्य चिकिल्सा, छाला ) लगायत परिवार नियोजन सम्वन्धि शिविरहरु संचालन गरि स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिनेछ ।

 स्वास्थ्य सम्वन्धि सेवाहरुको प्रगतिको नियमित रुपमा अर्धवार्षिक र वार्षिक समिक्षा गरि सहभागितामुलक योजना तर्जुमा तथा कार्यान्वयनमा जोड दिईनेछ ।

 गाउँपालिका क्षेत्र भित्र रहेका नसर्ने रोगका विरामीहरुको लगत संकलन गरि समय समयमा स्वास्थ्य परिक्षण शिविर, औषधी उपचारको सहज व्यवस्था र सकारात्मक जीवनशैली सम्वन्धी सचेतना शिक्षा साथै उपचार सहुलियतको लागि कोषको स्थापना गरिनेछ साथै नसर्ने रोग सम्वन्धी सामाजिक सचेतनामुलक कार्यक्रमलाई विशेष जोड दिईनेछ । 

 स्वास्थ्य उपचारमा सहज पहुँच स्थापना गर्न स्वास्थ्य विमा संभाव्यता अध्ययन गरि सो को कार्यान्वयनमा विशेष जोड दिईनेछ ।

 गाउँपालिका स्तरमा कार्यरत विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा वडा स्तरमा एकिकृत सामुदायिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम संचालनमा ल्याईनेछ ।

 महिला स्वास्थ्य स्वयंसेविकाहरुवाट आमा समुहमा नियमित पोषण प्रवद्र्धन लगायत अन्य स्वास्थ्य प्रवद्र्धन तथा सरसफाईका कार्यक्रमहरु संचालनमा जोड दिईनेछ ।

 गाउँपालिकाका सवै वडाहरुलाई क्रमशः घरमा सुत्केरी शुन्य ( शत प्रतिशत संस्थागत सुत्केरी गराउने ) वडा घोषणाका लागि आवश्यक कार्यक्रमहरु संचालन गरि गाउँपालिकालाई शत प्रतिशत संस्थागत सुत्केरी गराउने गाउँपालिका घोषणा गरिनेछ ।

 गाउँपालिकाका सम्पूर्ण वडाहरुमा पूर्ण खोप सुनिश्चितता र दीगोपनाको लागि आवश्यक कार्यहरु प्राथमिकताका साथ संचालन गरिनेछ ।

 आमा समुहहरुको प्रभावकारी संचालनको आमा समूुह संजाल निर्माण गरि समूहको वचत तथा ऋणलाई वडा स्तरमा भएका सहकारी मार्फत परिचालन गर्ने व्यवस्था मिलाईनेछ ।

 कम उमेरमा विवाह, कम उमेरमा गर्भवती हुनेको संख्या घटाउनको लागि सामुदायिक सचेतनाका कार्यक्रम संचालन गरिनेछ ।

 वाल क्लवहरु, आमा समुहहरु र समुदाय स्तरमा भएका अन्य समुहहरुको प्रभावकारी परिचालन गरि प्रतिकारात्मक र प्रवद्र्धनात्मक स्वास्थ्य सम्वन्धी क्रियाकलापहरु संचालन गरिनेछ ।

 सवै वडामा संचालनमा रहेको सुरक्षित प्रसुती सेवालाई व्यवस्थित वनाईनेछ । प्रसुती प्रतिक्षालय घर, आकस्मिक सुरक्षित प्रसुती कोष साथै जन्म केन्द्रको लागि आवश्यक औजार तथा उपकरणको सहज व्यवस्थापनका लागि आवश्यक कार्यहरु गरिनेछ ।

 गाउँपालिका क्षेत्र भित्रै रोजगारको श्रृजना गरि जनशक्ति विदेश पलायन हुनवाट रोकीनेछ । स्तरिय बैदेशिक रोजगारीमा जान चाहने जनशक्तिलाई निजको क्षमता अनुसार आवश्यक अभिमुखीकरण र जनचेतनामूलक कार्यक्रम गराएर मात्र विदेश तर्फ जाने वातावरण सिर्जना गरिने छ । 

 गाउँपालिका क्षेत्र भित्र कम्तिमा एकवटा विषयगत प्राविधिक शिक्षालय स्थापना गरि रोजगारीको सिर्जना एवं कृषकहरुको आयआर्जनमा वृद्धि गर्ने गरि आवश्यक वजेट विनियोजन गरिएको छ ।

 गाउँपालिका क्षेत्र भित्र रहेको सम्पूण आधारभूत विद्यालयको वाल शिक्षामा सुधार ल्याउन आवाशिय विद्यालयको ढाँचा अनुरुप कार्यक्रम तयार गरिने छ ।

 गाउँपालिका क्षेत्र भित्र एक गाउँपालिका स्तरिय खेलकुद मैदान निर्माण गरि गाउँपालिका क्षेत्र भन्दा वाहिरका खेलाडीहरुलाई समेत आर्कषण गर्ने गरि खेलकुद क्षेत्रको विकास गरिनेछ ।

 गाउँपालिका क्षेत्रभित्र आवश्यकता पहिचान गरि उपयुक्त एवं आवश्यक स्थानमा लिफ्ट सिस्टम तथा डिप वोरिङको माध्ययम मार्फत एक घर एक धारा अवधारणा अनुरुप आवश्यक वजेट विनियोजन गरिएको हुँदा प्रभावकारी कार्यान्वयन गरिनेछ ।

 गाउँपालिका क्षेत्र भित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको पहिचान गरि संरक्षण एवं सम्र्वधन गरिनेछ ।

 लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणका लागि आवश्यक वजेट व्यवस्था गरिएको हुँदा यसको प्रभावकारी एवं प्रत्यक्ष प्रतिफल प्राप्त हुनेगरि कार्यक्रम गरिनेछ ।

 गाउँपालिका क्षेत्र भित्र सफा गाउँ र पूर्ण सरसफाईका सूचांकहरु पुरा गर्न पाँचबर्षे गुरुयोजना तयार गरि पाँच वर्ष भित्रमा गाउँपालिका क्षेत्र भित्र सरसफाईको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुसँग साझेदारी, समन्वय र सहकार्यमा सफा गाउँ र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरिनेछ ।

 कडा रोग लागेका भनी आधिकारीक चिकित्सकवाट प्रमाणित भएका विमारीको लागि उपचार अनुदान खर्चको व्यवस्था गर्ने गरि आवश्यक वजेट विनियोजन गरेको छु । यसको उचित एवं यथार्त प्रयोगको लागि आवश्यक कार्यविधि तयार गरि विनियोजित वजेट खर्च गरिने छ ।

 यस गाउँपालिका अन्र्तगत संचालनमा रहेको ७ वटै सुरक्षित जन्म केन्द्रहरुलाई भौतिक पूर्वाधार सम्पन्न गराई प्रभावकारी र गुणस्तरिय सेवा प्रवाहमा जोड दिईनेछ ।

 प्लाष्टिकजन्य फोहोरहरुको विर्सजनका लागि समुदाय स्तरमा सघन रुपमा सचेतना फैलाई व्यवस्थित विर्सजन गरिनेछ ।

 प्राकृतिक वातावरण संरक्षणको लागि विविध रचनात्मक क्रियाकलापहरु वृक्षारोपण, सुधारिएको चुलो तथा वायोग्याँस निर्माण, लगायत कार्वन उत्र्सजन घटाउने नविनतम कार्यक्रमहरु संचालन गरिनेछ ।

 वढ्दै गएको नसर्ने रोगहरु तथा मानसिक रोगहरुको प्रभाव न्युनीकरणका लागि स्वास्थ्य सचेतना, उपचार तथा व्यवस्थापनको सहज पहँुच विस्तार तथा आवश्यकता अनुसारको पूर्नस्थापना सेवा समेत स्थापना गरिनेछ । विशेष राहत कोष स्थापना गरि आवश्यक सहयोग तथा व्यवस्थापनमा जोड दिईनेछ ।

 प्रतिकारात्मक तथा प्रवद्र्धनात्मक स्वास्थ्य सेवालाई जोड दिई स्वास्थ्य प्रवद्र्धन गर्नका लागि विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।

 विद्यालय स्वास्थ्य शिक्षा, किशोर किशोरी प्रजनन्स्वास्थ्य, महिनावारी सरसफाई व्यवस्थापन जस्ता कार्यक्रमहरुलाई विस्तार गर्दै लगिनेछ ।

 गाउँघर क्लिनिक र खोप क्लिनिकको नियमित संचालन तथा व्यवस्थापनका लागि आवश्यक भवन निर्माण तथा सामग्रीहरुको व्यवस्थापनमा जोड दिईनेछ ।

 वजारिया खानाको प्रयोग घटाउन तथा पोषण सम्वन्धी वृहत्त सचेतना वढाउन खाद्य व्यवहारमा आधारित पोषण शिक्षा प्रवद्र्धन गरिनेछ ।

 सुनौला हजार दिन ( सुआहारा ) कार्यक्रमलाई प्रभावकारी वनाउन वहुक्षेत्रिय पोषण योजना अनुसार आवश्यक कार्यहरु गरिनेछ ।

 नसर्ने रोगहरुको शिघ्र निदान र पहिचानका लागि घुम्ती शिविरहरु संचालन गरिनेछ ।

 टेलिमेडिसिन सेवा तथा ल्याव सेवालाई स्वास्थ्य संस्थाहरुमा विस्तार गर्नका लागि आवश्यक कार्यहरु गरिनेछ ।

 प्रकोप व्यवस्थापनको लागि Rapid Response Team( RRT) र Community Rapid Response Team (CRRT) खडा गरि तत्काल व्यवस्थापन गरिनेछ । आकस्मिक चिकित्सा सेवाको पहुँच वढाउन ग्रामिण प्राथमिक उद्धारकर्ताको प्रभावकारी परिचालन गरिनेछ । साथै विपद व्यवस्थापन कोषको स्थापना गरि आकस्मिक उद्धार र पूर्नस्थापनाको कार्यहरु गरिनेछ ।

 आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिई सुत्केरी भेट, मोवाईल स्वास्थ्य, जन्म पूर्व तयारी, नियमित अल्ट्रासाउण्ड, गर्भवती स्याहार अभियान, सुरक्षित मातृत्व महिना जस्ता कार्यक्रमलाई नियमित संचालन गरि अन्य नविनतम्कार्यहरुको थालनी गरिनेछ ।

 स्वास्थ्यकर्मीहरुको क्षमता विकास तथा उत्प्रेरणाको लागि आवश्यक कार्यहरु गरिनेछ । समयानुकुल अध्ययन अवलोकन भ्रमण, तालिम तथा अन्य अवसरहरु सिर्जना गरिनेछ ।

ग) वातावरण तथा विपद ब्यबस्थापन

 गाउँपालिका भित्रको निश्चित क्षेत्रलाई वृक्षारोपण क्षेत्र घोषणा गरि सरोकारवाला निकायसँग को समन्वय र सहकार्यमा बृक्षारोपण गरि वातावरण संरक्षण कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याईनेछ ।

 गाउँपालिकाको समग्र विकास र प्रगतिसँग वातावरण जोडिएको हुँदा यस गाउँपालिकालाई वातवरण मैत्री गाउँ घोषणा गर्ने गरी यसै आ.व. ०७५।०७६ बाटै वातावरण मैत्री विकास निर्माणका कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरी लागु गरिने छ ।

 वातावरण मैत्री गाउँ बनाउन आवश्यक पर्ने स्रोत साधन तथा प्राविधिक सहयोगलाई विभिन्न राष्ट्यि तथा अन्र्तराष्ट्रिय निकाय सँग सहकार्य तथा साझेदारीमा विविध कार्यक्रमहरु सञ्चालन गरिने छ ।

 विकासलाई विपद जोखिमसँग जोडी विपद प्रतिरोधात्मक संरचनाको निर्माण गर्ने नीतिलाई तदारुकताका साथ अगाडि बढाइने छ । विपदका सम्भावित क्षेत्र पहिचान गरीने छ ।

 विपदको समयमा उद्दार गर्न हरेक वडामा एक तालिम प्राप्त विपद उद्दार समुह गठन गरिने छ । उक्त समुहलाई विपदमा उद्दार गर्ने आवश्यक सामाग्री समेत उपलब्ध गराइने छ ।

 पूर्ण सरसफाई युक्त र घरभित्रको धुँवावाट प्रदुषण मुक्त गर्न प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिनेछ । 

 सामुदायीक वन उपभोक्ता समिति तथा जिल्ला बन कार्यालयको संयुक्त प्रयासमा एक वडा एक नर्सरी कार्यक्रम संचालन गरिनेछ । साथै कवुलियत वन कार्यक्रमलाई प्राथमीकता दिईनेछ ।

 प्लाष्टिक झोला निषेधित क्षेत्र तथा पुर्ण सरसफाइयुक्त क्षेत्र निर्माणको नीति लिइनेछ ।

 विपद तथा प्रकोपको समयमा हेलीकप्टरबाट पनि उद्दार गर्नुपर्ने आवश्यकतालाई महशुस गरी गाउँपालिकाका कम्तीमा ४ स्थानमा हेलीप्याड निर्माण गर्ने कार्यलाई अगाडि बढाइने छ ।

 फोहरमैला संकलन, बर्गीकरण, ढुवानी र अन्तिम निस्कासन गर्नका लागि उपयुक्त स्थान, त्यसको ब्यवस्थापन र फोहोरमैलालाई आम्दानीकोश्रोतको रुपमा उपयोग गर्न आवश्यक ब्यवस्था मिलाइनेछ ।

 फोहरमैला को उपयुक्त ब्यवस्थापन, बर्गीकरण, कम्पोष्टिङ्ग, पुनः प्रयोग तथा पुनः उपयोग सम्बन्धी ब्यवस्था मिलाउन गाउँपालिका भित्र कार्य गर्ने विभिन्न गैर सरकारी संस्था, सामाजिक संस्थाको सहभागितामा सामाजिक परिचालन र जनचेतना अभिवृद्धि गर्न पहल गरिनेछ ।

 फोहोरमैला संकलन र ब्यवस्थापन कार्यलाई दिगो तुल्याउन निजी संस्थालाई संलग्न सार्वजनिक नीजि साझेदारी अगाडी बढाइनेछ ।

 फोहोरमैलालाई बर्गीकरण गरी आफै ब्यवस्थापन गर्न उत्प्रेरित गर्ने कार्यलाइ अभियानका रुपमा ल्याइनेछ ।

 गाउँपालिका क्षेत्र भित्र स्थित संपूर्ण पानीको स्रोतको सर्वे एबं संरक्षण गर्ने निति लिइ तथ्याङ्क संकलन गरिनेछ ।

 विकास योजना संचालन गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्ने परिपाटीलाई संस्थागत गर्दै लगिनेछ ।

 एक वडा एक पोखरी, एक वडा एक पार्क, एक वडा एक वालवाटिका पार्क निर्माण गर्ने कार्यलाई विस्तारै कार्यान्वयनमा ल्याईने छ । गाउँको सार्वजनिक जग्गामा सार्वजनिक पार्क/बोटानिकल गार्डेन निर्माण गरी सार्वजनिक जग्गाको संरक्षण गरिनेछ ।

 गाउँपालिका क्षेत्र भित्रका खोला तथा पानीका मुहान, ताल, पोखरी, कुवा, धारा आदिको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

 गाउँपालिका भित्रका विभिन्न डाडाँहरुमा जमिनमूनिको पानी विद्युतीय माध्ययमवाट वाहिर निकाली खानेपानी साथै सिंचाईलाई सहज अवस्था सिर्जना गर्ने कार्यमा प्राथमिकताका साथ काम गरिनेछ ।

 वस्तीमुनिको मुलको पानी लिफ्ट सिस्टमवाट माथि तानी वस्ती स्तरमा सहज वितरणको व्यवस्था गरिनेछ ।

 वतावरणमैत्री विकास पूर्वाधार निर्माणमा जोड दिइनेछ ।

 भू–क्षय, वाढी, पहिरो, आगलागी, डढेलो नियन्त्रणका लागि विभिन्न संघसस्थाहरुसँगको समन्वयमा कार्यक्रम संचालन गर्न विशेष पहल गरिनेछ ।

 प्राकृतिक प्रकोप (चट्याङ्ग, वाढी पहिरो, हावाहुरी, भूकम्प आगलागी डढेलो) नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गरी आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । 

 बातावरणमा महत्वपूर्ण भूमिका रहने एक गाउँ एक पोखरीको अवधारणालाई विवरण एकिन गरी अनिवार्य रुपमा कार्यान्वयन गर्ने ।

 गाउँपालिका तथा वडामा एकिन गर्नुपर्ने खुला क्षेत्रको अवधारणालाई अनिवार्य पहिचान गरिने छ ।

 सडक निर्माण कार्य गर्दा वायो इञ्जिनियरिङ प्रविधि लाई अनिवार्य अबलम्बन गरि वातावरण वचाउ तर्फ विशेष ध्यान दिइनेछ ।

 विपत व्यवस्थापन कोष संचालन एवं कार्यविधि तयार भैसकेको हुँदा यसको कार्यान्यनको लागि विपत व्यवस्थापन कोष खडा गरि वजेट विनियोजन समेत भैसकेकोले यसको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

घ) आर्थिक विकास

 नेपालको संविधान २०७२ ले स्थानीय तहलाई दिएको २२ वटा अधिकार क्षेत्र भित्र रही श्रोत परिचालनलाई समतामुलक, प्रगतिशिल र न्यायपूर्ण पद्धती अपनाई कर तथा राजश्व निर्धारण गरिने छ । सवै सरोकारवाला करदाताहरुको सहभागितामा राजश्व अभिबृद्धि गरी कुल वजेटमा आन्तरिक आम्दानीको हिस्सालाई बढाइदै लगिने छ ।

 गाउँपालिकाले राजश्व सुधार कार्ययोजना (Revenue Improvement Action Plan) तयार गरी थप राजश्वका क्षेत्रहरुको पहिचान गर्दै आगामी बर्ष देखि राजश्व अभिबृद्धि गर्ने तर्फ सम्वन्धित सबै क्षेत्र र वर्गलाई करको दायरामा ल्याउन आवश्यक पहल गरिनेछ ।

 २०७५ साल श्रावण १ गते देखि अनिवार्य रुपमा सम्पति कर लागु गर्ने कार्यको शुरुवात गरि कडाईका साँथ लागु गरिने छ ।

 ज्वालामुखि गाउँपालिका क्षेत्र तरकारी तथा फलफुल उत्पादनको दृष्ट्ीकोणले पनि राम्रो सम्भावना बोकेको क्षेत्र भएको हुँदा विभिन्न प्रकृतिको कृषि उत्पादनलाई मध्यनजर गरी सिंचाईको सुविधा उपलब्ध गराउन आवश्यक प्लाष्टिक पोखरी, आकाशे पानी संकलन, हिउँदे सिंचाई ट्याङकी, स्प्रिकंल सिंचाई, थोपा सिंचाई जस्ता उपयुक्त सिंचाई प्रविधिको लागि वजेट विनियोजन गरिएको छ । यसबाट कृषि उत्पादनलाई थप टेवा पुग्ने आशा लिएको छु ।

 कृषि उत्पादन राम्रो हुने क्षेत्रको पहिचान गरी उक्त क्षेत्रहरुलाई एकल कृषि उत्पादन पकेट क्षेत्र घोषणा गरिनेछ् । सोको लागि माटो परिक्षण, कृषि प्रबद्र्धन र विकास गर्न आवश्यक वजेटको विनियोजन गरिएको छ ।

 तरकारी तथा फलफुल विक्रि र संकलनको लागि तरकारी तथा फलफुल संकलन तथा विक्रि केन्द्रको स्थापना गरिनेछ । यसको लागि अन्य विषयगत निकायसँग समन्वय गरी कार्यक्रम अगाडि बढाइनेछ ।

 उद्यमशिलता विकास गर्न उद्यम विकास कोष स्थापना गर्न पहल गरिनेछ । गाउँपालिका क्षेत्र भित्रका उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको विक्रि वितरणको लागि साझा सुविधा केन्द्र, लघु, साना तथा घरेलु उद्योगहरुबाट उत्पादित सामान विक्रिको वितरणको नजिकको बजारमा सञ्चालित विक्रि कक्ष सँग समन्वय गरी उत्पादित वस्तुको प्रर्बद्धन साथै वजार व्यवस्थापनमा जोड दिइने छ । 

 यस गाउँपालिकाक्षेत्रमा रहेका वन तथा सार्वजनिक क्षेत्रलाई सार्वजनिक नीजी साझेदारी कार्यक्रमको अवधारणा अनुसारको नीति तय गरी उक्त क्षेत्रमा कृत्रिम ताल, वोटानिकल पार्क सहितको मनोरञ्जन पार्कको विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्दै लगिनेछ । यसको लागि आवश्यक नीति गाउँ पालिकाले तय्गर्नेछ्।

 गाउँपालिका क्षेत्र भित्र रहेका सहकारीहरुको सूचना अद्यावधिक गरी सहकारीलाई नियमन गर्दै उनीहरुको क्षमता अभिबृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ्, यसको लागि गाउँपालिका स्तरिय संघ बनाई सहकारी प्रबद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 गाउँपालिका क्षेत्रमा सञ्चालित साना तथा घरेलु उद्योगहरुको सूचि तयार गरिनेछ्, उक्त उद्योगहरुलाई गाउँपालिकामा दर्ता गराई त्यस्ता उद्योगहरुको प्रबद्र्धनमा गाउँपालिकाले सहजिकरण गर्ने गरी कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्नेछ ।

 गाउँपालिकाको राजश्वका दर तथा क्षेत्र निर्धारण गर्दा प्रचलित ऐन नियम तथा कार्याविधिको अधीनमा रही राजश्व परामर्श समितिको सिफारिसको आधारमा करका दायराहरु निर्धारण गरिनेछ ।

 राजस्व सम्बन्धी संभाब्यता अध्ययन कार्य यसै वर्ष अगाडि बढाइनेछ । राजस्वसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदनका लागि कर प्रणालीलाई व्यवस्थित, वैज्ञानिक बनाइनेछ । सम्पत्ति करलाई व्यवहारिक, वैज्ञानिक र न्यायोचित वनाईने छ ।

 करको दायरा फराकिलो बनाउन नयाँ करका क्षेत्र पहिचाहनमा प्राथमिकता दिइनेछ ।

 गाउँपालिकामा रहेका संभावित पर्यटकीय स्थलहरुको पहिचान गरी पर्यटन गुरुयोजना निर्माण गरी सोही अनुसार कार्यान्वयन गरिनेछ ।

 पर्यटन प्रवर्दनका निम्ति मूख्य आधारको रुपमा रहेको होटल व्यवसायलाई प्रवद्र्धन गर्न उपयुक्त वातावरण सिर्जना गर्ने पहल गरिनेछ ।

 गाउँपालिकाको आन्तिरक आयको बृद्धि गर्नका लागि राजस्व संभाव्यता अध्यनन समिति गठन गरि आय बृद्धिका लागि आवश्यक कार्यहरु अगाडी वढाईनेछ ।

 यस गाउँपालिकाको विशेष पहिचान बोकेको उत्पादनको खोजी गरी सो को वजारीकरण गर्दै यसका उत्पादनहरुलाई अझ गुणस्तरीयता प्रदान गर्न विभिन्न राष्ट्यि तथा अन्तराष्ट्यि संघ सस्था तथा नीजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाइने छ । यसको लागि आवश्यक श्रोतको व्यवस्था गरिनेछ ।

 एक वडा एक उत्पादनको क्षेत्रलाई प्राथमीकताका साथ कार्यान्वयन गर्ने गरि गाउँपालिका र वडा कार्यालयवाट वजेट विनियोजन गरि आर्थिक सवृद्धिका लागि कार्यक्रम तयार गर्न आवश्यक वजेट विनियोजन गरिएको छ ।

 आधुनिक कृषि पद्धतीलाई विस्तार गरि परम्परागत निर्वाहमुखी खेती प्रणालीमा सुधार गरिनेछ ।

 सिंचाई योग्य भूमीको पहिचान गरि सामुहिक कृषि प्रणाली विस्तार गरिनेछ । यसको लागि वाजो जमिनको तथ्याङ तयार गरि कार्यक्रम अगाडी वढाईने छ ।

 गाउँपालिका क्षेत्र भित्र छरियर रहेका एवं व्यवस्थित हुन नसकेका सहकारी संस्थाहरुको तथ्याकं संकलन गरि सरोकारवला निकायसँग छलफल एवं वहस गरि सहकारी संस्थाहरुको आवश्यक व्यवस्थापन गरिनेछ । 

ङ) सार्वजनिक सेवा तथा क्षमता विकास

 नेपालको संविधान २०७२ ले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण उपयोग तथा परिपालना गर्न गाउँपालिकाको लागि केही उपयुक्त नियम, विनियम तथा कार्यविधि र निर्देशिकाहरु तयार गरी कार्यान्वयन गरि सकिएको छ भने थप आवश्यक ऐन नियम निदेर्शिका र कार्यविधि आवश्यकता अनुसार तयार एवं पास गरि कायान्वयनमा ल्याईने छ ।

 सेवा प्रवाहलाई छिटो छरितो बनाउन हाल गाउँपालिकाको आफ्नै भवन नभएको अवस्थालाई मध्यनजर गर्दे गाउँपालिकाको लागि उचित स्थानमा निःशुल्क जग्गा प्राप्ती सम्वन्धी प्रकृया अगाडी वढिरहेको हुँदा जग्गा प्राप्ती र निर्णय पश्चात आ.व. ०७५।७६ मा भवन निर्माणको डिजाइन एवं सर्भे लगायतका आवश्यक प्रकृया पुरा गरि भवन निर्माण गर्ने कार्यलाई अगाडि बढाइने छ ।

 वडा समिति सदस्य, कर्मचारी र कार्यालयकोभौतिक क्षमता विकास गरी आधारभुत सेवाहरु त्यहीबाट उपलब्ध गराउन आवश्यक क्षमता विकास गरि भौतिक तथा संस्थागत पूर्वाधारको विकास गर्न तदारुकता दिइनेछ । यसको लागि आवश्यक वजेट र जनशक्तिको व्यवस्था गरिनेछ ।

 गाउँपालिकाबाट सञ्चालन हुने सबै प्रकारका योजना, आयोजना तथा कार्यक्रमको नियमित अनुगमन तथा मुल्याङ्कन गर्दै उक्त कार्यक्रमहरुको सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम्स्थानीय शुसासन कायम गरिनेछ । गुनासो सुन्ने र समाधान गर्ने परिपाटिको विकास गर्न गाउँपालिका भित्र गुनासो सुन्ने अधिकारी तथा गुनासोको कारवाही गर्ने व्यवस्था गरि सकिएको छ । चौमासिक रुपमा नतिजामूलक अनुगमन तथा मुल्याङ्कनको सिद्धान्त अनुसार योजनाहरुको अनुगमन प्रतिवेदन तयार गरी गाउँकार्यपालिका वोर्ड वैठकमा प्रस्तुत गर्ने व्यवस्था मिलाइनेछ ।

 उपभोक्ता हित संरक्षणको लागि आवश्यक पूर्वाधार तयार गरी गाउँपालिका स्तरीय उपभोक्ता हित संरक्षण मञ्च गठन गरिने छ । सबै प्रकारका मालसामान विक्री गर्ने पसलहरुमा गुणस्तरिय मालसामान विक्रि गर्ने सुनिश्चीतता सहित मूल्य सूचि राख्ने व्यवस्था लाई कडाईका साथ लागु गरिनेछ ।

 गाउँपालिकाबाट सम्पादन हुने न्यायप्रणालीलाई सरल, सहज र सबैको पहुँचमा पु्याइने छ । वडाहरुमा मध्यस्थता र सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गर्दै उनीहरुको क्षमता विकास र परिचालन गरिने छ । गाउँपालिकाको उपप्रमुखको संयोजकत्वमा गठन हुने न्यायिक समितिको क्षमता विकास गर्दै न्याय प्रणालीलाई श्रोत साधनयुक्त वनाई तोकिएको क्षेत्राधिकार भित्र रहि न्याय सम्पादन गरिनेछ ।

 गाउँपालिका कार्यालय, वडा कार्यालय र गाउँ क्षेत्रका सबै सार्वजनिक निकायहरुमा नागरिक वडा पत्र स्थापना गरी कार्यान्वयनमा ल्याईसकिएको छ । साथै आगामी दिनमा आवश्यकता अनुसार तोकिएको समयमा सेवा प्रवाह, लाग्ने दस्तुर लगायत समय र जिम्मेवारी कर्मचारी समेत तोकी सेवा प्रवाहलाई जनमुखी, पारदर्शिता सहित सुशासन कायम गरिनेछ ।

 गाउँपालिका र वडा कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा संस्थाको पहिचान गरी पुरष्कृत गर्ने परिपाटिलाई निरन्तरता दिईनेछ । त्यसै गरी उत्कृष्ट शिक्षक, उत्कृष्ट सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुह, महिला समुह, सहकारी, वन समुह, कृषक समुह, टोल विकास समुह, निर्माण व्यवसायी, उपभोक्ता समिति लाई पनि पुरष्कृत गरिने छ ।

 सरकारी निकायहरुबाट जनतालाई उपलब्ध गराइने सेवा सुविधाको विस्तृत विवरण समावेश भएको गाउँपालिकाकोविद्युतीय नागरिक वडापत्र तयार गरिनेछ ।

 गाउँपालिकामा संचालन हुने कार्यक्रमहरुलाई अझ प्रभावकारी, पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, नागरिक अनुगमन, प्रगति समीक्षामार्फत् सुशासनमा जोड दिइनेछ ।

 जनतामा प्रवाह गरिने सेवालाई थप प्रभावकारी बनाउन जनशक्तिको क्षमता विकास सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ ।

 क्षमता विकासका लागि आवश्यक गोष्ठी, तालिम, प्रशिक्षण कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

 पदाधिकारीहरु र कर्मचारीहरुको आचारसंहिता तयार गरी कार्यान्वयनमा ल्याईनेछ ।

 गाउँपालिकाको प्रशासनिक ब्यवस्था, सांगठनिक संरचना र संस्थागत प्रणालीलाई भरपर्दो, चुस्त, दुरुस्त, विश्वासनीय र प्रभावकारी वनाइनेछ ।

 गाउपालिका क्षेत्र भित्र उपभोक्ता समिति मार्फत गरिने कार्यलाइ प्रभावकारी, पारदर्शी, छिटो छरितो र सहजीकरणका लागि उपभोक्ता समितिका पदाधिकारीलाई कार्य थालनी पूर्ब अनिवार्य रुपमा अभिमुखिकरण तालिम दिइनेछ ।

 गाउँपालिका र वडा कार्यालयका लागि आन्तरिक आयवाट खर्च व्यहोरिने गरि आवश्यक कर्मचारी करार सेवामा भर्ना गरि सार्वजनिक सेवा प्रभाहलाई चुस्त, दुरुस्त, पारदर्शि र प्रभावकारी वनाईने छ ।

 गाउँपालिका र वडा कार्यालयवाट संचालन हुने योजना, परियोजना र सेवा प्रवाहका सम्वन्धमा सम्पूर्ण सरोकारवालाहरु विच पारदर्शिता एवं जवाफदेहिताका लागि प्रत्येक चौमासिक रुपमा गाउँपालिका र वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम गरिनेछ ।

 गाउाँपालिका क्षेत्र भित्र निश्चित योग्यता पुगेका विद्यार्थिहरुका लागि लोक सेवा आयोगको अवधारण र विषय बस्तुका सम्वन्धमा अभिमुखीकरण कार्यक्रम संचालन गर्नका लागि वजेट विनियोजन गरि निश्चित मापदण्ड वनाई सहभागी गराईनेछ । 

च) विधेयक एवं ऐन नियम:

 संघीय सरकारका प्रचलित कानुन ऐन नियम संग नबाझिने गरि गाउकार्यपालिका र गाउँ सभा बाट आबश्यक ऐन नियम बनाई कार्यान्वयनमा ल्याई सकिएको छ ।

 गाउँपालिका तथा वडा तह बाट सम्पादन हुने दैनिक तथा दिर्घकालिन कार्य लाइ बैधता दिनका लागि विधेक समिति समेतको सिफारिशमा आबयक ऐन नियम कानुन वनाई कार्यान्वयन गरिने छ ।

 गाउँकार्यपालिकाको लागि आवश्यक थप ऐन नियम निर्माण गर्नको लागि विषय विज्ञ समेतको परार्मश चाहिने हुँदा यसको लागि आवश्यक वजेटको व्यवस्था गरिएकोछ ।

छ) सूचना प्रविधि

 गाउँपालिका र अन्र्तगतका सबै वडा कार्यालयमा सोलार र इन्टरनेट जडान गरि गा.पा.का सम्पूर्ण वडालाई प्रविधिमैत्रि वडा वनाई सकिएको छ । यसलाई आवश्यकता अनुसार सुधार र परस्कृत गर्नको लागि Internet सेवालाई पूर्ण रुपमा निरन्तरता दिन थप ISP सँग समन्वय गरिनेछ ।

 गाउँपालिका तथा वडा कार्यालयहरुवाट हस्तलिखित रुपमा संचालन गरिदै आएको सेवा प्रवाहलाई सुचना प्रविधिको माध्यामवाट विस्तापित गरि सकिएको हुँदा यसलाई निरन्तरता दिँदै थप प्रभावकारी वनाउन जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास गरिने छ ।

 गाउँपालिकाको सेवा सूविधा, नीति नियम, सूचाना तथा गतिविधिहरु सबै नागरिक समक्ष पुर्याउन मोबाईल एप्स 'ज्वालामूखी गाउँपालिका' डिजिटल सोधपुछ कक्ष, डिजिटल सुचना पाटि, डिजिटल नागरिक वडा पत्र र विद्युतीय हाजिरिको व्यवस्था गरिनेछ ।

 कार्यालयबाट सम्पादन हुने कार्यलाई आधुनिक सूचना प्रणाली (Website) को माध्यमबाट सरोकारवालाहरुलाई सुसूचित गर्न Website लाई आवश्यकता अनुसार समय समयमा Update गरिने छ ।

 ब्यक्तिगत घटना दर्ता कार्यक्रम अनलाइन दर्ता गर्ने कार्य थालनी भैसकेको हुँदा यसलाई निरन्तरता दिईने छ ।

 सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको तथ्याङ्कलाई Online Entry गर्ने कार्य सम्पन्न भै सकेको हुँदा सामाजिक सुरक्षा भत्ता वितरण गरिने कार्यलाई थप प्रभाबकारी, पारदर्शि , ब्यबस्थित र भरपर्दाे वनाउन बैकिंङ प्रणाली मार्फत वितरण गर्ने कार्यको थालनी गरिनेछ ।

 कार्यालयवाट सम्पन्न गरिने योजना तथा कार्यक्रम सम्वन्धी सफ्टवेर तयार एवं प्रयोग गरि योजना सम्झौता लगायत भूक्तानी सम्मको प्रकृयालाई प्रविधि मैत्री एवं सुविधायूक्त वनाईने छ ।

 गाउँपालिका र वडा कार्यलयवाट सेवा प्रवाह वापत लिईने शुल्क रकम सम्पती कर प्रणाली सफ्टवेयर (Computerize Billing)मार्फत कार्यान्वयन गरिनेछ ।

 गाउँपालिका, वडा कार्यालय तथा अन्र्तगतका शाखा कार्यालयहरुको गतिविधिहरुको निगरानी तथा पारदशिता कायम गर्न सिसी क्यामेरा जडान गरिनेछ ।

 गाउँपालिका भित्रका सबै माध्यामीक तथा आधारभूत विद्यालयहरुमा ईन्टरनेट सेवाको पहुँच पुर्याउने कार्य शुरु गरिने छ ।

 गाउँपालिकाको Profile तयारीको लागि तथ्याङ्क संकलन कार्य भैरहेको हुँदा छिट्टै तयारी भै Master Plan तथा आवधिक योजना तयार गरी वार्षिक योजना सँग Tie-Up गरिने छ ।

 गाउँपालिका भित्र नयाँ निर्माण गरिने घरको नक्सा पास तथा पुराना निर्माण भईसकेका घरको अभिलेखीकरण विद्युतीय प्रणाली (EBPS) शुरु गरिने छ ।

 जननिर्वाचित प्रतिनिधि र कर्मचारीहरुलाई सूचना तथा संचार प्रविधि सम्वन्धी आधारभूत तालिम र अभिमुखिकरण कार्यक्रम संचालन गरि सेवा प्रवाहमा छिटो छरिता, चुस्त दुरुस्त, सेवामूखी र पारदर्शिता कायम गरिनेछ । 

 गाउँपालिकाको सरकारी ईमेल [email protected] सुरु भैसकेको हुँदा कार्यालयको सुचना तथा समाचार आदान प्रदान गर्ने कार्य ईमेल मार्फत गरिने छ ।

 गाउँपालिकामा सामूहिक सुचना प्रवाह Group SMS वेयर संचालन भैसकेको हुँदा बैठक लगाएत अन्य कार्यक्रमको लागि जन निवार्चित प्रतिनिधिहरु र कर्मचारीहरुलाई सामूहिक एस.एम.एस. मार्फत जानकारी गराईनेछ ।

 गाउँपालिकामा सेवाग्राहीहरुको बाक्लो चाप भएमा पालैपालो सेवा दिने व्यवस्थाका लागि पालो व्यवस्थापन प्रणाली (Queue Management System) लागु गरिनेछ ।

 सुचना प्रविधि सम्वन्धी दैनिक काममा उपयोग हुने उपकरणहरु (कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, सर्भर, सोलार ब्यकअप आदी) आवश्यकता अनुसारको व्यवस्था मिलाइने छ ।

 सबै वडा कार्यालयमा सुचना केन्द्रहरुको स्थापना र संचालन गर्ने कार्य गरिने छ । 

 गाउँपालिका भित्र कम्प्यूटरमा काम गर्ने कर्मचारीहरुलाई दैनिक कार्य गर्दा आईपर्ने समस्याको समाधानका लागि ICT सम्वन्धी लेखहरु (Tutorial) प्रकाशित गरिने छ ।

सभाध्यक्ष महोदय,

योजना तथा कार्यक्रम तर्जुमा गर्नु भन्दा त्यसको सफल कार्यान्वयन गर्नु हाम्रो लागि चूनौतिको बिषय हो । अर्को तर्फ योजनाको कार्यान्वयन गर्दा त्यसको गुणस्तर कायम गर्ने तथा समयमा नै सम्पन्न गर्नु पनि त्यतिकै चूनौतिको बिषय रहेको छ । विकासका कार्यक्रम केकति सम्पन्न गर्यौं भन्दा पनि त्यसबाट नागरिकको जिवनमा हामीले के कति परिवर्तन ल्यायौ, त्यो नै महत्वपूर्ण बिषय हो । भावी दिनमा समृद्ध ज्वालामुखि गाउँपालिकाको निर्माण गर्न सबै राजनैतिक दल, नागरिक समाज, नीजी क्षेत्र, पेशागत संस्थाका महानुभावहरु, शिक्षक, पत्रकार लगायत सबै ज्वालामुखि गाउँपालिका बासीहरु मा हार्दिक अपिल गर्दछु ।

अन्तमा लामो संघर्ष पछि परिवर्तीत व्यवस्था सँगै स्थानीय सरकारले आफ्नो विकास निर्माणका योजना आफै बनाई, आफ्नो स्थानको विकास आफैले गर्ने शुरुवातको यस विशिष्ट अवसरमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएका अतिथि ज्यूहरु तथा गाउँसभाका सदस्य ज्यूहरु, राजनैतिक दलका पदाधिकारीहरु, बिषयगत कार्यालयका कर्मचारी साथीहरु, सञ्चारकर्मी साथीहरु, विभिन्न पेसा, क्षेत्र र समुदायको प्रतिनिधित्व गर्दै यस समारोहमा उपस्थित हुनु भएका महिला तथा सज्जन बृन्दमा म र ज्वालामुखि गाउँ पालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

जय ज्वालामूखी !!! 

विनोदराज तिमल्सेना

अध्यक्ष

ज्वालामुखि गाउँपालिका 

यस बिषयमा तपाइको प्रतिक्रिया...!