नेपाल राष्ट्र बैंकद्वारा दुई प्रतिवेदन सार्वजनिक

Posted on: 23 Sep, 2018

असोज ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले थोक मूल्य सर्वेक्षण तथा सङ्घीय संरचनामा लघुविद्युत् सेवाको पहुँच तथा संरचनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । 

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपालले ती प्रतिवेदन सार्वजनिक गर्दै देशका ७५३ स्थानीय निकायमध्ये ६६६ स्थानमा वित्तीय सेवा पुर्याइएको जानकारी दिनुभयो । 

यसअघि राष्ट्र बैंकले आव २०५६÷५७ मा थोक मूल्य सर्वेक्षण गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!