कतार, साउदी, मलेसिया र दुबई लगाएत देशहरुको पैसाको मूल्य बढ्यो (सुचिसहित)

Posted on: 25 Sep, 2018

असोज ९, काठमाडौं । सोमबारको तुलनामा मंगलबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ र बिक्रिदर ३२ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३८ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ९९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ७ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३ सय ९ रुपैयाँ ०६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!