विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर (सुचिसहित)

Posted on: 30 Sep, 2018

असोज १४, काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार रियाल र दिर्हामको भाउ थोरै घट्दा रिंगिट स्थिर थियो । शुक्रबार ओरालो लागेको विदेशी मुद्राको मूल्य आज पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ र बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४१ र बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ८१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ६ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!