अमेरिकी डलर ११९ को रेकर्डमा ! युएई, कतार, साउदी लगायत देशको पैसाको दर पनि बढ्यो

Posted on: 10 Oct, 2018

असोज २४, काठमाडौं । अमेरिकी डलरको मूल्यले हरेक दिनजसो नयाँ-नयाँ रेकर्ड कायम गर्दै बढ्दै गएको छ । बुधबार १ अमेरिकी डलरको बिक्रि मूल्य ११९ रुपैयाँ ३३ पैसा छ । यो नै इतिहासको सबैभन्दा महङ्गो मूल्य हो । यसले महङ्गीमा आम नेपाली जनता पिल्सने खतरा बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर हालसम्मकै उच्च अवस्थामा पुगेको छ । आज १ अमेरिकी डलरको खरिद दर ११८ रुपयाँ ७३ पैसा पुगेको छ भने बिक्रीदर ११९ रुपयाँ ३३ पैसा पुगेको छ । खरिददरमा डलरको भाउ मंगलबारभन्दा ५३ पैसाले बढी हो । मंगलबार १ अमेरिकी डलर बराबरको मूल्य ११८ रुपयाँ २० पैसा रहेको थियो । 

त्यस्तै आजको नयाँ दररेट अनुसार १ साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै युएई १ दिर्हामको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ । 

उता मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रिदर २८ रुपैयाँ ७० पैसा रहेको छ । 

त्यस्तै कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ पैसा र बिक्रिदर १० रुपैयाँ ४९ पैसा रहेको छ ।  त्यस्तै कुवेती एक दिनारको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा र बिक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा रहेको छ ।  

बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय १६ रुपैयाँ ४९ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

डलर महँगो हुँदा अर्थतन्त्र नै प्रभावित हुने अर्थशास्त्रीहरु बताउँछन् । बस्तु आयातमा निर्भर नेपालको जस्तो अर्थतन्त्रमा डलरको भाउ बढ्दा मूल्यवृद्धि हुन्छ ।

भारतसँगको स्थीर विनियम दरका कारण अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा स्वतः नेपाली मुद्रा पनि कमजोर हुने गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!