साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो

Posted on: 23 Oct, 2018

कात्तिक ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि  तोकेको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिददर  १ सय १७ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री मूल्य भने १ सय १८ रुपैयाँ कायम गरेको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ र बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९६  पैसा र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रिदर २८ रुपैयाँ ३६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३७ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८६ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ८५ पैसा रहेको छ 

बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ४० पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ ९९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!