‘उपत्यकामा मोनोरेल नै उपयुक्त’

Posted on: 05 Nov, 2018

कात्तिक १९, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले रेल सञ्चालन गर्नका लागि प्रारम्भिक अध्ययनको काम सम्पन्न भइसकेकाले मोनोरेल सञ्चालन हुनेमा शङ्का नरहेको जानकारी गराउनुभयो । सडक विस्तार गर्ने क्रममा कामपाको कुनै पनि घर नभत्काउने पनि उहाँले बताउनुभयो । “निर्माण भएका घर भत्काएर सडक बिस्तार गर्दा नागरिक मर्कामा पर्ने हुँदा सडक बिस्तारभन्दा मोनोरेल सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ ।” उहाँले भन्नुभयो । 

सम्पदा पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै प्रमुख शाक्यले धरहरा, काष्ठमण्डप पुनःनिर्माणको काम शुरु भइसकेको र चाँडैै ऐतिहासिक रानीपोखरीको पनि काम शुरु हुने जानकारी दिनुभयो । फोहर व्यवस्थापनका लागि केन्द्र सरकासँग समन्वय भइरहेको उहाँले जानकारी गराउनुभयो । कामपाको सुरक्षालाई थप मजबुत बनाउन नेपाल प्रहरीको समन्वयमा सिसी क्यामेरा जडान गर्ने र जथाभावी फोहर फाल्नेलाई कारवाहीको प्रक्रियामा ल्याइने उहाँले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!