बझाङमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्यो

Posted on: 06 Nov, 2018

टेकेन्द्र बोहारा | कात्तिक २०, बझाङ | बझाङ राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ । आज बिहान १० बजे बझाङ सदरमुकाम चैनपुरमा एक कार्यक्रम आयोजना गरेर ३३ केभी विद्युत प्रसार गरिएको जानकारी गराइएको हो ।

 बिजुली बलेसँगै चैनपुरबासीमा खुसीयाली छाएको छ । अब चैनपुरमा विद्युतबाट गरिने सबै काम तथा उद्योग धन्दालाई सहज हुने भएको छ । आजदेखि नेपाल विद्युत प्राधिकरणले चैनपुर र आसपासमा विद्युत आपुर्ति गर्दै आएको सुर्मादेवी जलविद्युत प्रालिसँगको सम्झौता खारेज गरेको छ । 

अब सुर्मादेवीले चैनपुरबाहिर र नेपाल विद्युत प्राधिकरणले चैनपुरमा विद्युत सेवा दिनेछन् । २०६४ सालमा बझाङसम्म लाइन विस्तारको चर्चा चलेपनि २०७२ कात्तिक देखि पोल गाड्ने काम सुरु भएको यो प्रसारण लाइन योजनामा गत भदौभित्र पोल र तार तान्ने काम सकिएको थियो ।


 दसैं अगाडी विद्युत प्रवाह गर्ने प्रतिवद्वता जनाए पनि स्थानियबासीसँगको विवाद र डारेक्ट प्रवाह गर्न ट्रान्सफर्मर बझाङ नपुगेकाले ढिलो भएको नेपाल विद्युत प्राधिकरण बझाङ शाखा प्रमुख राकेश भट्टले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!