साउदी, कतार, मलेसिया, दुबई लगायत देशहरुको पैसाको मूल्य कति ? सुचिसहित

Posted on: 22 Nov, 2018

मंसिर ६, काठमाडौं । हप्ताको पाँचौ दिन आज बिहिबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रिदर ३१ रुपैयाँ २१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९  पैसा र बिक्रिदर २७ रुपैयाँ ३१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०७ र बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ८८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ०५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!