मंगलसेन नगरद्धारा ४ महिनामा २२ लाख राजस्व संकलन

Posted on: 23 Nov, 2018

कमल रावल | मसिर ७, अछाम | अछामको मंगलसेन नगरपालिकाले ४ महिनाको अवधिमा २२ लाख बढि राजस्व संकलन गरेको छ । नगरले बिभिन्न शीर्षकमा चालु आर्थिक वर्षको ४ महिनामा २२ लाख ८५ हजार ३ सय ५२ रुपैया ४२ पैसा राजस्व संकलन गरेको हो । 

जस अन्र्तगत साउन महिनामा १ लाख २७ हजार ९ सय ९ रुपैया ५५ पैसा, भदौमा ४ लाख ८ हजार ७ सय १९ रुपैया ७१ पैसा, असोजमा ३ लाख ५० हजार १ सय रुपैयाँ ७२ पैसा, कातिक महिनामा १ लाख  ९६ हजार ४ सय ७६ रुपैयाँ ४४ पैसा र मंसिर महिनाको ६ दिनको अवधिमा ५० हजार ९ सय ६५ रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाको राजस्व फाँटका कर्मचारी दिपक खड्काले जानकारी दिनुभयो । 

तथ्यंक अनुसार भदौ र असोज महिनामा केही बढि राजस्व सँकलन भएको नगरले जनाएको छ । नगरपालिकाले आन्तरिक स्रोत, मालपोत तथा भुमिकर, मालपोत रजिष्टेशन कर, घर जग्गा बहाल कर गरि बिभिन्न २० वटा क्षेत्रमा कर लगाएर उक्त आम्दानी गर्न सफल भएको नगरपालिकाका कर्मचारी नरेश बहादुर कठायतले बताउनु भयो  । यो तथ्यंक नगरपालिका सहित वडानम्वर ३, ४ र ५  को मात्रै भएको र अन्य वडालाई नगदि रसिद उपलब्ध गराईएकाले राजस्व संकलनको अवस्था केही बढन सक्ने कठायतले बताउनु भयो । 

सबै नगरवासीलाई करको दायरामा ल्याउनका लागि नगरले सचेतना र जानकारी गराँउने काम पनि गरिरहेको नगर प्रमुख पदमबहादुर बोहराले बताँउनुभयो । नगर प्रमुख बोहराले अझैं पनी सबै क्षेत्रलाई करको दायरामा ल्याँन नसकिएको र निरन्तर प्रयास भईरहेको जानकारी दिनुभयो । बिशेषगरी पर्यटन शुल्क लगायत केही कुरामा आफुहरुले कर लिन नसकेको उहाँको बताँउनुभयो । हाल नगरले १४ वटै वडाबाट सेवा प्रवाह गरिरहेकाले कार्य ब्याबस्थान हुदै गएको दाबी गर्नुभयो । 

गत आर्थिक वर्ष २०७४÷०७५ मा ३१ लाखको हाराहारीमा मात्रै आन्तरिक आम्दानी गरेको मंगलसेन नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ मा ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद जैशी (ढुंगाना) ले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको पहिलो चार महिनाको आन्तरिक आम्दानीको अवस्थालाई हेर्दा लक्ष्यभन्दा बढी राजस्व शंकल हुने अपेक्षा नगरपालिकाले गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!