सिरहा विष्णुपुरको बजेट रु १७ करोड

Posted on: 27 Nov, 2018

मङ्सिर ११, सिरहा | सिरहाको विष्णुपुर गाउँपालिकाको दोस्रो गाउँसभाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि रु १६ करोड ९६ लाख बजेट पारित गरेको छ । 

गाउँसभाबाट पारित नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले सो बजेट पारित भएको घोषणा गर्नु भएको हो । 

गाउँपालिकाको पाँचै वडाको वडास्तरीय योजनातर्फ रु ३० लाखको दरले रु एक करोड ५० लाख र गाउँपालिकास्तरीय योजनाको लागि रु १५ करोड ४६ लाख विनियोजन गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, गाउँपालिकाको पाचवटै वडाका वडाध्यक्ष, नगारिक समाज, बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!