साउदी, दुबई, मलेसिया, कोरिया लगाएत देशहरुको पैसाको मुल्य बढ्यो (सुचिसहित)

Posted on: 27 Nov, 2018

मंसिर ११, काठमाडौं ।मंगलबार साउदी रियाल, मलेसियन रिंगिट, युएई दिर्हाम, कोरियन वन लगायतको  मूल्य केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०६ पैसा र बिक्रिदर ३१ रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रिदर ३० रुपैयाँ ९६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रिदर २७ रुपैयाँ १५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३ पैसा  र बिक्रिदर १० रुपैयाँ ८ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ८३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय  रुपैयाँ  र बिक्रिदर ३ सय १ रुपैया ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!